९ मंसिर २०८१ आइतबार
image/svg+xml

कश्मीर भारतको आन्तरिक मामिलाः परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कश्मीरमा धारा ३७० खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला भएको बताएका छन्।

‘इमरानले कश्मीर देखाएर विश्वलाई तर्साउन खोजे, आतंकवाद नत्यागेसम्म वार्ता हुन्न’

भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले कश्मीरबारे भ्रम फैलाएको टिप्पणी गरेका छन्। युरोप भ्रमणका क्रममा ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै जयशंकरले कश्मीर नितान्त भारतको आन्तरिक मामिला भएको र पछिल्लो समय चालिएको कदम आतंकवाद नियन्त्रण र त्यहाँको आर्थिक विकासका लागि भएको दाबी गरे। उनले आतंकवादलाई प्रश्रय दिने गतिविधि नत्यागेसम्म पाकिस्तानसँग वार्ता नहुने पनि स्पष्ट पारे।

कश्मीरमा भारतीय कदम अस्वीकार्यः अमेरिकी नेता स्यान्डर्स

अमेरिकी बरिष्ठ नेता बर्नी स्यान्डर्सले कश्मीरमा भारतीय कदम अस्वीकार्य रहेको बताएका छन्। डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारमा दाबेदारसमेत रहेका स्यान्डर्सले कश्मीरको अवस्थालाई लिएर आफू चिन्तित रहेको बताए।

भारत र पाकिस्तानबीच युद्ध भए भयावह हुनेछः इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबीच युद्ध भए भयावह स्थिती सिर्जना हुने चेतावनी दिएका छन्।  ‘५६ औं कन्भेन्सन अफ इस्लामिक सोसाइटी अफ नर्थ अमेरिका (आईएसएनए)लाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले दुई आणविक शक्ति मुलुकबीच युद्धको अवस्था सिर्जना भए त्यो भयावह हुने बताए।

कश्मीरको विषयमा प्रदर्शन गर्न पाकिस्तानी प्रमको आह्वान

‘हामी कश्मीरका जनताको पछाडि छौं भन्ने सन्देश कडा रूपमा दिन सक्नुपर्छ,’ प्रधानमन्त्री खानले गरेको ट्विट उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। उनले शुक्रबार संयुक्त रूपमा प्रदर्शनमा उत्रिन पटकपटक आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभाको पूर्वसन्ध्यामा उनले यस्तो प्रदर्शनको आह्वान गरेका हुन्।

कश्मीर र धारा ३७०

मलाई लाग्छ, पाकिस्तानले पनि जित्नै नसकिने युद्धको तयारी गर्नुको साटो पाकिस्तानी कश्मीरको विकासको लागि आफ्नो शक्ति खर्च गर्नु उचित हुन्छ। यदि भारतीय र पाकिस्तानी राष्ट्रहरू आ आफ्नो कश्मीरको विकासका लागि जुट्ने हो भने यसमा कश्मीरी जनता र अन्य सबैको भलो हुनेछ। तर यो सबैमा कश्मीरबाट विस्थापित भएका रैथाने हिन्दू बौद्ध समुदायको  पुनर्स्थापन अनिवार्य हुनैपर्छ।

भारतमाथि थप प्रतिबन्ध लगाउने पाकिस्तानको तयारी, कुन-कुन क्षेत्रमा लगाउँदैछ प्रतिबन्ध?

नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको प्रशारित क्षेत्र कश्मीरमाथि गरेको निर्णय पछिको अवस्थालाई मध्येनजर गरी पाकिस्तानले भारतमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । कश्मीर निर्णयलाई लिएर तनावको सुरुवात गरेको भन्दै त्यसको हिसाब किताबसहित अन्त्य गर्ने पाकिस्तानको भनाइ छ।

कश्मीरको विषयमा सत्ता–प्रतिपक्ष चर्काचर्की

प्रदेश सभामा भारत प्रशासित जम्मू–कश्मीरको बिषयलाई लिएर प्रदेश ३ को सत्ता पक्ष र प्रतिपक्षीबीच चर्काचर्की भएको छ। प्रदेश सभा बैठकमा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी लगायतका सांसदले सरकारले काश्मीरबारे नबोलेको भन्दै विरोध गरेभने नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसदहरुले सरकारको बचाउ गरेका थिए।

मोदी भेटेपछि ट्रम्पले भनेः कश्मीर समस्या भारतको नियन्त्रणमा छ, मध्यस्थता आवश्यक छैन

भारतीय सरकारले कश्मीर तनाव नियन्त्रणभित्र रहेको महशुस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन्।

कश्मीर–नेपाल ‘भूराजनीतिक’ धारणा

कश्मीरको पछिल्लो स्थिति र त्यसलाई लिएर भारत–पाकिस्तानबीच बढ्दो तनावका विषयमा पत्रकारको प्रश्नको उत्तर दिँदै सार्वजनिक गरेका धारणा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार संसद्मा पनि दोहो¥याए। नेपाल–भारत संयुक्त आयोगको बैठकका अवसरमा आयोजित पत्रकार सम्मेलनमा गत हप्ता उनले भनेका थिए– नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छ, दुई देशबीच बढेको (विवादले शान्ति र क्षेत्रीय स्थिरता खल्बलिनु हुन्न, अतः) कश्मीर विवादको निकास वार्ताबाटै खोज्नुपर्छ र भारत सरकार यो विवाद शान्तिपूर्ण ढङ्गले सुल्झाउन सक्षम छ भन्ने हाम्रो दृढ विश्वास छ।

प्रतिपक्षी सांसदको चुनौतीः हिम्मत छ भने कश्मीर समस्याबारे यो सरकारले बोलोस्

राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको कश्मीरको समस्यादेखि बाजुरा लगायत क्षेत्रका जोखिम बस्तीको स्थानान्तरणबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

परराष्ट्रमन्त्री ज्ञवालीलाई पाकिस्तानी विदेशमन्त्रीको फोन

भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणमा नेपालमा रहेकै बेला पाकिस्तानी मन्त्री कुरेसीले कश्मीर मुद्दालाई लिएर नेपालको भूमिकाबारे प्रश्न उठाएका हुन्।

‘कश्मीर’मा चीनको चासो

पाकिस्तानले संयुक्त राष्ट्र संघमा उठाएको कुरामा चीनले समर्थन गरेपछि कश्मीर मुद्दामा भारत एक्लिन पुग्यो। भारतको पुरानो मित्र रुसका विदेशमन्त्री सर्गेइ लाभारोभले पनि भारतमाथि चिसो पानी खन्याइदिए।

कश्मीरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गरेका छन्।

कश्मीरमा विद्यालय खुले पनि विद्यार्थी घरमै बसे

लगभग दुई सातादेखि बन्द रहेका भारत प्रशासित कश्मीरका केही विद्यालय सोमबारबाट खुले पनि विद्यालय जाने विद्यार्थीको संख्या अत्यन्तै न्यून रह्यो। भारत सरकारले अगस्ट ५ का दिन कश्मीरले पाउँदै आएको विशेषाधिकार खारेज गर्ने निर्णय गरेदेखि नै कश्मीरका विद्यालय बन्द अवस्थामा थिए। कश्मीरलाई विशेषाधिकार प्रदान गर्ने भारतको संविधानको धारा ३७० खारेज गर्ने निर्णय गरिएदेखि नै कश्मीर बन्द अवस्थामा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्