असहाय युवालाई कुट्ने प्रहरीलाई कारबाही हुने
गोगबुमा गत सोमबार एक प्रहरीले असहाय युवालाई कुटपीट गरेको घटनाबारे नेपाल प्रहरीले छानविन गरी दोषीमाथि कारबाही गर्ने भएको छ।
गोगबुमा गत सोमबार एक प्रहरीले असहाय युवालाई कुटपीट गरेको घटनाबारे नेपाल प्रहरीले छानविन गरी दोषीमाथि कारबाही गर्ने भएको छ।
ओपोले तीजका अवसरमा आयोजित ‘ओपो तीज सेल्फी कन्टेस्ट’का विजेतालाई पुरस्कार वितरण गरेको छ।
सेप्टेम्बर महिनाको तेस्रो साता वीरगञ्ज सामान्यजस्तै देखिनु असामान्यजस्तै लाग्छ । असोज ३ का दिन पनि सहरमा सवारी चालकहरूको हडताल जारी छ । त्यसैले मूल बाटोमा समेत गाडीको चाप न्यून छ ।
एक नम्बर प्रदेश सरकारले पनि संघीय सरकारप्रति सार्वजनिक रुपमै असन्तोष प्रकट गर्न थालेको छ। एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पनि आलोचना गर्न थालेका छन्। नेकपा सम्बद्ध मन्त्रीले नै संघीय सरकारको कार्यशैलीको तिखो आलोचना गर्दै कडा असन्तोष प्रकट गरेका हुन् ।
बलात्कार पछि मृत भेटिएकी कंचनपुरकी १३ वर्षे बालिका निर्मला पन्तकी आमा दुर्गा देवी पन्तले निर्मला हराएपछि रोशनी बमले भनेका केही अमिल्दा कुराले आफुलाई बम दिदीबहिनी माथि शंका लागेको खुलासा गरेकी छिन ।
नेदरल्याण्ड्समा रेल र कार्गो मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी चार बालबालिको मृत्यु भएको छ।
च्याम्पियन्स लिग फुटबलकोे पहिलो खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड पाएका छन्। बुधबार राति इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब भ्यालेन्सियाबीच भएको उद्घाटन खेलमा रोनाल्डोले २९ औं मिनेटमा रातो कार्ड खाएका थिए।
धेरै समयदेखि लेख्न खोजेर पनि साहस गर्न सकेकै थिइनँ । म प्रतिनिधित्व गर्ने मध्यम वर्ग र त्यसमाथि पनि सरकारी सेवामा यस्ता विषयमा खासै चर्चा गरिन्नन् ।
गत माघमा सिध्याउनुपर्ने त्रिशूली नदीमाथिको पक्की पुल ३० प्रतिशत मात्रै निर्माण गरेर अलपत्र छाड्ने पप्पु कन्ट्रक्सनलाई सडक विभाग र आयोजनाले ठेक्का लम्ब्याउन नयाँ जुक्ति सिकाएका छन्।
सर्वसाधारणदेखि सबै क्षेत्रका नागरिकले आ–आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह गरे नयाँ संविधान पूर्ण कार्यान्वयन हुने जिल्लाका अगुवाले बताएका छन्। नयाँ संविधानको मर्मअनुसार देश अघि बढाउन स्थानीय तहदेखि केन्द्रीय सरकारका जनप्रतिनिधिको भूमिका सबैभन्दा महत्वपूर्ण हुनेप्रति सरोकारवालाको जोड छ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले दुई तिहाईको सरकार भएरपनि हत्या हिंसा रोक्न नसकेको भन्दै नालायक सरकारको संज्ञा दिएका छन्। दशैभर ३ बर्षिया बालिकादेखि ८३ बर्षिय बृद्धासम्म बलात्कृत हुँदा पनि दुई तिहाईको सरकारले अपराधी पत्ता लगाउन नसक्नु नालयकीपन भएको उनको भनाई छ। ‘प्रधानमन्त्री अरिंगाल बन्ने भन्दै हुनुहुन्छ तर एउटा अपराधी तीन महिनादेखि पत्ता लाग्दैन’, उनले प्रश्न गरे।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीयता कमजोर बनाएको आरोप लगाएको छ। संविधान दिवसका अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले संघीयतासहितको संविधान बनेको तथा निर्वाचनमार्फत प्रदेश सरकार गठन भइसक्दा पनि संघीयतालाई बलियो बनाउने ढंगले केन्द्रीय सरकारले ईच्छाशक्ति र क्षमता प्रस्तुत गर्न नसकेको आरोप लगाए।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले मुलुकको संघीय सिमाङ्कन गर्दा जग्गा प्लटिङ गरेको जस्तो गरिएको उल्लेख गर्दै अझै पनि नेता इमान्दार भइदिने हो भने मुलुक समृद्धिको बाटोमा लाग्न सक्ने बताए।