८ मंसिर २०८१ शनिबार
image/svg+xml

उदयपुरमा नयाँ वर्ष धुमधामः कोभिड बेवास्ता, भीडमा रमाउन मस्त

विश्वव्यापी कोभिडको लकडाउनले गतवर्ष दसैं, तिहारलगायत महत्वपूर्ण चाडपर्व खुलेर मनाउन कसैले पाएनन्। चैत ११ गतेदेखि देशव्यापी भएको लकडाउनका कारण नयाँ वर्ष ०७७ देखि दसैं, तिहार, छठ, साकेला उधौली–उभौली, माघी, नेपाल संवत र ल्होसारसम्मका चाड पर्वहरु नेपालीहरुले घरभित्रै बसेर मनाउनु पर्‍यो।

जुम्लामा नयाँ वर्षमा तागे संक्रान्ति

जुम्लामा नयाँ वर्षलाई तागे संक्रान्तिका रूपमा मनाउने गरिएको छ। देशभर विभिन्न तरिकाले नयाँ वर्ष मनाइरहँदा जुम्लामा भने तागे संक्रान्तिका रूपमा मनाउने गरिएको हो। वैशाख १ को दिन विवाहित महिलाले आफ्ना पतिको दीर्घायुको कामना गर्दै तागा लगाउने चलन छ।

नयाँ वर्षमा प्रकृतिको शुभकामना 'फूल'

नयाँ वर्षमा एक व्यक्तिले अर्कोलाई शुभकामना दिनु नौलो होइन । तर, मिथिलामा विक्रम संवत्को नववर्षमा प्रकृति स्वयंले शुभकामना दिने गर्छ ।

'सिस्नु दलेर' शुभकामना !

अहिले फेसबुक, ट्वीटर, भाइवर र एसएमएसमार्फत् नयाँ वर्षको शुभकामनाका शब्दहरू लेखेर एकअर्कामा साटासाट गर्दै आएका छन् नयाँ पिढीँ। सामाजिक सञ्जाल हिजोआज रंगिएको छ नयाँ वर्षको शुभकानाका पोष्टर, तस्बिर तथा शुभकामनाका शब्दहरुले। तर, सुदूरपश्चिममा भने नयाँ वर्षको शुभकामना दिने प्रचलन बेग्लै छ।

फेरि बढ्यो कोरोना जोखिमः नियम कडा, कार्यान्वयन फितलो

गत वर्ष कोरोना संक्रमण मुलुकमा प्रवेश गर्दा मानिसहरु ‘अब मरिने भइयो’ भन्दै घर बाहिर जान डराउँथे। थोरै संक्रमित हुँदा पनि मानिसमा डरको पारा धेरै माथि थियो।

किसानका लागि मेरो कित्ता कार्यक्रम आजैदेखि शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा नयाँनयाँ कामहरू थालनी गरेको उल्लेख गर्दै किसानका लागि आजदेखि नै मेरो कित्ता कार्यक्रम शुभारम्भ हुने बताएका छन्।

अमेरिकी राष्ट्रपतिद्वारा नेपाली नयाँ वर्षमा शुभकामना व्यक्त

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ वर्ष र नवरात्री लगायतको शुभकामना दिएका छन्। उनले ट्वीटरमार्फत नेपाली समुदायलाई समेत तोकेर नयाँ वर्षको शुभकामना दिएका हुन्। साथै बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीहरुलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका छन्।

नयाँ वर्ष माहोल: सडकमा चहलपहल, होटलमा सुनसान

कोरोना त्रास बढेको भन्दै सरकारले यही बेला भीडभाडमा नजान र सर्तकता अपनाउन अनुरोध गर्दा आन्तरिक पर्यटकले घुमघाममा निस्कने आँट नगरेको व्यवसायी बताउँछन्। फाट्टफुट्ट समूह र केही व्यक्तिगत तथा परिवारसहित घुम्न आए पनि त्यसले पोखरालाई उत्साही बनाउन सकेको छैन।

आशा

नयाँ वर्ष तिमीलाई हर्ष उल्लासका साथ स्वागत गर्न चाहन्छु। नयाँ वर्ष तिमीलाई उत्साह अनि जाँगरका साथ स्वागत गर्न चाहन्छु। नयाँ वर्ष तिमीलाई एउटा स्वर्ण बिहानीको साथ स्वागत गर्न चाहन्छु।

आज नयाँ वर्षकाे दिन प्रधानमन्त्रीले द्वन्द्वपीडितलाई सम्मान गर्ने

तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालमा लडाकु रहेका र हालसम्म राज्यले उचित सम्मान र सम्बोधन नगरेका र अन्य पीडितलाई सम्मान गर्न लागिएको हो।

अनलाइन बजार दराजमा नयाँ वर्ष अभियान आउँदै

नयाँ वर्षको शुभ–अवसरलाई लिएर दराजले ग्राहकलाई आश्चर्यजनक डिलर, रमाइलो अफर, अनलाइन भुक्तानीमा विशेष छुट, उत्कृष्ट पुरस्कारका साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर ल्याएको छ।

नयाँ वर्षको अवसरमा भक्तपुर औद्योगिक तथा व्यापार मेला

नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले बृहत् औद्योगिक मेलाको आयोजना गर्ने भएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए।

कंगोमा नयाँ वर्ष मनाइरहेको ठाउँमा हमला गरी २५ जनाको हत्या

लोकतान्त्रिक गणतन्त्र कंगोमा नयाँ वर्ष सन् २०२१ मनाउन जमघट भइरहेका बेला आक्रमण हुँदा २५ जनाको मृत्यु भएको छ।

नयाँ वर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म

नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्