१० वैशाख २०७८ शुक्रबार

राष्ट्रिय सुरक्षाको मन्त्र

मुसलमान सम्राट अकबरका प्रमुख मन्त्री र प्रियपात्र वीरबल आज पनि जनजीवनमा किंवदन्तीका पात्र छन् । महेश दास नामका ती भट्ट ब्राह्मण सम्राटका नवरत्नमध्येका सर्वाधिक किमती रत्न थिए । ज्ञानी, विवेकी, वाक्पटु, चतुर, दूरदर्शी र शालीन चरित्रका कारण उनी सम्राटका सबैभन्दा प्रिय बने । ‘जोक’ सुनाउने जोकर र सम्राटका आज्ञाकारी नोकर मात्र थिएनन् वीरबल अर्थात महेश दास । अनपढ सम्राटका पुस्तकालय नै थिए उनी ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्