coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

सिरहामा एमालेका वर्चस्व

स्थानीय तह निर्वाचन २०७९ को मतगणना परिणामले सिरहामा नेकपा एमाले र जसपाको वर्चस्व देखिएको छ। निर्वाचनको अन्तिम परिणाम आइसेका ६ पालिकामध्ये ४ पालिकामा एमाले जित दर्ज गरेका छन्।

सन्तोषको सफलताले कर्जन्हा गदगद

रियालिटी सो ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ को उपाधि जित्न नसके पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएका छन् सिरहाका सन्तोष साह। उनी मधेस, पहाड र हिमालको खान्की पस्केर ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको उपविजेता बन्न सफल भएका छन्। पाककलाको प्रतिस्पर्धा हुने यो रियालिटी सोमा व्यावसायिक सेफहरूले भाग लिन्छन्। नोभेम्बरको दोस्रो साता सुरु भएको प्रतियोगिता सात सातासम्म चलेर बिहीबार अन्तिम चरण सम्पन्न भएको छ।

बलात्कार आरोपमा पक्राउ

कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रोकिएन नदी र चुरे दोहन

धनुषा र सिरहाको साझा नदी कमला नदीमा पछिल्लो समय जोतेर ढुंगा निकाल्ने क्रम बढेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकामा पर्ने कमला पुलदेखि उत्तर नदीभरि ट्याक्टरको कारेसोले जोतेर ढुंगा निकाल्ने गरिएको हो। यसरी निकालिने बोल्डर साइजका ढुंगा विभिन्न क्रसर उद्योगमा पु¥याउने गरिएको छ।

मुद्दैमुद्दामा बित्यो एक वर्ष

२३ असोजमा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान चढेको ना १ झ १६३९ जिपमा अन्धाधुन्ध घरेलु हतियार प्रहार भयो । अगाडिको सिसा नफुटेकाले मात्रै अगाडि सिटमा बसेका मेयर पासवान जोगिए।

कर्जन्हाका मेयर चढेकाे गाडीमा ढुङ्गामुढा

सिरहाको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान सवार गाडीमा अज्ञात समूहले मंगलवार साँझ ढुङ्गामुढा गरी तोडफोड गरेका छन्। नगरपालिकाको परिषद्को बैठक सकिएपछि मेयर पासवान बाहिर जान लाग्दा उनी सवार ना१झ १६३९ नं को स्कारपियोमा एक समूहले ढुङ्गामुढा गरी सिसा फुटाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

प्रदेश २ मा माओवादीले खाता खोल्यो, कर्जन्हा नगरपालिकामा विजयी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालको निर्वाचन क्षेत्र रहेको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्रका मेयर उपमेयर विजयी भएका छन्। मेयरमा गंगा पासवान र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी भएको निर्वाचन अधिकृतको कार्यालय कर्जन्हाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्