११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘द होलोकस्ट’को सम्झना

द्वितिय विश्वयुद्धको अवधिमा ६० लाखभन्दा बढी यहुदी(जेविस)हरूको नरसंहार भएको स्मृतिमा नेपालस्थित इजरायल दुतावासले बिहीबार काठमाडौं विश्वविद्यालय(केयू)मा वृत्तचित्र र फ्लायरहरूको प्रदर्शनी गरेको छ। कार्यक्रममा इजरायलस्थित द वल्र्ड होलोकस्ट रिमेम्बरेन्स सेन्टरले तयार पारेको ‘द डेभेलपमेन्ट अफ फाइनल सोलुसन’ नामक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो।

न बिमा, न राहत

गत असोजमा राजधानीका कालिकास्थानस्थित सर्वनाम थिएटरमा युवा नाट्यकर्मी राज शाह निर्देशित नाटक ‘जनयुद्ध जारी छ ?’ मञ्चन भइरहँदा दर्शकले नाटकलाई निकै मनपराए। नाटक दर्शकले मनपराए पनि नाटक निर्माण गर्दाको पीडा निर्देशक राज र नाटकका कलाकारलाई मात्र थाहा थियो।

शान्ति सम्मेलनपछि युद्धविरामको आह्वान

अफगानिस्तानको राजधानी काबुलमा केही दिन यता भएका बृहत् शान्ति सम्मेलनपछि अफगान अधिकारीले बिहीबार युद्धविरामको लागि आह्वान गरेका छन्।

सत्ता हस्तान्तरण गर्दै सम्राट

दोस्रो विश्वयुद्ध हुँदा जापानका सम्राट थिए हिरोहितो। शक्तिशाली जापानी साम्राज्य दोस्रो विश्वयुद्धमा पराजितमात्र भएन, उसले निकै क्षतिसमेत बेहो-यो। रक्तपातपूर्ण युद्धमा हारपछि सम्राट हिरोहितो जापानको झन्डै १५ सय वर्ष लामो राजसंस्थाका अलोकप्रिय सम्राटमा दर्ज भए।

काङमाङको ‘एघार नोभेम्बर’

युद्ध साहित्यका प्रवर्तक काङमाङ नरेश राईले युद्धकथा संग्रह ‘एघार नोभेम्बर’ पाठकमाझ ल्याएका छन्। विश्वमा गोर्खाली गौरव र नेपाली समाजमा लाहुरेहरू सानका पात्रका रूपमा हेरिने वा देखिने गरेता पनि ब्रिटिस गोर्खा सेनाहरूको वास्तविकता चाहिँ कस्तो थियो र रहेको छ ? भन्ने विषयलाई राईले कृतिमा केन्द्रीत गरेका छन्।

अफगान युद्ध अपराधको अनुसन्धान रोकियो

अफगानिस्तानमा युद्ध अपराधको अनुसन्धान गर्ने सम्बन्धी एक अनुरोधलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले शुक्रबार अस्वीकार गरेको छ।

राष्ट्रसंघले भन्याे – 'लिबियाबाट नेपाली सैनिक फिर्ता गर्ने योजना छैन'

संयुक्त राष्ट्रसंघले लिबियाबाट नेपाली शान्ति सैनिक फिर्ता गर्ने कुनै योजना रहेको स्पष्ट पारेको छ। गृहयुद्ध चर्किएको अफ्रिकी मुलुक लिबियाको राजधानी त्रिपोलीमा खटिएका नेपाली सैनिक तत्काल फिर्ता नहुने नेपाली सेना प्रवक्ता विज्ञानदेव पाण्डेलेसमेत बताएका छन्।

होलेरीको हुटहुटी

त्यसो त रोल्पाका अरू गाउँ जस्तै आम्दानीको मुख्य स्रोत यहाँ पनि रेमिट्यान्स नै हो। हरेक घरबाट विदेश नजाने युवा भेटिन गाह्रै पर्छ, यहाँ पनि। तर, यहाँ कतिपय विदेशबाट फर्केर काम थाल्नेहरू पनि छन्। खासगरी पर्यटन, तरकारी, नगदेबाली प्रतिको आकर्षण बढ्न थालेकाे छ।

चुनवाङको चिन्ता

चुनवाङ बैठकले तय गरेको बाटो हिँडेर माओवादीका धेरै नेताले व्यक्तिगत अनि राजनीतिक जीवनमा ‘छलाङ’ नै मारे तर त्यही चुनवाङ भने उस्तै छ, उदास र विकासको प्रतिक्षारत।

