११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री दाहाल मानसरोवर जादै

प्रधानमन्त्री पुष्पकमल दाहाल आज कैलाश पर्वत र मानसरोवर जाँदै छन्। चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए।

प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दैछन्।

सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग

सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णायक भूमिका निर्वाह गरेका मुख्य व्यक्तिमाथि मुद्दा नचलाउनुको कारण मागेको छ। सर्वोच्चले सो प्रकरणमा पिरामिड शैलीमा माथिल्लो तहसम्म अनुसन्धान गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै रिट निवेदन दर्ता भएको थियो।

छोङछिङमा प्रधानमन्त्री भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गरेका छन।

कोरला नाका खुल्ने आशा अधुरै

प्रधानमन्त्री पुष्पकमल दाहालको साताव्यापी चीन भ्रमणका बेला तिब्बतसँगको कोरला नाका खुल्ने अपेक्षा गरिएको थियो ।

चीनमा ‘पदकविहीन’ प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणबाट नेपालले आर्थिक र राजनीतिक रूपमा ठुलै लाभ लिने र दीर्घकालीन महत्त्वका सम्झौता हुने अपेक्षा गरिएको भए पनि भ्रमण औपचारिकतामा मात्र सीमित भएको छ ।

प्रदेशको नाम विधिसंवत रुपमा मात्रै परिवर्तन हुनसक्छ: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशको नाम विधिसंवत रुपमा प्रदेशसभामा दुई तिहाई बहुमत पुर्‍याएर मात्रै परिवर्तन हुन सक्ने बताएका छन्।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छः चिनियाँ प्रधानमन्त्री लि

चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन्।

प्रधानमन्त्री दाहाललाई चीनमा यसरी गरियो सम्मान (तस्बिरसहित)

प्रधानमन्त्री दाहाललाई आज चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।

प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’

छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी लिबीच द्विपक्षीय वार्ता सुरु

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका चिनियाँ समकक्षी लि छ्याङबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ।

प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा:अध्यक्ष चाओसँग भेटवार्ता बेइजिङ

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ पिपुल आफ कंग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल आज द्विपक्षीय भेटवार्तामा

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दैछन्।

फेरि सर्‍यो प्रधानमन्त्री दाहालविरुद्धको अदालत अवहेलना मुद्दा

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा निर्णय सुनाउने आदेश आइतबार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्