८ मंसिर २०८१ शनिबार
image/svg+xml

नेकपा विभाजन: तानातानमा कार्यकर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली समूह र नेपाल–दाहाल समूह एकअर्काका नेताकार्यकर्ता तान्ने रणनीतिमा लागेका छन्। पार्टी विभाजनपछि अलमलमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहले आआफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल प्रयोग गरिरहेका छन्।

ओली समूहका सबै कमिटी 'जम्बो'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले सबै कमिटी ‘जम्बो’ बनाउने भएको छ। विधान संशोधन गर्दै ओली समूहले केन्द्रीय कमिटी एक हजार पाँच सय एक सदस्यीय बनाउने तयारी गरेको छ।

नेकपा ओली समूहले आज ‘बृहत् कार्यकर्ता’ भेला गर्दै

भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा ‘बादल’, उप प्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ।

पोखरामा ओली समूहको भेला

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछिको विवादबीच ओलीको कदमको समर्थनमा पोखरामा भेला आयोजना गरिएको हो ।

ओली समूहको बैठकले के के गर्‍यो ? (निर्णयसहित)

नेकपा ओली समूहको बैठकले केन्द्रीय समिति विस्तारलाई अनुमोदन गरेको छ। यस्तै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अधिकार खोस्दै कारवाही गर्ने निर्णय गरेको छ।

ओली समूहले तोक्यो सात प्रदेशका संयोजक

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ।

ओली समूहको भेलामा बादलले भने : प्रचण्ड–नेपाल पक्षलाई चुनावमा गएर परास्त गर्नुपर्छ

गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट एउटा गुट अलग भएको बताएका छन्। आज नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बादलले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षलाई ‘फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरू’को संज्ञा दिएका छन्।

तुम्बाहाम्फेद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार घोषणा गरेका नेपाल कम्युष्टि पार्टी(नेकपा)को महाधिबेशन आयोजक समितिमा नाम सार्वजनिक भएका संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले सो समूहमा आफ्नो संलग्नता नरहेको बताएका छन्।

ओली पक्षले प्रदेश भेला गर्दै, नयाँ केन्द्रीय सदस्यलाई प्रशिक्षण दिइने

नेपाल कम्युनिष्ट पार्टी ओली समूहले बुधबार नयाँ मनोनित केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ। ओली समूहले मंगलबार मनोनित भएका ५ सय ५६ जनालाई प्रशिक्षण दिन लागेको हो।

ओली समूहको केन्द्रीय सदस्यमा उदयपुरका आधादर्जन

पार्टी विभाजनसँगै सत्तारुढ दल नेकपाको ओली तथा प्रचण्ड–माधव समूहको अलग–अलग भेलाले नेता कार्यकर्ता तानातानमा पर्न थालेका छन्। यसै क्रममा मंगलबार विहान सम्पन्न ओली समूहको भेलाले उदयपुरका आधादर्जनलाई महाधिवेशन आयोजक समिति (केन्द्रीय सदस्य) मा मनोनयन गरेको खुलेको छ।

पार्टी महाधिवेशन मंसिर पहिलो हप्ता गर्ने ओली समूहको निर्णय

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीको महाधिवेशन २०७८ मंसिर २ गते गर्ने निर्णय गरेको छ।

ओलीले मनोनयन गरेका ५५६ जना केन्द्रीय सदस्यहरुले लिए सपथ

नेकपा अध्यक्ष केपी ओलीले आज मनोनयन गरेका ५५६ जना केन्द्रीय कमिटी सदस्यहरुले सपथ ग्रहण गरेका छन्। आज बिहान बालुवाटारमा बसेको ओली समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको घोषणा गरेका थिए। घोषणापछि उनीहरुलाई ओलीले सपथ ग्रहण गराएका हुन्।

ओली समूहको निर्णय : प्रवक्ताबाट नारायणकाजीलाई हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली समहूले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाउने निर्णय गरेको छ।

ओली समूहद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ११ सय ९९ जना सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्