भारतीय विदेश मन्त्री स्वराजको दुई दिने नेपाल भ्रमण बिहीवारदेखि
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले यसै साता नेपालको दुई दिने भ्रमण गर्ने निश्चित भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार स्वराजले यसैसाता बिहीवार र शुक्रवार नेपालको भ्रमण गर्नेछिन्।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले यसै साता नेपालको दुई दिने भ्रमण गर्ने निश्चित भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार स्वराजले यसैसाता बिहीवार र शुक्रवार नेपालको भ्रमण गर्नेछिन्।
स्वीटजरल्याण्डको डावोसमा भर्खरै सार्वजनिक यस वर्षको ग्लोबल ट्रस्ट इन्डेक्स रिपोर्टअनुसार चीनको सरकार ७४ अंक प्राप्त गरी विश्वमै सबैभन्दा बढी जनताको मत जित्ने सरकारको रुपमा आफुलाई उभ्याएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्।
नेपाली महिला कामदारलाई अवैध रुपमा विदेश पठाउँदै आएका तस्करका लागि पछिल्लो समयमा भारतीय ‘नेटवर्किङ’ व्यापार सजिलो बहाना बनेको छ । भारतमा सञ्चालनमा रहेका कम्पनीमा जागिर लगाइदिने, ती कम्पनीको सदस्य बनाइदिने भन्दै महिलालाई सीमा कटाउने तस्करले अन्ततः उनीहरुलाई विभिन्न मुलुक पुर्याउँदै आएका छन् ।
भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। नेपालका लागि भारतीय दूतावास, काठमाडौँ र इन्डियन कल्चरल सेन्टरद्वारा यहाँ शनिबार आयोजित सो समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन।
भारतले आफ्नो ६९औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल तथा संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार दूतावास परिसरमा एक कार्यक्रम आयोजना गरी एम्बुलेन्स तथा बस हस्तान्तरण गरेको हो ।
भारतको ६९औं गणतन्त्र दिवसका अवसरमा शुक्रबार लैनचौरस्थित भारतीय राजदूतावासले विविध कार्यक्रमको आयोजना गरेको छ। नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आफ्नो देशको राष्ट्रिय झण्डा फहराए कार्यक्रमको सुरुवात गरे।
भारतको यू १९ क्रिकेट टोली १९ बर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा बंगलादेशको यू १९ टोलीलाई १ सय ३१ रनको फराकिलो अन्तरमा पराजित गर्दै भारतको यू १९ टोलीले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ।
भारत सरकारले नेपाली नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई पद्मश्री पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको छ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वीरगञ्जमा भारतले मिचेको सीमा क्षेत्रमा राष्ट्रिय झण्डासहित अवलोकन गरी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’को प्रदर्शनसँगै भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। फिल्म विहीबारदेखि प्रदर्शनमा आएको छ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीले सीमा समस्याको दीर्घकालीन समस्याका लागि नेपाल भारत सीमामा काँडेतार लगाउनुपर्ने माग गरेका छन्। आझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएका हुन्।
मुखले सधैँ व्यापार प्रवद्र्धनको कुरा उठाउने तर व्यवहारमा भने त्यसको ठीक विपरित कदम चाल्ने भारतीय व्यवहार द्विपक्षीय व्यापार कारोबारको मुख्य बाधक बनिरहेको छ । पछिल्लो समयमा अदुवाको निकासीमा रोक लगाउनु त्यही व्यवहारको नयाँ संस्करण हो ।
विवादित फिल्म ‘पद्मावत’ को प्रदर्शनलाई केही राज्यमा रोक लगाउनुपर्ने मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि भारतका हिन्दू अतिवादी समूहले बुधबार गरेको देशव्यापी प्रदर्शनका क्रममा दर्जर्नौ पक्राउ परेका छन् ।
नेपालले ‘समावेशी विकास सूचकांक २०१८’ मा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडि पारेको छ । यो सूचकांकमा नेपालले २२ औं स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औं स्थानमा चित्त बुझाएका छन् ।
मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का स्थायी समिति सदस्य सिपी गजुरेलले भारतले नेपालको पुरानो एजेन्ट त्यागेर नयाँ छानेको आरोप लगाएका छन्।