१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘नयाँ पुस्तासँग काम गर्दा अपडेट भइन्छ'

विश्वप्रसिद्ध गजल गायक गुलाम अली, मेहदी हसनजस्ता प्रतिभालाई ४० को दशकमै नेपाली गीत गाउन तयार पार्नु चानचुने कुरा थिएन। भक्तपुरमा जन्मेका संगीतकार दीपक जंगमले ‘किन किन तिम्रो तस्बिर', ‘गाजलु ती ठूला–ठूला आँखा', ‘एउटा मान्छेको मायाले कति'जस्ता सदावहार गीतमा संगीत भरे।

निर्वाचनबारे जनतासम्म सूचना प्रवाह गर्न सभामुखको आग्रह

सभामुख ओनसरी घर्तीले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी रूपमा जनतासमक्ष पुर्याउन आग्रह गरेकी छिन् ।

सङ्घीयतासहितको शिक्षा नियमावली आउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा ऐन (आठौँ संशोधन), २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गराइने आश्वासन दिएका छन् ।

ट्रम्पले भने– 'झुटा सञ्चार माध्यमसँग बाेल्नुभन्दा सिधै जनतासँग कुरा गर्छु'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा राज्यमा भएको र्यालीमा सहभागी हुँदै सञ्चार माध्यमहरुप्रति कडा आलोचना गरेका छन् ।

कुर्तासुरुवाल लगाएकी महिलाको शव फेला

सिन्धुलीको जनकन्या गाविस–१ सोलाभञ्ज्याङमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ। तराई मुलकी जस्तो देखिने अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

ट्रम्पले मुस्लिम देशका नेतासँग वार्ता गर्ने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरव र युएइका नेतासँग मुस्लीम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएकोबारे टेलिफोन वार्ता गर्ने भएका छन्। केही देशका मुस्लीमलाई रोक लगाइएको विषयमा विश्वभरी होहल्ला हुन थालेपछि उनले रोक नलगाइएका मुस्लीम देशका नेतासँग आइतबार कुराकानी गर्न लागेका हुन्।

सभामुखले बोलाइन शीर्ष नेतासहितको कार्यव्यवस्था बैठक

संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेतासहितको कार्यव्यवस्थाको बैठक बोलाइएकी छन्।

मुद्दा दर्तासँगै हातमा फैसला मिति

अब भने समय बदलिएको छ, अदालती कामकारबाहीको शैली पनि बिस्तारै बदलिँदै छ। सर्वाेच्च अदालतले सूचनाप्रविधि प्रयोग गरी सेवाग्राहीलाई मुद्दा दर्ता गरेकै समय फैसला मितिसमेत थाहा पाउने व्यवस्था मिलाएको छ। यो व्यवस्था सबै उच्च अदालत र जिल्ला अदालतलाई समेत लागू गर्न साताअघि नै परिपत्र भइसकेको छ।

बुटवलमा उर्लियाे मानव सागर, सत्तापक्षका नेतासमेत सहभागी

पाँच नम्बर प्रदेश टुक्र्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध शुक्रबार तेस्रो दिन पनि बुटबलमा विशाल सभाकाे अायाेजना गरिएको छ। सत्तापक्षसहितका राजनीतिक दलको अगुवाइमा विशाल सभाभएको हो।

अफगानिस्तानमा तालिवानी नेतासहित पाँच जनाको मृत्यु

अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक स्थानीय तालीवानी नेता सहित पाँच जना मारिएका छन् । अफगानिस्तानी सेनाले उजुजान क्षेत्रमा गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

तिब्बती नेतासँग भेटेको छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत भ्रमणक्रममा आफूले तिब्बतबाट निर्वासित नेता दलाई लामालाई नभेटेको स्पष्ट पारेका छन्। इन्डिया फाउन्डेसनले गोवामा आयोजना गरेको सेमिनारमा सहभागी हुँदै नयाँदिल्ली पुगेर बुधबार स्वदेश फर्केका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एक चीन नीतिप्रति आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका हुन्।

नक्कली नागरिकतासहित २ बंगलादेशी नागरिक पक्राउ

सुनसरी प्रहरीले ६ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनालाई आज प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

जुवातास रोक्न प्रहरी सक्रिय

जिल्ला प्रहरी कार्यालय जुम्लाले यो हप्ता जुवा खेल्ने १६ जनालाई जुवाखालबाटै नियन्त्रणमा लिएको छ। ठूलो धनरासीमा जुवातास खेलिरहेको सूचना पाएपछि छापा प्रहरीले जुवाडेलाई पक्राउ गरेको हो। पटक पटक प्रहरीको छापाले जुवाडे नियन्त्रणमा पर्न थालेपछि जुवा खेल्ने क्रम सदरमुकाम कमी आएको छ।

खालको पैसा सहित तास खेल्ने ११ जना पक्राउ

काठमाडौँ महानगरपालिका–५ कालोपुल स्थित बिमल थापाको घरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले बुधबार नगद १ लाख ५ हजार ७ सय रुपैया र ३ बुक ताससहित पक्राउ गरेको छ।

परराष्ट्रमन्त्रीद्वारा भारतीय नेतासँग छलफल

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले नेपालबारे चासो राख्ने भारतीय नेताहरुसँग अन्तरक्रिया गरेका छन्। जनता दल युनाइटेडका सचिव केसी त्यागी, राष्ट्रिय कंग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी एवं सोसलिष्ट फ्रन्टका नेता विजय प्रतापको उपस्थितिमा उनले अन्तरक्रिया गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्