आयल निगमको नक्कली नियुक्तिपत्र दिदैं ठगी गर्ने पक्राउ
काठमाडौं- नेपाल आयल निगममा जागिर लगाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी राजविराज ६ घर भई रौतहट चन्द्रनिगाहापुर बस्ने दिपक ठाकुर र रौतहट गंगापिपरा ३ घर भई चन्द्रनिगाहापुर बस्ने दिपेन्द्र साह कानु रहेका छन्। उनीहरुले जागिर लगाइने भनेकालाई निकगमको नक्कली नियुक्तिपत्र समेत दिएका थिए।