coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक महिला पक्राउ

महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएको आरोपमा बुढीगंगा गाउँपालिकाकी एक महिला पक्राउ परेकी छन्।

ढुवानी गर्दा पशुलाई चरम यातना

पशु ढुवानी नियमावली लागू गराउन सरोकारवाला पक्षको त्यति चासो देखिँदैन। हरेक गाडीमा प्राथमिक उपचार बाकस हुनुपर्छ। तर भैँसी तथा राँगा रगताम्य बनाउँदै लगेको भेटिन्छ।

कुकुरलाई डोरीको पासो!

पोखरा महानगरपालिका– १९ का २३ वर्षिय सुदीप परियारले प्लास्टिकको डोरीले कुकुरको घाँटीमा पासो लगाई रुखमा झुण्ड्याएर मारेर सेतीनदीको खोँचमा फालेका थिए। उनले कुकुरको ज्यान लिँदा गरेका सबै गतिविधिको भिडियो बनाई सामाजिक सञ्जालमा समेत पोष्ट गरेका थिए।

द्वन्द्वकालीन बलात्कार घटनाः राष्ट्रसंघको सिफारिस कार्यान्वयन भएन

२०७५ चैतमा राष्ट्रसंघको मानवअधिकार समितिले फूलमतिको पक्राउ, हिरासतमा बलात्कार र उनले भोगेका दुव्र्यवहारको विस्तृत र प्रभावकारी अनुसन्धान गर्दैै दोषीलाई कारबाही र सजायको सिफारिसका साथै पीडितलाई प्रभावकारी क्षतिपूर्ति, उपचार र सन्तुष्टिका लागि उचित उपाय प्रदान गर्न सरकारलाई सिफारिस गरेको थियो।

बोक्सीको आरोपमा कुटपिट गर्ने पक्राउ

पीडित महिलाका पति जितेन्द्रले अस्पताल लैजानुको सट्टा मामाको सहयोगमा स्वयम्भूस्थित धामीसमेत रहेका बुबा दीपेन्द्रकोमा झारफुक गर्न लगेका थिए ।

यातनापीडितको जीवनस्तर उकास्ने काम गर्न माग

समाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षले यातना दिएकाको खोजीका लागि सरकारको ध्यानाकर्षण गराएको हो।

यातनापीडितको जीवनस्तर उकास्न सहयोगको खोजी

यातनापीडित समाजले द्वन्द्वको समयमा यातना पाएका व्यक्तिको पहिचानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

रोकिएन ‘बोक्सी’ आरोपमा यातना

सप्तरीको शम्भुनाथ नगरपालिका–१ साह टोलकी ३५ वर्षीया सुमिन्द्रादेवी राममाथि ‘बोक्सी’ आरोपमा स्थानीय महिलाबाट कुटपिट भएको छ।

विद्यार्थीलाई चरम यातना दिने शिक्षिका कर्माचार्य गिरफ्तार

परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ।

शरणार्थी अधिकार

कुनै व्यक्ति वा परिवार आफ्ना साथीभाइ, घर, कामधन्दा, समाज तथा मुलुक त्यसै छाडेर अर्काको देशमा पलायन भएका हुँदैनन्। प्रायः मानिस अलग राजनीतिक, धार्मिक, सांस्कृतिक आस्था राखेकै कारण अथवा द्वन्द्वबाट प्रताडित भएर देश छाड्न बाध्य भएका हुन्छन्।

निर्दयी बाबुबाट चरम यातना

छोराछोरीलाई जुवामा नारेर लिडुल्कोमा आफू चढेर लौरीले कुट्ने, उल्टो झुन्डाएर तलबाट खुर्सानीको धुँवा लगाउनेसम्म कुकृत्य

बाबुबाट कठोर यातना पाएका बालबालिकाको अभिभावकत्व स्थानीय सरकारले लिने

बाबुबाट पटक पटक कठोर यातना भोगेका थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिका बालबालिकालाई स्थानीय सरकारले अभिभावकत्व दिने भएको छ।

कान्छी ल्याएपछि निर्दयी बने बाबुः छोराछोरीलाई कहिले झुण्डाउने, कहिले गोरु बनाउने !

घटना सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिको हो। बाबु तिर्थ राईले मदिरा सेवन गरि आफ्ना तीन सन्तानलाई विना गल्ति नै कठोर यातना दिने गरेको खुलासा भएको छ। मदिरा सेवन गरेर लठ्ठ बनेका बाबुले गाउँले सुतेपछि मध्ये रातिमा सुतेका आफ्ना सन्तानलाई उठाएर कठोर यातना दिदै आएको बर्षौपछि ठूलो छोरी अपनाले वडा कार्यालयको साहारा मागिन्। त्यसपछि घटना बाहिर आएको हो।

‘बोक्सी भगाउने’ निहुँमा यातना

सिंहदरबारभन्दा केही सय मिटर नजिक र नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण हुँदा पनि प्रशासन मौन छ । आफूलाई धर्तीमाताका रुपमा चिनाउने विष्णु कुँवरले सार्वजनिक स्थलमै एक युवतीमाथि बर्बरतापूर्ण यातना दिएकी छिन् । बुटवलबाट काठमाडौं आएकी कँुवरले भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीमाथि बोक्सी भगाउने नाममा कुटपिट गरेकी हुन् । उनले ‘तँ को होस्, छिटो निस्की’ भनेर युवतीको टाउकोमा हातले पिटेको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ ।

शाहीलाई पूर्जी नदिई पक्रेर यातना: मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले अभियन्ता ज्ञानेन्द्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरी यातना दिइएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्