coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

१० महिनामा ८ खर्ब बढी रेमिटेन्स

कोरोना महामारीले वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहँदा विदेशका रहेका नेपालीले पठाउने रेमिटेन्स भने निरन्तर बढिरहेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार रेमिटेन्स वृद्धिको क्रम चालु आर्थिक वर्षको चैतसम्म पनि जारी रह्यो।

कोरोना महामारीपछि बढेकाे रेमिटेन्स: नौ महिनामा सात खर्ब २९ अर्ब

कोरोना महामारीपछि वृद्धि भइरहेको रेमिटेन्स पछिल्लो समयमा पनि बढ्ने क्रम जारी रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) मा रेमिटेन्स साढे १६ प्रतिशतले बढेको छ।

विपदमा पनि रोकिएन रेमिटेन्स

वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स वृद्धि भइरहनुलाई विज्ञहरूले बैंकिङ च्यानलबाट रेमिटेन्स आइरहेको तर्क गर्ने गर्छन्। रेमिटेन्स निरन्तर वृद्धि भइरहनुको यकिन कारणबारे भने अहिलेसम्म कुनै पनि निकायले अध्ययन, अनुसन्धान गरेका छैनन्।

११ प्रतिशतले बढ्यो रेमिटेन्स

रेमिटेन्स आप्रवाहमा वृद्धि भएपछि पुस मसान्तसम्म चार खर्ब ९५ अर्ब ३१ करोड रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स जम्मा ०.६ प्रतिशतले बढेको थियो। करिब एक वर्षदेखि कामदार वैदेशिक रोजगारीमा जान नपाए पनि रेमिटेन्समा गिरावट नआउनुमा पछिल्लो समयमा हुन्डीको कारोबार हुन नपाएको सम्बद्ध अधिकारीहरू बताउँछन्।

रेमिटेन्सले सजिलोमा सरकार

सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकको ५६ प्रतिशत घरधुरी रेमिटेन्ससँग जोडिएको छ । कोभिडका कारण रेमिटेन्स आय घटे यति ठूलो जनसंख्यामा समस्या आउने र गरिबी अझै वृद्धि हुने अनुमान गरिएको थियो । तर रेमिटेन्स आय निरन्तर बढिरहेका कारण गरिबीमा चाप परेको छैन ।

नेपाली कामदार विदेशतिर, विदेशी नेपालमा

अमेरिकाको वासिङ्टनस्थित पियु रिसर्च सेन्टरको एक अध्ययन अनुसार नेपालबाट सन् २०१७ मा तीन खर्ब ६४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ रेमिटेन्स बाहिरिएको थियो।

कोरोनामा पनि बढ्यो रेमिटेन्स, साउनमा भित्रियो झन्डै ९३ अर्ब

गत आथिक वर्षको साउनमा भित्रिएको रेमिटेन्सको तुलनामा यो २३ प्रतिशतले बढी हो ।

असारमा अहिलेसम्मकै बढी रेमिटेन्स

अघिल्लो वर्षसम्म मासिक सरदर ७० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिने गरेकोमा असार महिनामा एक खर्ब एक अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ ।

रेमिटेन्समा ०.५ प्रतिशतले गिरावट

अर्थतन्त्रको लाइफलाइन मानिएको वैदेशिक रोजगार कोरोना महामारीको चपेटामा परे पनि रेमिटेन्स गत वर्षको तुलनामा ०.५ प्रतिशतले मात्रै घटेको छ ।

रेमिटेन्स ३ प्रतिशत मात्र कम

वैदेशिक रोजगारीका लागि खाडी मुलुक, मलेसिया, दक्षिण कोरियालगायत मुलुकमा गएका नेपाली युवाको रोजगारी कोरोना महामारीका कारण खोसिएको, तलब र सुविधा घटेको र कतिपय अलपत्र परेको कारण देखाउँदै अर्थशास्त्रीले रेमिटेन्स आय २० प्रतिशतसम्म घट्ने दाबी गरेका थिए।

रेमिटेन्स तीन प्रतिशतले घट्यो

कोरोना भाइरसको महामारीपछि अनुमान गरिए अनुसार रेमिटेन्स आप्रवाह घटेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७६÷७७ को ११ महिना (साउन–जेठ) को बिहीबार सार्वजनिक तथ्यांकमा रेमिटेन्स आप्रवाहमा तीन प्रतिशतले कमी आएर सात खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको उल्लेख छ।

ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु ग्राहकको बैंक खातामा जम्मा गर्नै उद्देश्यले नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको कम्पनीले जनाएको छ ।

रेमिटेन्स घटे पनि तत्काल अर्थतन्त्रलाई चाप नपर्ने

विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटेन्स आयमा ६.१ प्रतिशतले कमी आएको छ। अर्थतन्त्रका अन्य परिसूचकको अवस्था भने नराम्रो छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्