१२ आश्विन २०८१ शनिबार
image/svg+xml

भ्रमित पारी ठगी गर्ने तीन पक्राउ

विदेश जानेलाई भ्रमित पारेर ठगी गर्न लागेको आरोपमा इटहरीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। झुक्याएर पैसा लिएको आरोपमा प्रहरीले इटहरी ५ एक्सेस ट्राभल्स नामक मेनपावर सञ्चालन गर्ने धनकुटा जितपुर–१ का २४ वर्षीय सन्देश श्रेष्ठ, इटहरी –५ कै ३२ वर्षीय जितेन्द्र बुढाथोकी र धनकुटा मुर्तिढुङ्गाद्द८ का २४ वर्षीय प्रकाश खडकालाई पक्राउ गरेको हो ।

बैंक म्यानेजरकै एटिएमबाट २ लाख ८८ रुपैयाँ चोर्ने पक्राउ

रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख भन्दा बढी रुपैयाँ चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

पोखराबाट अपहरित भारतीय नागरिकको उद्धार, अपहरणकारी पक्राउ

कास्की- पोखरामा अपहरणमा परेका भारतीय नागरिक सोनु भन्ने खुर्सीद अहमदलाई प्रहरीले उद्धार गरेको छ। भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सुनौली जुगौली घर भई काम विषेशले पोखरा आएका उनी भदौ १२ गते अपहरणमा परेका थिए। अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बैंक शाखा प्रबन्धकै एटिएमबाट २ लाख रुपैयाँ चोर्ने पक्राउ

रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख रुपैयाँभन्दा बढी नगद चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

२३ किलो अफिमसहित २ पक्राउ

२३ किलो अवैध लागुऔषध अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मुमिकोट नगरपालिका–१ सल्ले बस्ने ३५ वर्षीय रामु घर्ती र रन्मामैकोट–८ का ३७ वर्षीय पूर्णबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो।

सरकारी छाप किर्ते गरेर फरार चौलागाई पक्राउ

काठमाडौं-सरकारी छाप दस्तखत किर्ते मुद्दामा अदालतद्धारा सजायँ फैसला भएका तर फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जरायोको ३ थान सिङसहित दुई टर्किस पक्राउ

दुई टर्किका नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। नेपालबाट अवैध रुपमा दुर्लभ जरायोको सिंह तस्करी गर्दै रहेको अवस्थामा दुबैजना पक्राउ परेका हुन्।

मोटरसाइकल चोरेर विक्री गर्ने तामाङ पक्राउ

काठमाडौं- मोटरसाइकल चोरी गरी विक्री गर्ने एक जनालाई प्रक्राउ गरेको छ। काभ्रे होक्से–८ घर भई हाल ललितपुर सानागाउँमा मुर्तिको काम गरी बस्ने २४ वर्षीय विकाश तामाङलाई प्रहरीले चोरी आरोपमा प्रक्राउ गरेको हो।

सान कलेजमा तोडफोड, तीन पक्राउ

गैह्रीधारामा रहेको सान इन्टरनेशनल कलेजमा तोडफोड गरेको आरोपमा पूर्वाञ्चल विश्व विद्यालयका अनेरास्ववियु अध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

मालदिभ्सद्वारा पूर्व राष्ट्रपति नसिदविरुद्ध पक्राउ पूर्जी जारी

मालदिभ्सले पूर्व राष्ट्रपति मोहम्मद नसिदविरुद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको छ । यसअघि जेल जीवन बिताइरहेका नसिद उपचारका लागि बेलायत गएका तर उपचारपछि आफ्नो बाँकी जेल जीवन पूरा गर्न स्वदेश नफर्केपछि उनीसवरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

हतियारसहित पाँच लुटेरा पक्राउ

प्रहरीले एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोली, ३०० केजी वन लसुन र रु ७० हजार नगदसहित पाँचजना लुटेरालाई पक्राउ गरेको हो ।

चार केजी लागुऔषध चरेससहित एक पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई हाल वीरगन्ज डेरा गरी बस्ने ६५ वर्षका श्यामबहादुर क्षेत्रीलाई प्रहरीले ४ केजी चरेससहित पक्राउ गरेको छ।

काेदाली प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा तोरवांग–३ मर्कवांग बस्ने ३५ वर्षीय भूपाल नगरकोटीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

४५ भारतीयसहित तीन नेपाली पक्राउ

पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैधधन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

ड्रोनसहित शेर्पा पक्राउ

ललितपुर- प्रहरीले सानेपाबाट एक जनालाई ड्रोन सहित पक्राउ गरेको छ। सानेपा स्थित ईन्टरनेशनल क्लबमा अवैध रुपमा ड्रोन उडाइरहेको अबस्थामा काठमाडौं गोकर्णेश्वर नगरपालिका–१३ बस्ने ३१ वर्षीय सगुन शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्