‘कर्मचारीको पद, दरबन्दी र समूह किटान गरी समायोजन गर्नू’
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीको पद, दरबन्दी र समूह किटान गरेर मात्र कर्मचारीको समायोजन गर्न परमादेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश भोजराज अधिकारी र दुर्गाबहादुर विश्वकर्माको संयुक्त इजलासले बुधबार कर्मचारीको पद, दरबन्दी र समूह किटान गरी कर्मचारीको समायोजन गर्न परमादेश जारी गरेको हो ।