८ मंसिर २०८१ शनिबार
image/svg+xml

राष्ट्रपति मनकामना जाँदा दुई घण्टा रोकिए भक्तजन

राष्ट्रपति विद्यादेवी भण्डारी बिहिवार मनकामना आउने कार्यक्रम तय थियो। सुरक्षा निकाय, उच्च पदस्थ, कार्यक्रम आयोजक र स्थानीयलाई उक्त खबरको जानकारी थियो। बिहिवार पुगेका भक्तजनलाई भने जानकारी थिएन, आखिर थाहा हुने कुरा पनि रहेन।

राष्ट्रपति किन सधैं विवादमा ?

सेना दिवसका अवसरका नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो समय सडक अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए।

नेपालमा लगानीकाे वातावरण बनेको छः अमेरिकी राजदूत

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले शिष्टाचार भेट गरेका छन्। बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भएको भेटमा उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ रहेको बताए। उनले दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ठ बनाउनुपर्नेमा जोड दिए।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्था नभएसम्म समृद्धि आउँदैन : नेता भट्टराई (भिडियाे)

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था नभएसम्म मुलुक समृद्धिको दिशामा नआउने पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बताएका छन्।

राष्ट्रपतिको सवारीले ट्राफिक जाम, सर्वसाधारणले गरे अवज्ञा

विशिष्ठ व्यक्तिको सवारी व्यवस्थापन गर्न नसक्दा सर्वसाधारणले दु:ख पाएका समाचार नयाँ होइनन्। भीआईपी सवारीलाई व्यवस्थित बनाउन नसक्दा लामो समय ट्राफिक जाममा अड्किनु पर्ने वाध्यता यात्रुहरुलाई छ।

क्लिन्टन सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार नबन्ने

अमेरिकी पूर्वविदेश मन्त्री एवं सन् २०१६ मा डेमोक्रेट पार्टीबाट राष्ट्रपतिकी उम्मेद्वार हिलारी क्लिन्टनले आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागि दाबी नरहने बताएकी छन् । आफू उम्मेद्वार नरहे पनि निर्वाचनमा सक्रियका साथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने उनले बताइन् ।

‘निर्वाचन लोकतन्त्रको मुख्य आधार’

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन लोकतन्त्रको मुख्य आधारस्तम्भ भएको बताएकी छन्। निर्वाचन आयोगले पेस गरेको प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले संविधानमा व्यवस्था भएबमोजिम तोकिएकै समयमा निर्वाचन गराएकोमा आयोगलाई धन्यवाद दिइन्।

शान्ति सम्झौताको मर्ममै रहेर मेलमिलाप आयोगको काम सक्छौं : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको काम आफ्नै मौलिक हिसाबमा सम्पन्न गर्ने बताएका छन्।

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलवार आयोजित समारोहमा डा यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

जन्मका आधारमा नागरिकता लिएका सन्तानले पनि राष्ट्रपति बन्न पाउने

संविधानसभाबाट नयाँ संविधान जारी हुनुअघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानले पनि अब राष्ट्रपति र उपराष्ट्रपति बन्न पाउने भएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकले २०६५ साल मंसिर १० गतेभित्र निवेदन दिई संविधान जारीअघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्थामा सहमतिपछि उनीहरूलाई पनि राष्ट्रपति र उपराष्ट्रपति बन्ने बाटो खुलेको हो।

नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित

अफ्रिकाको ठूलो लोकतान्त्रिक मुलुक नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएका छन्।

मौलिकता नरहे पहिचान गुम्न सक्छ : उपराष्ट्रपति पुन

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिकता नरहे पहिचान गुम्न सक्ने खतरा रहेको बताएका छन्।

‘आर्थिक विकास र सम्वृद्धिमा ध्यानदिउँ’

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान मुलुकको आर्थिक विकास र सम्वृद्धितर्फ केन्द्रीत गर्न आग्रह गरेकी छिन्।

सत्तापक्ष र प्रतिपक्षलाई राष्ट्रपतिले भनिन्: दूरी घटाउनुहोस्

पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष चार नेतालाई शीतल निवास बोलाएर छलफल गरेकी छन्।

शेर्पा समुदाय ‘साहस’को पर्याय : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पा समुदाय ‘साहस’को पर्याय भएको बताएकी छन्। सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत महोत्सवका अवसरमा ‘मेची–काली विश्व अभियानको शुभारम्भ गर्दै उनले नेपाललाई विश्वमाझ परिचित गराउन शेर्पा समुदायले दिएको योगदानको प्रशंसा गर्दै पर्यटकीय शिक्षा प्रवद्र्धन आजको आवश्यक रहेको बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्