१५ मंसिर २०८१ शनिबार
image/svg+xml

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

नेपाली संगीतका चर्चित गायक प्रकाश सपुतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले आज फेसबुक पेजमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।

२४ घण्टाभित्र बाँकेमा १२ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टाभित्र बाँकेमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । २४ घण्टाभित्र यति धेरै मृत्यु भएको यो तथ्यांक अहिलेसम्मकै उच्च रहेको बताइएको छ ।

सुदूरपश्चिममा कोराेना संक्रमण तीव्रः आईसियु र भेन्टिलेटर खाली छैनन्

सुदूरपश्चिममा कोराेनाको संक्रमण तीव्र रुपमा बढ्दै गएर अस्पताल भरिभराउ भएका छन् । जटिल प्रकृतीका लक्षण भएका संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा आईसियु र भेन्टिेलेटरको अभाव शुरु भएको छ ।

कर्णाली प्रदेश सरकारद्वारा कोरोना नियन्त्रणका लागि एक अर्ब ३४ करोड विनियोजन

बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले एक अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ।

सुदूरपश्चिममा कोराेना संक्रमण तीव्रः १२ घण्टामा ६ जनाको मृत्यु

सुदूरपश्चिममा कोराेनाको संक्रमण तीव्र रुपमा बढ्दै गएको छ । तराईका दुई जिल्ला कैलाली र कंचनपुरमा कोराेनाको संक्रमण बढी देखिएको छ । पछिल्लो १२ घण्टामा कैलाली र कंचनपुरमा ६ जनाको ज्यान गएको छ ।

कोरोनाबाट खोटाङका एक युवाको मृत्यु

कोभिड–१९ को संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल जोशीको मृत्यु भएको हो ।

बढ्दो संक्रमण, अत्यास लाग्दो तयारी

प्रदेश सरकारले सीमा नाका पूर्ण रूपमा सिल गर्न संघीय सरकारलाई अनुरोध गरेको छ। जबसम्म सीमामा आवतजावत पूर्ण रूपमा बन्द हुँदैन त्यसबेलासम्म जोखिम कम नहुने विज्ञहरूको भनाइ छ। भारतसँग सीमा जोडिएको प्रदेश हो। यहाँका अधिकांश पुरुष रोजगारका लागि भारतमा जाने गर्छन्।

उपत्यकामा निषेधाज्ञा: नटेरे ठाउँको ठाउँ कारबाही

अत्यावश्यक सेवासुविधा सञ्चालन हुन दिने गरी सुरु भएको निषेधाज्ञामा नियम उल्लंघन गर्नेमाथि प्रहरीले सडकमै कारबाही गर्नेछ। निषेधाज्ञा लागु भएपछि बिनाकाम सडकमा निस्कने, भीडभाड गराउने, कोरोनाको जोखिम बढाउनेलाई प्रहरीले कारबाही गर्नेछ।

सहायक प्रजिअलाई कोरोना देखिएपछि अर्घाखाँची प्रशासन बन्द

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहितका कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासनमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ।

अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण बढेपछि उपचारमा जटिलता

गम्भिर अवस्थाका स्वास्थ्यकर्मी अस्पतालमा भर्ना भएपनि सामान्य अवस्थाका स्वास्थ्यकर्मी अहिले पनि काममै खटिएका छन्। आफू संक्रमित भएर पनि केही स्टाफ नर्सले कोभिड वार्डका बिरामीको सेवा गरिरहेका छन्। ‘जो कोरोना पोजेटिभ भएर पनि सामान्य अवस्थामा छन्, ति स्टाफ नर्सले अहिले पनि बिरामीको सेवा गरिरहेका छन्,’ मेसु थापाले भने।

गोरखामा एउटै गाउँका २९ जनालाई कोरोना संक्रमण

भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा समुदायमा कोरोना फैलिएको छ। मंगलबार त्यहाँका २९ जनालाई कोरोना पोजेटिभ देखिएको हो। यी मध्ये १४ महिला र १५ पुरुष छन्।

अक्सिजन हैन सिलिण्डर अभाव

अक्सिजन सप्लायर्सका अनुसार जिल्लामा अक्सिजन अभाव हुन सक्ने भन्दै ब्यक्तिगत रुपमै अक्सिजन घरघरमा लगिएका छन् । उनिहरुले ति अक्सिजन सिलिण्डरहरु फिर्ता गरेका छैनन् ।

प्रदेश १ मा 'मास्क खै ?' अभियान

प्रदेश १ मा कोरोना संक्रमण रोक्न सवारी चालक तथा यात्रुलाई मास्क र सेनिटराइजरको प्रयोगबारे सचेतना अभियान सुरू भएको छ।

दाङमा १७ गतेदेखि लकडाउन

दाङमा आगामी १७ गतेदेखि लकडाउन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले आगामी १७ देखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमण उच्च रुपमा फैलिँदै गएपछि लकडाउन गर्ने निर्णय गरिएको हो ।

नेपालगन्ज मेडिकल कलेजमा थप चार संक्रमितको मृत्यु

तीव्र रुपमा बढेको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ। यसैक्रममा नेपालगन्ज मेडिकल कलेजमा थप चार जना संक्रमितको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्