९ मंसिर २०८१ आइतबार
image/svg+xml

सभामुखको कार्यालय ‘हाइज्याक’ भयो, संसदमा कुनै प्रतिपक्ष छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागी हुनबाट रोक्न हेतु नेकपा (एमाले)ले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली कांग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाएको बताए।

सरकारलाई विश्वासको मत दिँदैमा काँग्रेस विपक्षी दलबाट कट्टा हुँदैनः बिडारी

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसाबबाट बुझ्न नहुने बताए।

जनताले जतिसुकै 'नो नट अगेन' भनेपनि ठूला नेताले पहिले नै ‘म्याच फिक्सिङ’गरिसकेः त्रिपाठी

म्याच फिक्सिङ पहिल्यै भइसकेको छ, कसलाई जिताउने, कहाँबाट जित्ने। ठूला नेताहरु सबै सुरक्षित छन्। उनीहरुलाई जनताले जतिसुकै नो नट अगेन भनेपनि यथार्थमा त्यो होला जस्तो छैन। किनभने म्याच पहिल्यै फिक्स भइसकेको छ। को जित्ने, को हार्ने। सबै डिजाइन गरिएको छ। यसले निर्वाचनपछि पनि कुनै स्थिरतमा जाँदैन। यसले गम्भिर अस्थिरताको दौड सुरु गर्नेछ।

वरिष्ठ अधिवक्ताहरु भन्छन्: महाअभियोगको टुंगो नलागेसम्म जबरा अदालत फर्कन मिल्दैन

वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन्।

बाँकेका आठ मध्ये पाँच पालिकामा कांग्रेसको संस्थापन पक्षको जित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँकेका ५ वटा पालिकामा संस्थापन(देउवा) पक्ष र ३ वटामा संस्थापन इतर( कोइराला/पौडेल) पक्षले जितेको छ।

प्रधानन्यायाधीशको सिट खाली भइसक्याे, नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकारकाे: वरिष्ठ अधिवक्ता थापा

बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका हुन्।

प्रधानन्यायाधीशले राजीनामा नदिए 'डन्ट टच द चेयर' भन्ने अवस्था आउँछः वरिष्ठ अधिवक्ता कार्की

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए उनलाई प्रधानन्यायाधीशको कुर्सी छुन नदिने अवस्था पनि आउन सक्ने बताएका छन्।

प्रधानन्यायाधीश प्रजातन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा लागेः वरिष्ठ अधिवक्ता भण्डारी

सर्वोच्चमा भएको विरोध प्रदर्शनमा बिचौलियाको नाइके राजीनामा दे, भ्रष्टाचारी नाइके राजीनामा दे, नेपाल बार जिन्दावाद, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, प्रहरी आतंक बन्द गर, हाम्रो आन्दोलन जारी छ भनि नाराबाजी समेत भएको थियो।

न्यायपालिकालाई जोगाउन प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छः वरिष्ठ अधिवक्ताहरु

‘अहिले न्यायिक जगत जलिरहेको छ। निभाउने मान्छे अपांग भईसकेको छ। त्यसैले प्रधानन्यायाधीश नै प्रमुख व्यक्ति हो। उनले अहिले तुरुन्तै राजीनामा दिएर यो जो जोखिमलाई सुधार्नु पर्दछ। प्रधानन्यायाधीशले अहिले तुरुन्त राजीनामा दिनु र अनि नयाँ विकल्प तत्काल खोज्नुपर्ने हुन्छ।’

कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज

नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो।

राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने आधार उचित लागेन : वरिष्ठ अधिवक्ता महतो

वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गरेका छन्।

वरिष्ठ अधिवक्ता अर्यालको तर्कः संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार दिएको छैन

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार नदिएको तर्क गरेका छन्।

काेराेनाबाट न्याय परिषद्का सदस्य निरालाको निधन

न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ।

न्यायाधीशमा योग्यता नपुगेको भन्दै रिट

सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका मुख्य न्यायाधीश नहकुल सुवेदीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि योग्यता नपुगी नियुक्तिका लागि सिफारिस गर्नु संविधानविपरीत भएको दाबीसहित रिट निवेदन दर्ता गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्