१५ मंसिर २०८१ शनिबार
image/svg+xml

अल्मुताइरीलाई लक्ष्य साकार गर्ने अवसर

गत चैतमा नेपालमा सम्पन्न थ्री नेसन्स कपपछि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अब्दुल्लाह अल्मुताइरीले आफ्नो लक्ष्य नेपाललाई साफ च्याम्पियन बनाउने रहेको बताउँदै आएका छन्।

प्रशिक्षक तालिम सम्पन्न

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भन्दै आयोजना गरेको एकहप्ते प्रशिक्षक तालिम सम्पन्न भएको छ।

महिला खेलाडीलाई ब्याट

मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश– १ ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई क्रिकेट ब्याट प्रदान गरेको छ। खेलाडीलाई जनही एक थान ब्याट प्रदान गरिएको हो।

फुटबल प्रशिक्षक तालिम सुरु

विराटनगरमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। बिहीबारदेखि सुरु भएको प्रशिक्षण आइतबार सकिनेछ।

च्याम्पियन्स लिग:रोनाल्डोको केही सीप लागेन

समूहमा कठिनपूर्ण टोली मानिएका एटलान्टा र भिल्लारियलसँग खेल्न बाँकी छँदा नै युनाइटेड पराजय भोग्न बाध्य भयो। तुलनात्मक रूपमा यस समूहमा योङ ब्वाइजलाई कमजोर टोली मानिएको थियो।

खेलाडीभन्दा फरक खेलका प्रशिक्षक

हक्की मेरो चासोको खेल थियो। तर करियर भने थिएन। पछि नेपाल फर्किएर क्रिकेटमा नै लागिपरें। ममा क्रिकेटको नशा पसिसकेको थियो।

एएफसी महिला एसियन कप: छनोट चरण पार गर्ने विश्वास

‘हाम्रो प्रतिद्वन्द्वी फिलिपिन्स र हङकङ वरीयतामा हामीभन्दा माथि छन् तर त्यसो भन्दैमा हामीले आत्तिन जरुरी छैन। स्वाभाविक प्रदर्शनका साथ उत्कृष्ट नतिजा ल्याउनेमा हामी पूर्ण रूपमा विश्वस्त छाैँ।’

बंगलादेशविरुद्ध नेपालको निराशाजनक प्रदर्शन

नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रणनीतिअनुसारको प्रदर्शन गर्न नसक्दा बंगलादेशविरुद्ध गोलरहित बराबरी खेल्नुपरेको बताएका छन्।

पलेशा र नेगी सम्मानित

टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्।

मिहिनेतले राष्ट्रिय टोलीमा स्थान

प्रीतिले आफूलाई नेपाली फुटबलको भविष्य भन्नु नै आफ्ना लागि प्रेरणा भएको र त्यसलाई कहिल्यै पनि दबाबका रूपमा नलिएको बताइन् ।

बक्सिङमा नेपाललाई तीन कास्य

नेपालले युनाइटेड अरब इमिरेटस् (युएई)मा जारी एएसबिसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेका छन्। कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी छन्।

महिला टोलीमा ६ नयाँ खेलाडी

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

अभिषेक र अर्पण बाहिरिए

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको टोलीमा स्ट्राइकर अभिषेक रिजाल, गोलकिपर अर्पण कार्कीसहित शिशिर लेखी बाहिरिएका हुन्।

बेलको लयले पेज दंग

तत्कालीन प्रशिक्षक जिनेदिन जिदान रियाल मड्रिडको प्रशिक्षक रहँदा बेल गत सिजन लोनमा आफ्नो पूर्वक्लब टोटेनह्याम आएका थिए। नयाँ सिजनसँगै सान्टियागो बर्नाबेउ फर्किएका बेलले आइतबार लेभान्टेसँग ३–३ को बराबरी भएको खेलमा गोल गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्