१५ मंसिर २०८१ शनिबार
image/svg+xml

आइसोलेसनमा राख्न रेफर गरिएकी महिलालाई एम्बुलेनसले बोक्न मानेनन्

कोरोना भाइरस (कोभिड–१९) को लक्ष्याणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि बिदेशबाट फर्किएकी एक महिलालाई आइसोलेसन वार्डमा भर्ना लिइएको छ। एम्बुलेन्सले बोक्न नमानेपछि उनलाई आइसोलेसनसम्म पुर्‍याउन सरकारी सवारी साधन नै प्रयोग गर्नु परेको थियो।

‘र्‍यापिड टेष्ट’गर्न सकस, जनशक्ति र पूर्वाधार शून्य

कोरोनाका दुईजना बिरामी फेला परेपछि सरकारले बागलुङमा थप संक्रमित पत्ता लगाउने गरि र्‍यापिड टेष्ट गर्ने निर्णय त गरेको छ। तर, र्‍यापिड टेष्ट गर्नका लागि चाहिने पूर्वाधार भने निकै कमजोर रहेको स्वास्थ्य निकायले बताएका छन्।

भारतबाट फर्केकालाई २१ दिन क्वारेन्टाईनमा बस्न मुख्यमन्त्रीको आग्रह

मुलुकभरीमै सवैभन्दा बढी कोरोनाको संक्रमण देखापरेपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आईतवार प्रदेशवासीका नाममा सम्वोधन गर्दै सवैलाई लकडाउनको पूर्ण पालना गरेर घरभित्र बस्न आग्रह गरेका छन। उनले भारतबाट फर्केका सवैलाई २१ दिन अनिवार्य क्वारेन्टाईनमा बस्न आग्रह गरेका छन।

निजी क्षेत्रको सहयोगका कारण आपूर्ति व्यवस्थामा सहज : उद्योग मन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निजी क्षेत्रको सहयोगका कारण आपूर्ति व्यवस्थामा सहज भएको बताए।

इन्द्रावतीमा ५० लाख रुपैयाँको कोष

जिल्लाको इन्द्रावती गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध जुध्न ५० लाख रुपैयाँको गाउँपालिका स्तरीय कोष स्थापना गरेको छ।

सिटामोल पाउन पनि मुस्किल छ, कोरोना उपचार होला?

आइतबार बिहान रातो पहिरनमा सजिएका। उमेरले ४५ वर्षभन्दा माथि जस्तो देखिने दुई महिला कोरोनाको विषयमा कुराकानी गर्दै थिए। ती दुवै महिला एकआपसमा अपरिचित भए पनि कोरोनाको विषयले परिचित बनायो। तिमध्येकी हरियो मास्क लगाएकी महिलाले भनिन्, ‘धन्न यहाँ (कर्णाली) मा कोरोना देखिएको छैन। यदी देखियो भने त सोत्तरै बनाउँछ।’ उनको कुरामा सँगै बसेकी अर्की महिलाले थपिन्, ‘कस्ताकस्ता विकसित राष्ट्रमा त बेहाल बनाएको छ, यहाँ लाग्यो भने त के गर्नु।’

दीर्घरोगीका लागि औषधिको व्यवस्था गरिने

रोल्पाभित्र रहेका दीर्घरोगीहरुका लागि स्वास्थ्य कार्यालय र अस्पतालको समन्वयमा बिरामीहरुले नियमित खाईरहेको औषधि व्यवस्थापन गरिने भएको छ। लामो समयदेखि निरन्तर औषधि खाईरहेका तर उक्त औषधि जिल्लामा नपाईने भएपछि स्वास्थ्य कार्यालयको समन्वयमा बाहिर जिल्लाबाट भए पनि औषधि ल्याईदिने तयारी गरिएको हो।

खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोनाको नुमना परीक्षण नेगेटिभ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ। आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले खरिपाटीको क्वारेन्टाइनमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नुमना परीक्षण नेगेटिभ आएको पुष्टि गरेका हुन्।

आइसोलेसन बेडमा भर्ना युवकले पाए उपचार

सास फेर्न असहज महसुस भएपछि प्रादेशिक अस्पताल जनकपुर पुगेका युवकले १२ घण्टापछि उपचार पाएका छन्। लहान नगरपालिका–२२ जहदीका २३ वर्षिय युवकको आइतबार दिउँसो स्वास्थ्य परीक्षण तथा स्वाब संकलन गरिएको छ।

औषधि र विरामी ओसार्न निःशुल्क गाडी सुविधा दिने गाउँपालिका उपाध्यक्षको घोषणा

विश्वमा डरलाग्दो ढंगले महामारीको रुप लिएको नोवेल कोरोना भाइरसको संक्रमण रोक्नका लागि आवश्यक औषधि तथा उपकरणहरु सम्बन्धित स्थानमा पुरयाउन र संक्रमित विरामीलाई उपचारका लागि अस्पतालसम्म लिनका लागि निःशुल्क गाडी सुविधा दिने यहाँकी एक गाउँपालिका उपाध्यक्षले घोषणा गरेकी छन्। कोरोनाको सम्भावित संक्रमणबाट आइपर्ने अप्ठेरोका बेला जनताको घर घरमा औषधि तथा स्वास्थ्यकर्मीहरु पुरयाउनका लागि आफ्नो निजी खर्चमा गाडी सुविधा दिने कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले घोषणा गरेकी हुन्।

प्रधानमन्त्री अध्यक्ष रहेको कोषमा फेकोफन ताप्लेजुङको ५० हजार सहयोग

सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन)ताप्लेजुङले प्रधानमन्त्री अध्यक्ष रहेको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ। महासंघले आइतबार यहाँका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई उपचार कोषमा जम्मा हुनेगरी ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

कोरोना महामारी: यूरोपमा नेपालीको अवस्था के छ?(लाइभ)

कोरोना महामारी विश्वभर फैलिएको छ। यसै सन्दर्भमा यूरोपमा नेपालीको अवस्था के छ? भनेर हामीले फ्रान्सस्थित नेपाली राजदूत दीपक अधिकारी, वेलायतस्थित दूतावासका उपनियोग प्रमुख सरदराज आरण, एनआरएनका अध्यक्ष कुमार पन्त, स्पेनबाट एकराज गिरी र बेलायतबाट नागरिक संवाददाता चिरन शर्मा प्रत्यक्ष संवादमा।

अर्को हप्ता हाम्रा लागि अझै चुनौती छ – ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन्।

‘कोभिड–१९’ को मनोगत त्रास

विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस ‘कोभिड–१९’को उच्च जोखिमको सूचीमा नेपाल राखेपछि सरकारले जोखिमबाट बच्न सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ । मानवीय स्वास्थ्य सुरक्षाको दृष्टान्त देखाउँदै सरकारले विद्यालयमा सभा सम्मेलनजस्ता भेला हुने कार्यक्रम नगर्न भनेका छन् ।

‘कोरोना युद्ध’ मा सेना

कोरोना  भाइरस (कोभिड–१९) ले व्यक्तिको रोग प्रतिरोध क्षमतालाई मात्र चुनौती दिएको छैन, सरकारको कार्यक्षमतामा समेत प्रश्न उठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्