१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ओली समूहको वैठकमा गौतम र बादल गएनन्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय कमिटी सदस्यहरुको भेलामा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ अनुपस्थित भएका छन्।

पूर्वमाओवादीबाट ओली समूहको बैठकमा को को गए ?

प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्यहरुको बैठकमा पूर्वमाओवादी समूहका तीन जना नेताहरु सहभागि भएका छन्।

ओली पक्षका केन्द्रीय सदस्यको बैठक सुरु, प्रचण्डलाई कारवाही गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा पूर्वमाओवादी समूहका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणी थापा पनि सहभगी छन्।

सुदूरपश्चिम सरकारमा प्रचण्ड- नेपालको बहुमत

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा विभाजनको संघारमा पुगेका बेला सुदूरपश्चिम प्रदेशमा पनि जोडघटाउ गरिन थालेको छ।

पार्टी फूटको साक्षी बस्न कसैको भेलामा जान्न : बामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतले अब पार्टी विभाजन भएको घोषणा हुन मात्र बाँकी रहेको बताएका छन्। पार्टी फुटाउनको लागि अहिले ओली र दाहाल–नेपाल समूहले विभिन्न गुटगत भेला गरिरहेको बताउँदै उनले आफू कसैका भेलामा सहभागि नहुने बताएका छन्।

दाहाल–नेपाल समूहका सांसदको भेला : संसद बैठक बोलाउन माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरूको भेलाले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ।

बादल निकट नेताले भने : ओलीको पक्षमा उभिने हो भने साथ दिन सक्दैनौ

गृहमन्त्री रामबहादुर थापा (बादल) प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि उनी निकट नेताहरुले असन्तुष्टि जनाएका छन्।

कुनै व्यक्तिको एकता विरोधी गतिविधिले पार्टी विभाजन हुँदैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजन नहुने बताएका छन्। सोमबार एक विज्ञप्तिमार्फत अध्यक्ष दाहालले ‘कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने’ बताएका हुन्।

संसद् विघटनले सेयर बजारमा पहिरो

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि सेयर बजारमा पहिरो गएको छ। बजार खुल्नुअघि नै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको खबर सार्वजनिक भएको थियो। त्यसपछि सेयर बजारमा गिरावट आउन थालेको थियो। ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनावको तिथि तोकेपछि सेयर परिसूचक नेप्सेमा झनै गिरावट आयो।

अस्थिरताले अर्थतन्त्रमा नकारात्मक असर

आर्थिक समृद्धिको नारा दिएर जनताबाट बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हठात् संसद विघटन गरेपछि अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने सरोकारवालाले बताएका छन् ।स्थिर सरकारबाट मुलुकको विकास र समृद्धिको अपेक्षा गरिएकोमा एक्कासि मध्यावधि निर्वाचन घोषणा भएपछि मुलुकमा लगानीको वातावरण बिग्रिने देखिएको छ।

एकता जोगाउने सूत्र कामयावी भएनन् : विष्णु पौडेल (अन्तर्वार्ता)

आज पनि हामी आशावादी छौँ। सास रहेसम्म आस हुन्छ भन्ने नेपाली लोकोक्ति छ। त्यस्तै औपचारिक ढंगले पार्टी विभाजन हुनुभन्दा अघि हामीले एकता जोगाउनका निम्ति अधिकतम कोसिस गर्नुपर्छ। म आफँै पनि र पार्टीका अरू साथीहरू, बहुसंख्यक नेताहरू, बहुसंख्यक कार्यकर्ताहरू पार्टीको एकता सुदृढ रहोस् भन्ने चाहिरहेका छन्। त्यो चाहनालाई प्रतिनिधित्व गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनका निम्ति, अग्रगामी परिवर्तनका निम्ति, संवैधानिक यात्रालाई सुनिश्चित गर्नका लागि नेकपाको एकता सुरक्षित र सुनिश्चित रहनुपर्छ भन्ने ठम्याइ हो।

केपी ओलीलाई कारवाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ।

नेकपा प्रवक्ता श्रेष्ठको अपिल : प्रधानमन्त्री ओलीविरुद्ध एक होऔं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस प्रतिगामी कदम भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीको कदमपछि नेकपा नेताहरु छलफलमा

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेकपा नेताहरु आकस्मिक छलफलमा जुटेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्