११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लुम्बिनी प्रदेश : बिपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्रीको राजीनामा

चारै दलका प्रमुख सचेतक तथा सचेतकहरुले अल्पमतमा परेका मुख्यमन्त्री पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गरिदिन माग गरेका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

नेकपा एमालेको नेतृत्वमा बनेको सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

नेपाल समूहका १५ जनप्रतिनिधिसँग स्पष्टीकरण

नेकपा एमालेका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा बिहीबार बसेको २७ औं सचिवालय बैंठकबाट पार्टी एकता विरोधी गतिविधिमा संलग्न भएको भन्दै गाउँपालिका अध्यक्षदेखि उपमेयर, उपाध्यक्ष, वडा अध्यक्षदेखि वडा सदस्यसम्मलाई स्पष्टीकरण सोधेको हो।

कोरोना नियन्त्रणमा भारतको मात्र भर नपराैँः माले

नेकपा(माले)ले कोरोना नियन्त्रणका लागि भारतको मात्र भर नपरी अन्य देशसँग पनि सहकार्य गर्न माग गरेको छ।

माओवादी केन्द्र समावेशी हुने, यसरी भयो कोटा बाँडफाँट

नेकपा (माओवादी केन्द्र) ले आफ्नो सबै समिति तत्काल समावेशी रुपमा गठन गर्ने भएको छ।

नेकपा एमाले पूर्व सचिवसहित २ दर्जन युवा कांग्रेस प्रवेश

भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालका करिब दुई दर्जन अगुवा युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसको लोकतन्त्रतिर आकर्षित भई विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेको पार्टी कार्यालयले जनाएको छ।

एक ढिक्का भएर कोभिडविरुद्ध लड्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिएका छन्।

ओलीलाई रावलकाे जवाफः सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्का होस्

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन्।

एमाले बैठक: पार्टी ह्विप उल्लंघन गर्नेलाई कारबाही

सत्तारुढ नेकपा एमालेको आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लंघन गरी नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा सदस्य नरहने गरी कारबाही गरेको छ।

ओलीले गरे स्थायी कमिटी गठन, नेपाल-खनाल परेनन्

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई समेटेर स्थायी कमिटी गठन गरेका छन्।

'एमालेको एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ'

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन्।

नेपाल समूहको छुट्टै कार्यालय

नेकपा एमालेका माधवकुमार नेपाल समूहले विराटनगरमा छुट्टै कार्यालय स्थापना गरेको छ। नेपाल समूहले विराटनगरस्थित तीनपैनीमा दुई तले घर भाडामा लिएर विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय सञ्चालनमा ल्याएको हो।

ओली र नेपाल मेरियटबाट धरहरा हेर्दै

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्तरूपमा नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन्।

‘सरकारलाई समर्थन छैन’

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर प्रतिगमनविरुद्ध लागेका शक्तिहरू मिलेर नयाँ सरकार बनाउने विषयमा छलफल भइरहेको बताएका छन्।

नेपाल समूहले आफू पक्षका सांसदहरुको बैठक बोलायो

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुको बैठक बोलाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्