१५ मंसिर २०८१ शनिबार
image/svg+xml

२०२० मा विश्वमै बढी वनविनाश

सन् २०२० मा कम्तीमा ४२ हजार वर्गकिलोमिटर वनक्षेत्र विनाश भएको एक अध्ययनले देखाएको छ। मेरिल्यान्ड विश्वविद्यालय र ग्लोबल फरेस्ट वाचको एक समीक्षाले यो विनाश गत २० वर्षको सरदरभन्दा अत्यधिक रहेको देखाएको हो। यो विनाश विशेषगरी अमेजन क्षेत्र, कंगो र दक्षिण पूर्वी एसियामा सबैभन्दा बढी रहेको छ।

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी

प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको छ । मुख्यमन्त्री शेरधनराईको विरुद्धमा प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको प्रस्तावक तथा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्र आङ्वोले बताए ।

आगामी आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंककाे प्रक्षेपण

विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनुपर्छः सांसद गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवप्रसाद गुरुङले दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको बताएका छन्।

जनावरबाट मानिसमा कोरोना सर्‍यो, प्रयोगशालाबाट होइनः डब्लुएचओ

चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोना भाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ।

चोटपटक रोकथाम सम्बन्धी विश्व सम्मेलनमा डाक्टर पुष्पराज पन्त

भर्चुअल कार्यक्रममा चोटपटक रोकथाम सम्बन्धि नीति र कार्यक्रम तर्जुमा गर्न गुणस्तरीय तथ्यांकहरूको महत्व र नेपालमा विश्वव्यापी रोगभार अध्ययन (ग्लोबल बर्डन अफ डिजीज स्टडी) तथ्यांकको उपयोगबारे डाक्टर पुष्पराज पन्तले बोलेका थिए।

दुर्घटना टर्ने विश्वासमा सेतीदेवीलाई ऐना

‘सेतीदेवीलाई खुसी पार्दा यात्रा सफलता र दुर्घटना टर्ने विश्वास छ, त्यही विश्वासमा सेतीदेवीलाई सिँगारका सामान चढाउँदा ऐना चढाइएको हो,’ उनले भने, ‘हाल १० हजारभन्दा बढी ऐना बिपी राजमार्गको भित्ताभरि छन्। सेतीदेवीका नाममा उक्त मन्दिरमा बा२ख ८८२५ नम्बरको गाडीले सबैभन्दा पहिला ऐना राखेको र त्यहिबाट ऐना राख्ने थालनी भएको सुनकोसी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष दाहाल बताउँछन्। उनका अनुसार ऐना चढाउनुमा अर्को कहानी छ।

किन पुग्ने कञ्चनजंघा?

‘नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको बेसक्याम्प क्षेत्रमा अनगिन्ती विशेषता छन्। घुमिरहुँ लाग्ने भूगोल छ,’ उनी भन्छन्, ‘यस क्षेत्रको प्रवद्र्धनमा हामी पनि प्रयासरत छौँ।’

दलका नेताप्रति घट्दै जनविश्वास

पछिल्लो समय आम नागरिकमा राजनीतिक नेतृत्व तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूप्रति वितृष्णामात्र होइन, विश्वास पनि हराउन थालेको छ। सेयर कास्ट इनिसिएटिभ नेपालले हालै गरेको एक सर्वेक्षणले देशको बागडोर सम्हालिरहेका प्रधानमन्त्री तथा राजनीतिक दलका नेताप्रति जनताको अविश्वासलाई देखाएको छ।

बौद्धिक चोरी आरोपमा प्राध्यापक कारबाहीमा

बौद्धिक चोरी गरेर अन्तर्राष्ट्रिय जगत्मा त्रिविको बदनाम गरेको भन्दै विश्वविद्यालयले कारबाहीको कडा कदम चालेको हो। त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायनशास्त्रका प्राध्यापक पर्शुराम मिश्रसहित छ जनाले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गराएका थिए।

नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा फहाद अलजुलन्दा अल साइदिबीच भएको भेटघाटमा सहकार्यको शुरूआत कृषि र पर्यटन क्षेत्रका विद्यार्थी आदानप्रदान गर्ने गरी कार्य अगाडि बढाउने सहमति भएको मस्कटस्थित नेपाली दूतावास ओमानले जनाएको छ।

माधव नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नेकपा एमालेको माधव नेपाल समूहले फिर्ता लिने भएको छ। अविश्वासको प्रस्तावका समर्थक लक्षुमण तिवारीले अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरेको जानकारी दिए।

विश्व अर्थतन्त्र पुनर्उत्थानको आकार कस्तो ?

विभिन्न समृद्ध अर्थतन्त्र भएका देशमा कोभिड–१९ विरुद्धको खोप तीव्र गतिमा लगाइएका कारण यो वर्षको दोस्रो ६ महिना र सन् २०२२मा ती देशमा तीव्र आर्थिक पुनर्उत्थानका निम्ति सहज वातावरण बनेकोछ । यो अवधिमा डिजिटल र डिजिटल प्रविधिमा आधारित क्षेत्रको वृद्धिदर उच्च रोजगारी दिने सेवा क्षेत्रकै हाराहारीमा रहने भए पनि यसको माग बढ्दो क्रममा रहनेछ ।

ऐनामा अडिएको विश्वास (फोटोसहित)

विपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं. ५ रिठ्ठेभिरमा राजमार्गको भित्ताभरी हजारौ ऐना देख्न सकिन्छ। यस राजमार्ग हुँदै यात्रा गर्ने जो कोहिलाई त्यस ठाउँको ऐनाले लोभ्याउने गर्छ। ऐना चढाउन मात्रै नभएर त्यहाँ सेल्फी खिच्न गाडी रोक्नेहरुको भिड उस्तै देखिन्छ। पूर्वी तराईबाट काठमाडौ जाँदै गरेको एक निजी गाडी सुनकोसी गाउँपालिकाको रिठ्ठेभिरको उक्त स्थानमा रोकियो।

कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन्। कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्