११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाटेबाघको छाला र हड्डीसहित दुई पक्राउ

पाटेबाघको छाला र हड्डीसहित दुई ब्यक्ति पक्राउ परेका छन्। कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्कबाट विशेष सूचनाको आधारमा प्रदेश अनुसन्धान ब्यूरो नेपालगन्ज शाखा र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

नेकपा(बिप्लब)का बाँके युवा संयोजक डोल्पामा पक्राउ

बाँके जिल्लाका युवा इन्चार्ज भरत पहाडीलाई शुलिगार्डस्थित शे फोक्सुण्डो राष्टिय निकुन्ज कार्यालयमा कर्मचारीलाई धम्क्याउदै चन्दा मागिरहेको अवस्थामा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

चरेशसहित दुई पक्राउ

प्रहरीले ६ किलो तीन सय ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार भेरीगंगा नगरपालिका–१० मदानेचौरबाट चरेशसहित दुई जनालाई पक्राउ गरिएको हो।

पहेलो धातुसहित एक महिनामा १३ पक्राउ

सर्वसाधारणलाई ठगी गर्ने उदेश्यले काठमाडौ उपत्याभित्र पहेलो धातुको कारोवार बढेको छ। प्रहरीले एक महिनामा त्यसको कारोबार गरेको आशंकामा १३ जनालाई पक्राउ गरेको छ।

चन्द नेतृत्वकाे नेकपा निकट शिक्षक संगठनका एक शिक्षक पक्राउ

रोल्पा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठन रोल्पाका सचिव भुपबहादुर केसिलाई पक्राउ गरेको छ। आधारभुत बिद्यालय सल्लीबोटका शिक्षक केसिलाई आइतवार बिद्यालयबाटै पक्राउ गरिएको हो।

मध्यराति बौद्धमा प्रहरीको छापा, २१ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँद्वारा खटिएको प्रहरीको विषेश टोलीले मध्यराति बौद्धमा छापा मारेको छ। विशेष सूचनाको आधारमा बौद्ध फुलवारीस्थित लोप्साङ लामाको घरमा प्रहरी टोलीले छापा मारेको हो। घरमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा प्रहरीले २१ जनालाई पक्राउ समेत गरेको छ।

ब्राउन सुगरसहित दम्पती पक्राउ

लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

रोकिएन सुन तस्करी, कराेडाैँको सुन बरामद

पछिल्लो समय सुन तस्करी रोक्न प्रहरीले विभिन्न अभियान चालएपनि सुन तस्करी भने रोकिएको छैन। साेही क्रममा कराेडाैँकाे सुन तस्करी भैरहेकाे विशेष सूचनाको आधारमा प्रहरीले धादिङको गजुरीबाट तीन जनालाई पक्राउ गरेको छ।

बालविवाह गर्ने भारतीयलाई कैद

बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ।

जबर्जस्ती करणी अभियोगमा ७५ वर्षीय वृृद्ध पक्राउ

पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन्। पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए।

घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

रत्ननगर - उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई २० हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।

सस्तो खोज्दा ठगी गिरोहले फँसायो

सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिइ ४० लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले एक किलो नक्कली सुन दिइ उक्त रकम ठगी गरेको प्रहरीले जनाइएको छ।

प्रशासन कार्यालयका कम्प्युटर अपरेटर १५ सय घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा राजनारायण साहलाई पक्राउ गरेको छ। इलाका प्रशासन कार्यालय, सिमरा, बारामा कार्यरत कम्प्युटर अपरेटर साहले नागरिकता बनाई दिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ।

एसएमजी सहित १ जना पक्राउ

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका –४ मा प्रहरीले एसएमजी सहित १ जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्