सरकारले गरेका कामको न आफूले प्रचार गरे न गर्न दिए : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामलाई प्रचार गर्न नदिइएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामलाई प्रचार गर्न नदिइएको बताएका छन्।
नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छिपेर बसेको गोमन सर्प’ को संज्ञा दिएका छन्।
लेखक खगेन्द्र संग्रौलाले संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएर लोभ्याएको दाबी गरेका छन्।
काठामाडौंमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी ओली पक्षको बृहत् कार्यकर्ता भेला सुरु भएको छ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनजस्तो गम्भीर राजनीतिक मुद्दालाई अदालतको भरमा छाड्नु ठीक नहुने बताएका छन्।
नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी गफ मात्र गरेको काम नगरेको आरोप लगाएकी छन्।
भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा ‘बादल’, उप प्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ।
जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराईले आज (शुक्रबार) सुरु भएको नयाँ वर्ष सन् २०२१ ले हामी सबैलाई ‘ओली प्रतिगमन’लाई परास्त गर्ने शक्ति देओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहले पार्टीको आधिकारिकता र सूर्य चिह्न माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन कानुनी रित नपुगेकोले फिर्ता भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ जाँगर आउन लागेको दावी गरेका छन्। ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले आफ्नो कदमले गतिहिनतालाई अन्त्य गरेको बताए।
यही पुस १४ गते सम्पन्न पार्टीको स्थायी समितिको बैठकले संसद विघटनलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताविरुद्ध परिलक्षित निरंकुशतावादी र फाँसीवादी कदम भएको ठहर गरेको हो।
प्रधानमन्त्री केपी ओलीले जब संसद् भंग गर्ने सिफारिस गरे उनलाई उनका आलोचकहरूले प्रतिगामी भने । यो सुन्दा नेपालमा को अग्रगामी, को प्रतिगामी, के अग्रगामी र के प्रतिगामी हो भनेर बुझ्न गाह्रो पर्यो । जुन प्रधानमन्त्रीलाई झण्डै दुईतिहाइ सांसदको समर्थन थियो त्यस्तो मानिस पनि प्रतिगामी हुन सक्ने रहेछ भनेर कसरी कल्पना गर्नु ?
संवैधानिक प्रावधान र लोकतान्त्रिक मूल्य÷मान्यता यति स्पष्ट हुँदाहुँदै पनि प्रधानमन्त्री र उनी निकट व्यक्तिहरूले सरकारको वर्तमान हैसियतका विषयमा गरेको जिरह एक किसिमको बलमिच्याइँ मात्रै हो । त्यसैले सरकारले आफ्नो कानुनी र राजनीतिक हैसियत थाहा हुँदाहुँदै दूरगामी महत्वका निर्णय गर्नु लोकतान्त्रिक प्रणालीकै उपहास हो ।
दाहालले सधैं सत्ता र अर्का नेता नेपालले सम्मान मात्र खोजेर सरकारलाई काम गर्न नदिएको आरोप लगाउँदै ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने आफ्नो रहर नभएर बाध्यता भएको स्पष्ट पारे । उनले तोकिएको समयमै निर्वाचन हुने बताए ।