१५ मंसिर २०८१ शनिबार
image/svg+xml

कलंकीमा सुबिसुको सेल्स आउटलेट

कलंकीमा सुबिसु केबलनेटले पाँचौं सेल्स आउटलेट ‘सुबिसु स्टेसन’ सञ्चालनमा ल्याएको छ । कम्पनी सञ्चालक सुरेन्द्रबहादुर श्रेष्ठले सो स्टेसन उद्घाटन गरेको कम्पनीले जनाएको छ।

दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन कलंकीको ‘अण्डरपास

पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ।  सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अण्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो।

अब कलंकीमा जाम झेल्नु पर्दैन (भिडियो)

कलंकीको जाम नझेल्ने तपाई हामी मध्ये कमै होउँला। उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक कलंकी पनि हो। उपत्यका भित्रिने र बाहिरिने सवारीको चापमा कलंकीमा प्राय जाम हुन्छ।

तयार हुँदै कोटेश्वर–कलंकी सडक र अन्डरपास

उपत्यकामा अत्यधिक सवारी जाम हुने स्थानमध्ये एक हो– कलंकी । जहाँ नागढुंगा नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप अत्यधिक हुन्छ ।

कलंकीबाट मोटरसाइकल चोर्ने भीमढुंगामाा पक्राउ

मकवानपुरको कैलाश गाँउपालिका–६ स्थायी घर भई नागार्जुन नगपालिका–४ बसोबास गर्दै आएका २८ वर्षीय रामबहादुर वाईवालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।

उफ ! कलंकीको जाम

राजधानीको पुरानो बसपार्कमा थानकोट रुटमा चल्ने ३/४ वटा मिनी बस लाममा छन्। सहचालक थानकोट, थानकोट... भन्दै चिच्याइरहेका छन्। बा३ख ३११५ बसमा दुई महिला चढे। एकपछि अर्को गर्दै बसको सिट भरियो। बिहान १०:४५ बजे बस गन्तव्यतर्फ लाग्यो। सुन्धारामा दुई यात्रु चढे भने त्रिपुरेश्वरमा एक ओर्लिए।

कलंकीको कोठामा बोलाएर युवती बलात्कार गर्ने दुई पक्राउ

कलंकीस्थित आफ्नो कोठामा बोलाएर युवती बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ सिजुवा-८ घर भएका २९ वर्षीय राजेन्द्र पोखरेल र विराटनगर घर भएका २४ वर्षीय अग्रज चौधरी छन्।

भक्तपुर-कलंकी रूटमा जान मान्दैनन चालक

राजधानीको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको परीक्षा दिन भक्तपुर सुडालकी सबिना बानियाँ बिहान ७:३० बजे घरबाट निस्कन्छिन्। कीर्तिपुर जाने बस समाउन उनलाई च्यामासिंह पुग्नुपर्छ। तर, बिहानै हतारिएर हिँडेकी बानियाँले कहिल्यै पनि समयमा बस पाउँदिनन्।

कलंकी सडक खण्डमा सात पुल तयार

राजधानीको कलंकी–कोटेश्वर सडक विस्तार कार्य सम्पन्न गरी गत महिना नै सरकारलाई बुझाउने सम्झौता भए पनि अहिलेसम्म सातवटा पुलमात्र निर्माण सम्पन्न भएका छन्।  १०.३९ किलोमिटर लामो उक्त सडक विस्तारको काम भने हालसम्म ४८ प्रतिशत मात्र सकिएको ठेकेदार कम्पनीले जनाएको छ।

टावर बनाउँदा कलंकीको सडक भासियो

राजधानीको कलंकी चोकमा निर्माणाधीन व्यापारिक भवन कलंकी टे्रड टावरको जग खन्दा कलंकीको सडक चिरा परेर भासिएको छ। दुई हप्तादेखि लगातार भासिने क्रम नरोकिएपछि स्थानिय जनताहरु त्रसित भएका हुन्। कलंकीचोकको निर्माणाधिन टावर अगाडीको सडक दुई फिट र फुटपाथ तल धसिएको छ।

कलंकीमा बन्दैछ नेपालकै पहिलो ‘अन्डर पास’ रोड

कलंकी चोकमा रोड क्रस गर्न पैदलयात्रीले प्रयोग गर्दै आएको दुई खम्बे आकाशे पुल (ओभर हेड पेडिस्ट्रियन ब्रिज) अहिले देख्न पाइँदैन। त्यही ठाउँको बीच सडकमा जस्तापातले घेरेर निर्माण कार्य चलिरहेको अहिले देख्न पाइन्छ। र, संभवतः अबको झण्डै डेढ वर्षपछि यहाँ देख्न सकिन्छ– ८ सय मिटर लम्बाइको एक शानदार अन्डरपास रोड। जुन खसिबजारदेखि बाफलसम्मको लम्बाइको हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्