आफ्नै कदम जोगाउन नसक्दा केपी ओलीको ओठ–तालु सुकेको छ : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर पनि आफ्नो कदमलाई जोगाउन खोच्दा पार नलाग्ने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ओठतालु सुकेको बताएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर पनि आफ्नो कदमलाई जोगाउन खोच्दा पार नलाग्ने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ओठतालु सुकेको बताएका छन् ।
नेपाली कांग्रेले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गराइएको शपथ ग्रहणमा थप गम्भीरता राख्दै आन्दोलनका लागि अपिल गरेको छ।
संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पठाइएको पत्र सभामुख अग्नि सापकोटाले फिर्ता गरेको विषयलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले त्यसको विरोध गरेका छन्।
प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले आइतबार काठमाडौंको सिफलमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि वृहत नागरिक आन्दोलनले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ।
नेकपा दाहाल नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आवश्यक परे संसद बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै दाहालले आवश्यक परे संसदको बैठक राखेर ओलीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।
वृहत नागरिक आन्दोलनले शुक्रबार सरकारविरुद्ध प्रदर्शन गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जहिले छोराछोरीलाई मात्र हेर्याे’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेको बताएका छन्।
नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटनको विरोधमा आवाज नउठाए इतिहासले सराप्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संसद्ले नयाँ सरकार दिनसक्ने वा नसक्ने विषयमा सर्वोच्च अदालतले जोडघटाउ गर्न नहुने बताएका छन्।
नेपाली कांग्रेसले काठमाडौंको रत्नपार्कमा प्रतिनिधि सभा विघटनको विरोधमा आज एक सभाको आयोजना गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिन्ह आफूहरुको भएको दोहोर्याएका छन्।
निवार्चन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्ष (प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष) लाई छलफलका लागि बोलाएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध आज (बिहीबार) बुटवलमा विरोध प्रदर्शन गर्दैछ।
प्रतिनिधि सभा विघटनविरुद्ध अहिले विभिन्न राजनीतिक दलसहित नागरिक समाज आन्दोलित छन्। माघ १२ गते दिउँसो २ बजे ‘बालुवाटार मार्च’ नाम दिएर काठमाडौंको कमलपोखरीबाट माटोको टीका लगाएर सुरू भएर बालुवाटरतर्फ बढिरहेको नागरिक अगुवाहरुको र्यावली बालुवाटार नपुग्दै प्रहरीको निर्मम दमनमा पर्योर। प्रहरीले माघको ठण्डामा अभियन्ताहरुमाथि चिसो पानीको फोहोरा बर्सायो। लाठी बजार्याे। त्यसक्रममा दर्जनौ घाइते भए।