१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

डा. भट्टराई भन्छन् : हरेक आन्दोलनमा २ धार हुन्छन्, ओलीको ‘कू’पछि तपाईं कता ?

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हरेक आन्दोलनमा दुई धार हुने उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदम (संसद् विघटन) पछि पनि त्यस्तै धार देखिएको बताएका छन्।

सुदूरपश्चिम प्रदेशः नेकपामा सांसद तान्ने होडबाजी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भई केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह बनेपछि सुदूरपश्चिम प्रदेशको राजनीतिमा तरंग छाएको छ। यस प्रदेशमा ओली र दाहाल–नेपाल पक्षका स्पष्ट गुट छन्।

नेकपा विभाजन: दुवै पक्षबाट औचित्य पुष्टिको प्रयास

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूले शनिबार दिनभरि नै काठमाडौंमा रहेका कार्यकर्तालाई विभाजनको औचित्य पुष्टि गर्न समय खर्चिएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो स्वेच्छाचारी चरित्र आफैंले उदांग पारे : भीम रावल

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेर आफ्नो निरंकुश चरित्र आफैंले उदांग पारेको टिप्पणी नेकपा (प्रचण्ड-माधव) पक्षका स्थायी कमिटी सदस्य भीम रावलले गरेका छन्।

प्रधानमन्त्री ओलीलाई डा.भट्टराईको प्रश्न : यो कहाँको विधि र परम्परा हो?

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।

तत्कालीन माओवादी केन्द्रका नेतालाई प्राथमिकता

प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड छन्।

नयाँ मन्त्रीले लिए सपथ, कसलाई कुन मन्त्रलाय ?

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद विस्तार गरेका छन्। ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थपेका हुन्। केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्।

झलनाथ खनालको आरोप : केपी ओली गोमन सर्प जस्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गोमन सर्प’ को संज्ञा दिएका छन्। बबरमहलमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता खनालले ‘ओली गोमन सर्पजस्तो भएको’ बताएका हुन्।

मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ६ बजेका लागि बोलाइएको बैठकले महत्वपूर्ण निर्णय गर्ने आँकलन गरिएको छ।

पोखरामा ओली समूहको भेला

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछिको विवादबीच ओलीको कदमको समर्थनमा पोखरामा भेला आयोजना गरिएको हो ।

दाहाल–नेपाल सडक संघर्षमा ओली पक्ष प्रतिकारमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने भएको छ भने ओली समूहले दाहाल–नेपाल समूहका गतिविधिको राजनीतिक रूपमा प्रतिकार गर्ने भएको छ।

ओली समूहको बैठकले के के गर्‍यो ? (निर्णयसहित)

नेकपा ओली समूहको बैठकले केन्द्रीय समिति विस्तारलाई अनुमोदन गरेको छ। यस्तै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अधिकार खोस्दै कारवाही गर्ने निर्णय गरेको छ।

ओली समूहले तोक्यो सात प्रदेशका संयोजक

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ।

ओली समूहको भेलामा बादलले भने : प्रचण्ड–नेपाल पक्षलाई चुनावमा गएर परास्त गर्नुपर्छ

गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट एउटा गुट अलग भएको बताएका छन्। आज नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बादलले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षलाई ‘फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरू’को संज्ञा दिएका छन्।

ओली समूहले गर्‍याे प्रचण्डलाई कारबाही, कार्यकारी अध्यक्षबाट हटायो

सत्तारूढ दल नेकपाको ओली समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षबाट हटाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्