मुलुककै लामो झोलुंगे पुल उद्घाटन
नेपालकै लामो झोलुंगे पुल शनिबार उद्घाटन गरिएको छ। बागलुङ नगरपालिका–१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने मुलुककै एकमात्र ५६७ मिटर लामो झोलुंगे पुलको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन्।