१४ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्वाधारका लागि ४३ करोड ७० लाख रुपैयाँ माग

यसै वर्षको फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सम्बोधन गरिएको छ । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले आवश्यक बजेट विनियोजन गरेको छु भन्दै अभिव्यक्ति दिएपछि अन्योलमा परेको खेलकुद प्रतियोगिता हुने निश्चित भएको हो ।

अस्ट्रेलियाद्वारा खेलतालिका सार्वजनिक

कोरोना भाइरसका कारण क्रिकेट गतिविधि ठप्प भएको अवस्थामा अस्ट्रेलियाले भारत, जिम्बाब्वे, वेस्ट इन्डिज र अफगानिस्तानसँगको खेलतालिका बिहीबार सार्वजनिक गरेको छ । आगामी अक्टोबर र नोभेम्बर महिनामा पुरुष ट्वान्टी–२० विश्वकप आयोजक अस्ट्रेलियाले विश्वभर क्रिकेटको माहोल फर्काउनका लागि भारतलगायतका चार देशसँगको तालिका सार्वजनिक गरेको हो ।

खेलक्षेत्रका लागि निराशाजनक बजेट

विश्वभर व्यवसायीकरण हुँदा खेलक्षेत्र एक ठूलो उद्योगका रूपमा स्थापित भइसकेको छ । कयौं राष्ट्रमा त्यहाँको खेलकुदले जिडिपीमा पनि ठूलो प्रभाव पार्नुका साथै ठूलो मात्रामा रोजगारीका अवसरसमेत सिर्जना गर्दछ । विश्वका शक्तिशाली राष्ट्रहरू बेलायत, अमेरिका, चीन, जापान र रसियाबीच खेलक्षेत्रका माध्यमबाट आफूलाई थप सबल देखाउन ठूलो होडबाजी चल्छ । पछिल्ला समय भारतलगायत अन्य धेरै राष्ट्र पनि यसको सिको गर्दै आइरहेका छन् ।

एसियन जुनियर अनलाइन चेस च्याम्पियनसिपमा नेपाल

कोभिड–१९ ले विश्वलाई अक्रान्त बनाइरहेको अवसरमा आफ्ना सदस्य राष्ट्रका खेलाडीलाई क्रियाशील गर्दै मानसिक पीडाबाट मुक्त गराउने उद्देश्यले बुधबारदेखि ४ जुनसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपाली खेलाडीको सहभागिता हुने भएको हो । नेपालको तर्फबाट पुरुषमा अविश्रे श्रेष्ठ, विवेक श्रेष्ठ र निकेन कुसथा तथा महिलामा खुस्बु थापा, अनीशा न्यौपाने र कृतिसरा अधिकारीले प्रतिस्पर्धा गर्ने नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी दिइन् ।

कन्ट्याक्ट ट्रेनिङमा सहमति

‘खेलाडीहरूले अब एकै समूहमा अभ्यास गर्न पाउँछन् र ट्याकल पनि गर्न पाउँछन् तर अनावश्यक रूपमा एकअर्काको नजिक भने हुन पाउने छैनन् ।’

इघालोले युनाइटेड छाड्ने

इडियोन इघालोले यसै हप्ता इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने बताइएको छ । आगामी जुनमा चाइनिज सुपर लिग फर्किने भएकाले इघालोले युनाइटेड छाड्ने भएका हुन् ।

बर्नमाउथका गोलकिपरलाई कोरोना

गत साता मंगलबार इङ्लिस प्रिमियर लिगका खेलाडी र क्लब पदाधिकारीमा गरिएको कोरोना परीक्षणपछि ६ जनामा कोरोना पुष्टि भएको थियो । आइतबार थप दुई जनामा कोरोना संक्रमण भएको खबर सार्वजनिक भए पनि ती संक्रमित खेलाडी को थिए भन्ने बताइएको थिएन ।

तत्कालै व्यावसायिक टेनिस फर्कंदैन : फेडेरर

‘कोर्टमा फर्किहाले पनि समर्थकबिना टेनिस खेल्न हामीलाई कठिन पक्कै हुनेछ । आशा छ हामी छिट्टै स्वाभाविक दैनिकीमा फर्कनेछाैं ।’

सिजन रद्द गर्ने निर्णयमा पुनर्विचारको आग्रह

‘जुन २ मा फ्रेन्च फुटबलमा भएको ठूलो गल्ती सुधार हुने आशा राखेका छौं । जुनमै खेल सुचारु हुनेछ भन्ने विश्वास छ, साथै जुलाई र अगस्टमा पनि सम्भावना बाँकी नै छ ।’

फेदीखोलामा क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण गरिदैं

पोखरामा बैकिल्पक क्रिकेट मैदान छैन । गण्डकी प्रदेशमा आगामी फागुन २० देखि २७ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । प्रदेशको राजधानी पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ ।

ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन

विश्वभर रहेका नेपाली कराते खेलाडी तथा प्रशिक्षकहरूले देशको खेलविकासमा योगदान गर्ने उद्देश्यले ग्लोबल नेप्लिज कराते अर्गानाइजेसन गठन गरेका छन् ।

प्रिमियर लिगमा परीक्षण, थप दुईमा कोरोना पोजेटिभ

प्रिमियर लिगमा खेलाडी र क्लब पदाधिकारी गरी कोरोना संक्रमित हुनेको संख्या ८ पुगेको छ । यसअघि गत साता मंगलबार गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बायर्नको रबाफिलो जित

शनिबार राति भएको खेलमा शीर्ष स्थानको बायर्नले फ्य्रान्कफर्टमाथि ५–२ को रबाफिलो सफलता निकाल्दै दोस्रो स्थानको डर्टमन्डसँग चार अंकको अग्रता कायमै राखेको हो ।

विदेशी लिग खेल्न दिन माग

बिसिसिआईका अनुसार भारतीय खेलाडीले आइपिएल मात्र खेल्न पाउँछन् । अस्ट्रेलियाको बिग ब्यास लिग, क्याराबियन प्रिमियर लिग खेल्न भने रोक लगाइएको छ ।

ओसाका धेरै कमाउने खेलाडी

जापानकी टेनिस स्टार नाओमी ओसाका विश्वका सबैभन्दा धेरै कमाइ गर्ने महिला खेलाडी घोषित भएकी छन् । फोब्र्स म्यागाजिनका अनुसार ओसाकाले अमेरिकी सदावहार टेनिस स्टार सेरेना विलियम्सलाई पनि पछि पारेकी छन् । ओसाकाले पछिल्ला १२ महिनामा पुरस्कार रकम र विभिन्न विज्ञापनमा काम गरेबापत कुल ३ करोड ७४ लाख डलर कमाइ गरेको फोब्र्सले उल्लेख गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्