१३ आश्विन २०८१ आइतबार
image/svg+xml

जापानी राजकुमारी हिताचीद्वारा नेपालीको प्रशंसा

जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी छिन् । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उनले जनाइन्।

राजेन्द्र महतो र राजकुमार लेखीकाे पार्टी एकीकरण हुने

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीबीच एकीकरणा हुने भएको छ।

पूर्व राजकुमारी प्रेरणालाई 'स्ट्रोक'

पूर्व राजकुमारी प्रेरणा सिंहलाई ब्रेन स्ट्रोक भएको छ। उनलाई उपचारको लागि शुक्रबार ९ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

नेपाल सम्झेर राजकुमार ह्यारी भावुक

नेपाल भ्रमण गरेर फर्किएको एक वर्षपछि वेलायती राजकुमार ह्यारीले नेपालको गाउँले जीवन तथा भूकम्पपछिको पुनःनिर्माण स्मरण गरेका छन्।

डेनमार्कका राजकुमार गोरखामा

डेनमार्कका राजकुमार योकिम प्रिन्स आइतबार गोरखा आएका छन्। उनी आवद्ध रहेको केयर नेपाल नामक संस्थाले भूकम्पपछि गोरखामा गरेको कामको अवलोकन गर्ने क्रममा उनले खोप्लाङमा महिला समूहले गरेको सामुहिक तरकारी खेती र गाँखु स्वास्थ्य चौकी भबनको निरीक्षण गरे।

मिस यु राजकुमारी

जीवन र प्रेमको अनेकौँ घुम्ती नाघेर यहाँसम्म आइपुगेको मलाई कसोकसो यस वर्षको भ्यालेन्टाइन्स डेमा उनै राजकुमारीको सम्झना हुन पुग्यो। मलाई पहिलो पे्रमपत्र लेखेको क्षणको याद आइरहेको छ। थाहा छैन राजकुमारी कहाँ छिन् अहिले? भूगोलको जुनसुकै कुनामा भए पनि यस वर्षको भ्यालेनटाइन डेको छेकोमा म हाम्रा अतीत सम्झनका लागि समय छुट्याइरहेको छु।

साउदी अरबका राजकुमारसहित १५० जनालाई फाँसीको सजाय

साउदी अबर लगातार दोस्रो वर्ष १५० जनालाई फाँसी दिने देश हुने भउको छ। यो वर्ष साउदी अबर सरकारले १५० जनालाई फाँसीको सजाय सुनाइसकेको छ। ती मध्ये केहीलाई फाँसी दिइसकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राजकुमारले जिते मुस्ताङ रेस

राजकुमार श्रेष्ठ मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसमा च्याम्पियन भएका छन्। मुस्ताङमा पहिलोपटक भएको साहसिक प्रतियोगिताको उपाधि जित्ने क्रममा राजकुमारले निर्धारित दुरी १४ घन्टा ५४ मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए। सात चरणमा गरी सकिएको प्रतियोगिताको दौड दुरी २ सय २० किलोमिटर राखिएको थियो।

राजकुमार उपाधि नजिक

राजकुमार श्रेष्ठ मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसको छैटौं दिन बुधबारसम्म अग्रता कायम राख्न सफल भएका छन् । छैटौं दिन मार्फा पुगेको रेसले १ सय ७६.१ किलोमिटरको दुरी पार गर्दा राजकुमार दोस्रो स्थानका बुद्धिबहादुर तामाङमाथि डेढ घन्टाभन्दा बढी समयको अग्रता बनाएका हुन्

मुस्ताङ रेसमा राजकुमार अगाडि

कागबेनीबाट सुरु मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेस पहिलो दिन बिहीबार मुक्तिनाथ पुगेर सम्पन्न हुँदा राजकुमार श्रेष्ठ अग्रस्थानमा छन्। उपल्लो मुस्ताङमा पहिलोपल्ट भएको भनिएको रेसको पहिलो दिन राजकुमारले ५७ मिनेट ५० सेकेन्डमा निर्धारित दुरी तय गर्दै अग्रस्थानमा कब्जा जमाउँदा बुद्धिबहादुर तामाङ दोस्रो स्थानमा छन्।

राजकुमारीको रोग

'हजुरले भन्नुभयो कि यो राज्य बनाउन हजुरका पुर्खाले रगत बगाएका छन्। यदि उहाँहरूले रगत बगाउनुभएको भए हजुरलाई दूधको क्यान्सर किन भयो त? क्यान्सर पनि रगतकै हुनुपर्ने होइन र?'

साउदी अधिराजकुमार टुर्कीको निधन

साउदी राजा सलमानका भाइ अधिराजकुमार टुर्कीविन अब्देल अजिजको निधन भएको राजदरबारबाट शनिबार जारी विज्ञप्तिमा जनाइएको यहाँको एसपिए न्यूज एजेन्सीले बताएको छ ।

साउदी राजकुमारलाई कोर्रा हानियो

साउदी अरबका एक राजकुमारलाई मृत्यु दण्ड दिएको दुई हप्तापछि अर्का राजकुमरलाई जेलमा कोर्रा हानिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमले साउदी नरेशको आदेशमा एक जना राजकुमारलाई कोर्रा हानिएको बताएका छन्। तर ती राजकुमारको विवरण र कोर्रा किन प्रहार गरियो भन्ने बारेमा भने केही खुलाइएको छैन्।

साउदी राजकुमारलाई मृत्युदण्ड

साउदी अरबका राजकुमारलाई मृत्यदण्डको सजायँ दिइएको छ। साउदी गृहमन्त्रालयका अनुसार तीन बर्ष पहिले राजधानी रियादमा एक व्याक्तिको हत्या गरेको आरोपमा राजकुमार तुर्की विन सउद अल कविरलाई रियादमा मृत्यदण्डको सजायँ दिइएको हो।

युएइका राजकुमारले ‘जय सियाराम’ भनेपछि...

संयुक्त अबर इमिरेटस्का युवराज मोहम्मद बिन जायद अल नहयानका एउटा भिडियो आजकल सोलस मिडियामा भाइरल भएको छ। भिडियोमा युवराज मोहम्मद भारतीय सन्त मोरारी बापुको एक प्रवचन कार्यक्रममा भाषण गर्दै गरेको दृष्य छ। युवराजले आफ्नो भाषणको सुरुमा र अन्त्यमा ‘जय सियाराम’ को उच्चारण गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्