१८ फाल्गुन २०७७ मंगलबार

मेरो देश

नेपालीकी छोरी म नेपाल मेरो देश धेरै पढीलेखी गर्नु छ देशको विकास नेपालका सन्तति सानासाना नानी नेपाललाई माया गर्ने बसालौँ है बानी ।

राष्ट्रिय एकता दिवसमा साइकल यात्रा

बन्धुमण्डल क्लबले बालबालिकालाई महत्व दिएर गरेको उक्त कार्यक्रमलाई गोर्कणेश्वर नपा वडा नंं ९र प्याङ्क वाइकले प्रायोजन गरेको थियो । यसमा काठमाडौं जिल्ला साइकल संघको प्राविधिक सहयोग रह्यो । यस्तो कार्यक्रमहरू देशैभरि हुन सके ज्यादै राम्रो हुने थियो किनकि आजका “बालबालिका भोलिका भविष्य”हुन । जय देश ! जय साइकल !

जिज्ञासु काव्य

आफूभन्दा ठूला हरेक व्यक्तिलाई उत्तिकै आदर र सम्मान गर्ने काव्य साँच्चिकै उदाहरणीय बालिका छन् । हरेक बालबालिकाजस्तै खेल्ने र कुदनेसँगै छिट्टे साथी बनाइहाल्ने उनमा हाम्रो वरिपरि भएका घटनाक्रमलाई फरक ढंगले प्रस्तुत गर्ने क्षमता छ । हामीले सोच्दै नसोचेका कुरा व्यक्त गर्ने क्षमता राख्ने काव्यको प्रतिभा आम बालबालिकामाभन्दा केही फरक छ । त्यसैले उनी सबैको नजरमा खास छिन् ।

एक्ली आमा

मलाई राजधानीको प्रख्यात स्कूलले निशुल्क पढाउने खबर रेडियोबाट सुने । यो मजस्ता अवसरविहीन विद्यार्थीका लागि गौरवको कुरा हो । धेरै उत्तम अवसरहरू जुट्लान् । तर, मलाई यो विद्यालय र यो शहरले जुन माया दिएको छ । यो माया सद्भभावलाई छोडेर म कतै पनि जान्न ।

थैली हाँस्यो मुसुक्क

घिउदूध बेचेर पैसा जुटाई यसैमा, नयाँ लुगा किन्ने रे अब आउने दसैँमा ।पैसा राख्नै बिर्सेछन् झन्नै बाले भुसुक्क,जुँगा तानिन् आमाले थैली हाँस्यो मुसुक्क ।

नराम्रो बाटो

पल्ला घरकी दिदीले बाटोमा फोहोर फाल्नुभो,अर्को घरको दादाले आएर प्लास्टिक बाल्नुभो।रुखाखोकी लागेर स्कुलमा जानै सकिनँ, कालो झिँगो बसेर भातमा खानै सकिनँ।

जिउ र जाडो

आच्छुआच्छु जाडो भो हिमालको हिउँले थुर्थुर– थुर्थुर कमायो खपेन खै जिउले । तातो– तातो भातमा झ्वार्रर पार्दा घिउले बल आई आँतमाजाडो खप्ला जिउले ।

मयुरझैं घुम्दैघुम्दै नाची पनि दिऊँला

सानी नानी सरिनाको गीत गाउने मन्छ , गीतसँग म नाचूँला उन्को भाइ भन्छ । राम्रो स्वरमा राम्रा गीत गाउनु नै पर्छ, यसो गर्दा आफैलाई रमाइलो हुन्छ।

धन्यवाद कोरोना

साना केटाकेटीहरू उनीहरूका बाबाका ढाडमा चढ्थे । बाबाचाहिँ घोडा बनेर हिँड्थे । कहिले आफ्ना बच्चालाई काँधमा राखेर बाबा घोडा दौडिएझैं दौडन्थे । त्यो दृश्य देख्दा अनुराग टोलाएर हेर्दथ्यो ।

भाका देऊ सीप देऊ मौका पनि देऊ

राम्रो स्वरमा राम्रा गीत गाउनु नै पर्छ, यसो गर्दा आफैलाई रमाइलो हुन्छ। बाबा देऊ राम्रा गीत गुरुआमा देऊ भाका देऊ सीप देऊ मौका पनि देऊ हामी साना नानी मिली गीत गाइदियूँला, मयूरझैं घुम्दैघुम्दै नाची पनि दिऊँला ।

म के बनूँ !

म के बनू भन्ने प्रश्न दिमागमा खेल्यो, अनेकन पीडाहरू यसले नै झेल्यो । लौ न बाबा लौ न आमा सुझाउनू जुक्ति, अन्योलको जालोबाट दिलाउन मुक्ति ।

मामाघर

जाऊँ आमा, मामाघर धेरै भयो नगा’को हलुवा–पुरी कुरौनी धेरै भयो नखाको। नाना किनिदिनुहुन्छ हजुरबा र आमाले सुहाउँछ भन्छन् सबै रातो राम्रो जामाले।

खेल्दै – खेल्दै आँगनीमा आयो मेरो भाइ

खेल्दै – खेल्दै आँगनीमा आयो मेरो भाइ,मुने पाठो खेल्दै थियो उफ्रीउफ्री त्यहीं ।परेवीका बचेरा नि चारा खाई –खाई, खेल्दै थिए त्यहीँ पुग्यो हेर मेरो भाइ ।समाउन खोज्छ भाइ मुने पाठालाई,भाग्छ मुने पाठो उतै जान्छ मेरो भाइ।

भोटे दाइ

हिउँ पर्ने डाँडामा गर्मी चढिसक्यो कि, आगो ताप्न भनेर हिटर उतै लग्यो कि । डम्फु मादल बजाई भोटेसेलो गाउँदैन जाडो लाग्यो भनेर कम्मल बोकी ल्याउँदैन अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन।

मेलमिलाप

जाडो बिदा सकिएपछि मोहन मामाघरबाट आफ्नो घर आयो र रमेश बाबाले काम गर्नुभएको ठाउँ इलाम घुमेर आफ्नो घर आयो । दुवै जना स्कुलको पढाइ सुरु भएपछि संगै स्कुल पढ्न जान थाले । स्कुलको वार्षिक परीक्षा नजिकै आइरहँदा दुवै जनाले मेहनतसाथ पढेर मोहन प्रथम र रमेश दोस्रो हुन सके आफ्नो कक्षामा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्