युद्धको अर्को खेल सुरु नहोस्

रोल्पा थवाङ –३ मिरुलका खेमप्रसाद बुढा मगरका १० वर्ष तत्कालीन ‘माओवादी जनसेना’ बनेर बिते। यो अवधिमा ज्यानको बाजी लगाएर विभिन्न युद्धमा होमिएका उनी त्यो विगतलाई सम्झनसम्म चाहन्नन्। भन्छन्, ‘त्यो इतिहास सम्झनसम्म मन लाग्दैन।’ १० वर्षसम्म बन्दुक समातेर तत्कालीन राज्यसत्ताविरुद्ध लडेका उनले त्यो लडाइँको महत्व त्यतिबेला बुझे जतिबेला क्यान्टोनमेन्टबाट गलहत्याइए। सेना समायोजनका क्रममा सेना बन्नका लागि उमेर हद नपुगेपछि जनसेनाबाट सामान्य जीवनयापनमा फिरेका उनी अहिले घर निर्माण गर्ने व्यावसायमा छन्। त्यही व्यावसायबाटै रोजीरोटी धानेका उनी भन्छन्, ‘अब यस्ता कुनै पनि लडाइँ नहोउन्।’

‘जनयुद्ध’पछि उदाएको जनैवाद

यही फागुन १४ गते माओवादी जनयुद्धका प्रथम सहिद गोरखाका दिलबहादुर रम्तेल (सार्की) को २४औँ वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहालले भने, ‘अहिले म जनयुद्ध भन्दा पनि कठिन युद्ध लडिरहेको छु।’ राजनीतिबारे थोरै मात्रै पनि चासो र जानकारी राख्ने जो कोही व्यक्तिका लागि उनको ‘कठिन युद्ध’को आशय सत्ता प्राप्ति र द्वन्द्वकालीन मुद्दाका अर्घेलोतर्फ लक्षित छ भन्ने बुझ्न कठिन नहोला।

‘मृत्युदण्ड’अघिको त्यो पत्र

२०५८ साल फागुन २६ गतेदेखि १८ दिन अपहरणमा परेका प्रावि हरिगातिनाका २४ बर्षीय शिक्षक तिलकराम नेपालीलाई तत्कालिन विद्रोही माओवादीले ‘मृत्युदण्ड’ दिनुअघि अन्तिम इच्छा सोधे। रोल्पा नगरपालिका धनमुढाका नेपालीले आफ्नो परिवारलाई चिठ्ठी लेख्ने माग राखे। केही समयमा आफू मारिने जानकारी पाएका उनले २०५८ साल चैत १२ गते राती ९ बजे परिवारलाई ८ पेज लामो पत्र लेखे, ‘जन्म दिने बुवाआमा एक एक वटा साइनो भएका मुटुको टुक्रा जस्तो भाई श्रवण, बहिनी दुर्गा, श्रीमती मिना र छोरा जयन्द्रमा मेरो साइनो अनुसार दण्डवत प्रणाम र आर्शिवाद छ।’

हिंसा र सालिक

सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले मेरा पिताजी टीकाराज आरणको गोली हानी प्राणपखेरु उखेलेको आज १८ वर्ष लाग्यो। हत्याको कारण नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भई पार्टी संगठनमा होमिनु थियो। सर्वसाधारण मेरा पिताजीलाई निःशस्त्र अवस्थामा बन्दी बनाई कथित ‘जनयुद्ध’का नाममा शोषक, सामन्त र सुराकीको बिल्ला लगाई मारियो।

यो दुईतिहाइ सरकारबाट आशा गरेजस्तो काम भएन : अध्यक्ष दाहाल

जनताले चाहेजस्तो उपलब्धि अहिलेको दुई तिहाई सरकाले दिन नसकेको सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले स्वीकारेका छन्।

काश्मिर हमलाको बाछिटा

काश्मिरमा भारतीय सुरक्षा फौजमाथि आतंकवादी हमलाले दक्षिण एसियामा फेरि युद्धको कालो बादल मडारिएको छ। भारतले आक्रमणको जिम्मा लिने आतंकवाद संगठन जैस—इ मोहम्मदलाई पाकिस्तानले संरक्षण गरेको आरोप लगाउँदै कडा कदम चाल्ने चेतावनी दिएलगत्तै पाकिस्तानले पनि प्रतिकारका लागि तयार भएको धारणा सार्वजनिक ग-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्