१५ मंसिर २०८१ शनिबार
image/svg+xml

‘रुल बाइ म्यान’ हावी हुँदैछः अधिवक्ता ओमप्रकाश अर्याल (भिडियो अन्तर्वार्ता)

संविधान दिवसको सन्दर्भमा नागरिक न्यूजसँगको कुराकानीमा संवैधानिक कानुन व्यवसायी मञ्चका महासचिव एवं अधिवक्ता ओम प्रकाश अर्यालले कानुनी राजको साटो व्यक्तिको राज हावी हुँदै गएको बताए। अर्यालले भने, ‘जनप्रतिनिधिहरु जनताको सेवक बन्नुपर्नेमा जनतालाई नोकर सम्झिदै अगाडि बढेका छन्। ‘रुल अफ ल’ नभई ‘रुल वाई ल’ वा ‘रुल बाइ म्यान’ हावी भइरहेको देखिन्छ। ’

मान्छे किन अपराधी हुन्छ ?

हाम्रो समाजमा जघन्य आपराधिक घटना घट्ने गरेका छन् । चाहे त्यो बलात्कार होस्, चाहे त्यो हत्या हिंसा नै किन नहोस् मानिस अति नै क्रुर अपराधी बन्ने गरेका छन् । किन यस्तो भइराखेको छ ? यसको गहन अध्ययन हुन ढिला भइसकेको छ । यसपालिको लेखमा बलात्कारजस्ता जघन्य अपराध किन हुन्छन् ? व्यक्ति किन जस्तोसुकै घृणित कार्य गर्न पनि अग्रसर हुन्छ भन्नेबारे मनोवैज्ञानिक र आध्यात्मिक तवरबाट उल्लेख गरिन्छ ।

हामी सबै संविधानको राजमार्गमा

संविधान बनेको ठीक ३ वर्ष भएको छ । ३ वर्षमा केही कमजोरी भएका छन् । हामी अगाडि बढेका छौं । खुसीको कुरा हो, तीन वर्षको अवधिमा निर्वाचन सम्पन्न भयो । निर्वाचनलगायतका प्रक्रियामा दलहरू मूल रूपमा एक ठाउँमा उभिन आइपुगेका छन्।

तरकारी बजारका ५७ सटरको सम्झौता खारेज

सरकारले कालीमाटी र बालाजु तरकारी तथा फलफूल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको छ। कृषि तथा पशुपक्षी मन्त्रालयले कालिमाटीका ५१ र बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको हो।

खर्चभन्दा राजस्व बढी

सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खर्चभन्दा बढी राजस्व संकलन गरेको छ । भदौ मसान्तसम्ममा एक खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले यो अवधिमा एक खर्ब तीन अर्ब रुपैयाँ खर्च गरेको हो।

बन्दले तरकारी नबिक्दा किसान मर्कामा

कुनैपनि सवारी साधन नचलेपछि मंगलबार किसानको लाखौं रुपैयाँ बराबरको तरकारी बिक्री भएन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दीस्थित तरकारी संकलन केन्द्र, हरिवनस्थित परबल संकलन केन्द्र लगायतबाट मंगलबार जिल्लाबाहिर तरकारी निकासी हुन सकेन।

स्मार्टको सिमकार्डमा थप  सुविधा

आफूलाई देशको तेस्रो ठूलो टेलिकमकम्पनी दाबी गर्ने स्मार्ट टेलिकमले सिमकार्ड खरिदमा थप ४० रुपैयाँ दिने जनाएको छ।

संघीयता कार्यान्वयनका लागि समान धारणा अनिवार्य

२०७२ असोज ३ गते संविधान जारी भएपछि पहिलो पटक मुलुकमा लागू भएको संघीय शासन प्रणालीका केन्द्र, प्रदेश र स्थानीय तहबीच समझदारी हुन नसक्दा समस्या देखा पर्दै गएका छन् । संघ, केन्द्र र स्थानीय तहबीचमा स्रोतसाधन र अधिकार बाँडफाँटमा देखा परेका विवादले संघीयता कार्यान्वयनमा जटिलता थपिँदै गएको छ।

संविधान र अरिंगालको संक्रमण

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको ३ वर्ष पुगेको छ । यसबीचमा संविधानलाई संस्थागत गराउन भएका प्रयास निश्चितरूपमा प्रशंसनीय छन् । खासगरी संविधानअनुसार निर्वाचनद्वारा ३ तहको सरकार निर्माण भएको छ।

संविधान संशोधन गर्न सरकार तयार छः नेता तामाङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले संविधानमा भएका त्रुटीहरु सच्याउनको लागि आफूहरु तयार रहेको स्पष्ट पारेका छन्। उनले भने, ‘संविधानमा त्रुटीहरु छन् । दुनियाँमा त्रुटीरहित संविधान कहीँपनि छैन्। तर, अहिले संविधानप्रति असहमतिका ग्राफ धेरै सानो अंशमा छ।’

सरकार शान्ति सुरक्षा कायम गर्न असफल : नेता लेखक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापबाट जनता निराश बनेको दाबी गरेका छन्। नेता लेखकले वर्तमान सरकार शान्ति, सुरक्षा र अमनचयन कायम गर्न असफल भएको भन्दै सरकारका क्रियाकलापबाट जनता दिनप्रतिदिन निराश बन्दै गएको आरोप लगाए।

परिसूचक २ अंकले बढेपनि २२ करोडले घट्यो कारोबार

मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक २.४१ अंकले बढेर १२सय५८.८१ पुगे पनि कूल कारोबार रकममा भने २२ करोडले कमि आएको छ।

दुईतिहाइ बहुमत भएपनि ओलीले काम गर्नै जानेनन् : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी गरेका छन्। यो सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको उनले आरोप लगाए। गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा आज शोभागवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘आफ्नो गिरोहभित्रका केही सीमित व्यक्तिहरुको इन्ट्रेष्टमा मात्रै यो सरकारले काम गरिरहेको छ।’

मापदण्ड पूरा नगर्ने क्रसर उद्योग खारेज गरिने

प्रदेश ५ सरकारले बाह्रै महिना हुने नदीजन्य पदार्थको दोहोन रोक्ने व्यवस्थासहितको नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माण गरेको छ। आइतबारको मन्त्री परिषद् बैठकले सो कार्यविधि पारित गरेको हो।

अरुपण कलामा रमाएका कलाकार खनाल

कला समिक्षक रमेश खनाल उमेरले सत्तरीको उकालो लागिसके। शारीरिक उमेरले ७० नाघे पनि उनका हातले बनेका चित्र २५ वर्षे तन्नेरी झैं लाग्छ। जीवनको पहिलो कला प्रदर्शनी गर्दा उनी जति जवान थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्