९ मंसिर २०८१ आइतबार
image/svg+xml

चुरे क्षेत्रको दोहन अनियन्त्रित

चुरे आसपासको क्षेत्र र चुरेबाट बग्ने खोलाहरूमा अनियन्त्रित ढंगले उत्खनन भइरहे पनि सम्बन्धित निकाय मौन रहँदै आएको छ। चुरे क्षेत्रका चाँदीखोला, हिलेखोला, डाङडुङे, अल्लाजोर तथा लमाहाखोलामा जथाभावी रूपमा खोलाजन्य पदार्थको उत्खनन हुँदै आइरहेको छ। चुरे क्षेत्रबाट बग्ने खोलाको मुहानबाटै गिटी, ढुंगा र बोल्डर खोस्रेर दैनिक ठूलो परिमाणमा निकासी हुने गरेको स्थानीयको आरोप छ।

राजदूतले राष्ट्रपतिबाट सपथ लिए

शुक्रबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपति भण्डारीसमक्ष इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, संयुक्त राष्ट्र संघका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले पद तथा गोपनीयताको शपथग्रहण गरेको प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन्।

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन

वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन भएको छ।  ऐनको संशोधित विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि ऐन संशोधन भएको हो।

माल्दिभ्सका पूर्वराष्ट्रपति यामिनमाथि अनियमितताको अभियोग

माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन अब्दुल गयुमलाई अनियमितातको अभियोग लगाइएको छ। पूर्वराष्ट्रपति यामिनलाई माल्दिभ्सको प्रहरीले आर्थिक अपचलनसम्बन्धी अभियोग लगाएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

महायज्ञको तयारी अन्तिम चरणमा

सुनसरीको चतराधाममा माघ २६ गतेबाट हुन लागेको श्रीराम तारकब्रह्म महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने महायज्ञ फागुन ७ गतेसम्म चल्नेछ।

उपराष्ट्रपतिसँग साउदी राजदूतको भेट

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि साउदी अरबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानीले शिष्टाचार भेट गरेका छन्। मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत मारवानीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन्।

धर्मका लागि जनमत संग्रह गर्न राष्ट्रपति भण्डारीसँग माग

देवघाटधाम विराट ज्ञान महायज्ञ २०७५ समुद्घाटन गर्न देवघाट धाम आएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग धर्मका लागि जनमत संग्रह गर्न माग गरिएको छ। महायज्ञको समुद्घाटन समारोहमा आफ्नो भनाई राख्दै गलेश्वर आश्रमका पिठाधीश आत्मानन्द गिरीले धर्मको नाममा जनमत संग्रह गरिनुपर्ने बताए।

दाहालको भेनेजुएला ‘बुमराङ’

राष्ट्रपतिमा दोस्रो कार्यकालका निमित्त गत महिना निर्वाचित भएदेखि नै निकोलस मदुरोविरुद्ध उर्लिएको जनप्रदर्शनहरूका माझ उनका प्रतिद्वन्द्वी उम्मेदवार तथा राष्ट्रिय सभाका अध्यक्ष हुवाँ गुइडोले सोही सभाबाट आफैँलाई भेनेजुएलाको राष्ट्रपति घोषणा गरेका थिए जनवरी २३ मा। त्यसको लगत्तै संयुक्त राज्य अमेरिकाले पनि उनलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछिको विवादले त संसार हल्लाएकै छ।

राष्ट्रपति मादुरोविरुद्ध प्रदर्शन

भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलास मादुरोविरुद्ध बृहत् प्रदर्शन गरेका छन् । अमेरिकालगायतका देशको समर्थन पाएका विपक्षी नेता जुवान गुआइडोको नेतृत्वमा विपक्षीले व्यापक प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति मादुरोलाई तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गरेको समाचारमा जनाइएको छ ।

अनशन तोड्दै डा. केसीले भने-'माफियामुखी विधेयक राष्ट्रपतिले सुधार्नुपर्छ'

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले मेडिकल माफियामुखी विधेयक आफूलाई स्वीकार्य नभएको भन्दै त्यसलाई सच्याउन राष्ट्रपतिले सदनमा फिर्ता गर्नुपर्नेमा जोड दिएका छन्। सोह्रौं अनशन सुरु गरेको २४औं दिन शुक्रबार अनशन तोड्दै डा. केसीले सदनबाट पारित चिकित्सा शिक्षा विधेयकको माफियामुखी र विद्यार्थीमुखी प्रावधानविरुद्ध फरक ढंगले संघर्ष गरिरहने स्पष्ट पारे।

लागूऔषधविरुद्धको युद्ध समापनको घोषणा

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार लागूऔषधविरुद्धको युद्ध समाप्त भएको विवादास्पद घोषणा गरेका छन्। उनले मेक्सिको सरकारले लागूपदार्थका तस्कर पक्राउ गर्न सेना प्रयोग गर्ने कुरालाई प्राथमिकता नदिने बताए।

अमेरिकी राष्ट्रपतिका लागि कमला ह्यारिसद्वारा उम्मेदवारी घोषणा

अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन।

दोस्रो कार्यकालका लागि घानीद्वारा उम्मेद्वारी दर्ता

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गरेका छन्। राजधानी काबुलमा आइतबार घानीले राष्ट्रपति पदको उम्मेद्वारका रूपमा उम्मेद्वारी दर्ता गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। १७ वर्ष देखि गृहयुद्धले आक्रान्त अफगानिस्तानमा सन् २०१९ मा हुने राष्ट्रपतीय निर्वाचनमा घानीले आफ्नो पूर्ववर्ती सरकारी शासकीय साझेदारविरुद्ध गठबन्धन बनाएसँगै राष्ट्रपति पदको उम्मेद्वारी दर्ता गरेको बताइएको छ।

बिर्सिएका मूल्यवान् पाठ

अमेरिकी इतिहासमा चारपटक राष्ट्रपति निर्वाचित हुने एकमात्र व्यक्ति फ्रयाङ्कलिन रुजबेल्टकी पत्नी इलोनिर सन् १९५२ फेब्रुअरी २७ मा भारत आएकी थिइन्। भारत घुमेपछि केही दिनका लागि नेपाल जाने इच्छा उनले भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई बताइन्। नेहरुको जवाफ थियो– ‘तपाईँ नेपाल जाने म कुनै कारण देख्दिन।’ भारतको अनिच्छा बुझेपछि श्रीमती रुजबेल्टले नेपाल हेर्ने चाहना पूरा गर्न सकिनन्।

आजबाट हिमालयन हाइड्रो एक्स्पो

हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन शुुक्रबार (आज) हुने भएको छ। भृकुटीमण्डपको प्रदर्शनीस्थलमा ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गर्ने आयोजकले जनाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको एक्स्पोको तयारी पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्