८ वैशाख २०८१ शनिबार

कांग्रेस प्रचण्ड-नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्छ : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपा दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन्। बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए।

फेरि तीन करोड जनताबाट दुई तिहाइ ल्याएर आइन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए फेरि दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन्। आइतबार गृह जिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई सजिलै प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने तर हटाएपनि फेरि जनताबाट दुई तिहाई बहुमत ल्याउने बताएका हुन्।

मेरा भाइहरुले लड्डु खाएछन्, के पाउँछन् हेर्नुछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन्। कृषि मन्त्रालयले काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई लिएर प्रचण्ड–नेपाल पक्षले अनावश्यक खुसी साटासाट गरेको बताए।

शशांक कोइरालाकाे प्रश्न : हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ ?

६० वर्षको इतिहासमा चितवनमा उहाँले हँसिया हथौडामा भोट हाल्न लगाउनुभयो। कांग्रेसले कहिले पनि हँसिया हथौडामा भोट हाल्दैन। हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ?

संसद विघटनविरुद्धको आन्दोलन : चलायमान कांग्रेस

जिल्लास्तरीय विरोध सभा हुँदै कांग्रेसको सडक संघर्ष बिहीबार मात्रै वडातहमा पुगेर सकिएको छ। वडा तहसम्म आन्दोलन मार्फत पुगेको कांग्रेसमाथि आशंकाका प्रश्न भने कार्यकर्ता तहबाट उब्जिए ‘हाम्रो लाईन संसद पुनर्स्थापना कि चुनाव ?’ नेतृत्वको आगामी ‘साझा निर्णय’ले मात्रै कार्यकर्तातहबाट उब्जिएको यो प्रश्नको जवाफ दिन सक्ला।

अब कांग्रेससंग संयुक्त आन्दोलन : नेकपा अध्यक्ष नेपाल

‘कांग्रेस लोकतन्त्रबादी दल हो,यसर्थ उसले लोकतन्त्रलाई मास्ने षडयन्त्र बुन्दैन,’ नेपालले भने ‘लोकतन्त्रको रक्षाका निम्ती कांग्रेस जिम्मेवार छ, र संसद विघटन गरेर मासिएको लोकतन्त्रलाई जिवित तुल्याउनका लागि कांग्रेस हामीसंगै आन्दोलनमा हुने छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्