coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह

सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो।

खोप खरीदको लागि धरान उपमहानगरद्वारा स्वीकृति माग

संघीय र प्रदेश सरकारबाट कोभिड १९ विरुद्धको आवश्यक मात्राको खोप उपलब्ध हुन नसकेपछि धरान उपमहानगरपालिका आफैले खरीद गर्ने भएको छ ।

बङ्गलादेशबाट रासायनिक मल खरीद सुरु

बङ्गलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया सुरुआत भएको छ। सरकार र बङ्गलादेश सरकार ९सरकार–सरकारबीच जिटुजी० सम्झौताअनुसार मल खरीदको प्रक्रिया सुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ।

मल खरीदमा नेपाली कम्पनी अयोग्य

कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारवाही गरेको छ। रासायनिक मल खरीदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारवाही गरिएको हो।

प्रदेश प्रहरी अस्पताल भवन उद्घाटन

अस्पतालको भौतिक पूर्वाधार बनाएको गण्डकी प्रदेश प्रहरी कार्यालयले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट उपकरण खरीद गर्ने लक्ष्य लिएको छ ।

खसी बोका तौलेर खरीद बिक्री सुरु

ओखलढुंगामा पहिलो पटक खसी बोका तौलेर बिक्री गर्न थालिएको छ। किसानले पालेका खसी बोका पहिलो पटक तौलेर बिक्री गर्न थालेका हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले किसान र व्यापारीबीच सम्बन्ध विकास सम्बन्धि छलफल चलाएपछि खसी बोका जोखेर खरीद बिक्रीको सुरुवात भएको हो। यसअघि व्यापारीले अनुमानको भरमा खसी बोका बेच्ने गर्दथे।

विद्युतीय बस खरीद प्रक्रियामा ढिलाइ किन ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातसँग बस खरीद प्रक्रियामा भइरहेको ढिलाइका बारेमा सोधपुछ गरेको छ।

स्थानीय तह : गाडी किन्नमै रु ११ करोड खर्च

डोटीका नौ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरीदमा झण्डै रु ११ करोड खर्च गरेका छन्। स्थानीय तहको निर्वाचन भइसकेपछि विसं २०७४ साउनदेखि विसं २०७५ चैतसम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार ८२९ गाडी खरीदमा खर्च गरेका छन्।

स्थानीय तहका लागि प्रदेश सरकारको १० करोड ५७ लाख निकासा

प्रदेश नं ३ सरकारले प्रदेशका विभिन्न स्थानीय तहका लागि रु १० करोड ५७ लाख निकासा गरेको जनाएको छ। सो रकमबाट प्रदेश नं ३ को स्थानीय निकायका लागि ५० वटा आपतकालीन सवारी साधन खरीद गर्ने भएको बताइएको छ।

घरजग्गा व्यवसाय गणना हुँदै

केन्द्रीय तथ्याङ्क विभागले मुलुकमा पहिलोपटक ‘घरजग्गा खरीद बिक्री व्यवसाय गणना’ गर्ने भएको छ। यसबाट राष्ट्रिय अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषण गर्न मुलुकभर सर्भेक्षण तथा गणनाको तयारी भइरहेको विभागले जनाएको छ।

लाइसेन्सका लागि १० लाख कार्ड खरिद गर्दै यातायात विभाग

चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले दश लाख कार्ड खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। विभागले ‘मास प्रिन्टर’ सँगै कार्ड खरीद प्रक्रिया अघि बढाएको हो। ‘मास प्रिन्टर’ को क्षमता साधारण उपकरणको भन्दा धेरै गुणा बढी भएकाले एकै पटक धेरै कार्ड छाप्न लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए।

वाइडबडी खरीदमा अनियमितताबारे अध्ययन गरिने

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ। समितिको बिहीवारको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए।

‘एक करोड मूल्यका बल्ब खरीदका त्रुटी छ’

इटहरी उपमहानगरपालिकाले सिएफएल बल्ब खरीद प्रक्रियाका दोषीलाई कारबाही गर्न कानुनी जटिलता भएको जनाएको छ। बिना प्रतिस्पर्धा झन्डै एक करोड रुपैयाँ बराबरका सिएफएल बल्व खरिदमा त्रृटि भएको ठहर भए पनि कानुनी जटिलताका कारण दोषीलाई सिधै कारबाही गर्न समस्या भएको उपमहानगरपालिकाले जनाएको हो।

लोभमा परेर सुन खरीद गर्दा व्यापारी नै ठगिने क्रम बढ्दो

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव हुने क्रममा एक वर्षअघि चाँदीमा सुनको जलप लगाएर नक्कली सुनको कारोबार गर्ने गिरोहमा संलग्न ६ जनालाई इटहरीबाट प्रहरीले पक्राउ गर्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्