१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बेपत्तासम्बन्धी उजुरीमाथि प्रारम्भिक छानबिन, ८० प्रतिशतमा राज्य दोषी

द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकका परिवारबाट परेका उजुरीमाथिको प्रारम्भिक छानबिनमा राज्य बढी दोषी पाइएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गरिरहेको प्रारम्भिक अध्ययनले कुल उजुरीमध्ये ८० प्रतिशतमा राज्य दोषी देखाएको छ । ‘प्रारम्भिक अध्ययनका क्रममा सरदरमा ८० प्रतिशत मुद्दामा तत्कालीन राज्य पक्ष दोषी पाइएको छ,’ आयोगका एक अधिकारीले नागरिकसँग भने, ‘२० प्रतिशतमा तत्कालीन विद्रोही पक्ष दोषी पाइएको छ ।’

गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्नेछ :  नेता नेम्वाङ

नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन्।  मतदातालाई धन्यवादज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ।”

निधिलाई मधेशी जनतासँग भोट माग्ने नैतिकता छैन : राजेन्द्र महतो

धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभाका उम्मेद्वार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा नेता महतोसँग आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा उनले भने ।

वाम गठवन्धन ‘तासको घर’: गुरुङ

नेपाली काँग्रेसका केन्द्रिय सदस्य युवानेता धनराज गुरुङले माओवादी आफैंमा अडान र तौल नभएको पार्टी भएको बताएका छन्।

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिदेखि नेतासम्मको टीका

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरुले दसैंको टिका ग्रहण गरेका छन्। राष्ट्रपति भण्डारीले विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरिन्।

प्रहरीको संरक्षणमा जुवातास

दसैंको मुखमा कैलालीको धनगढी, अत्तरिया, वलिया, चिसापानी लगायत बिभिन्न ठाउँमा प्रहरीको संरक्षणमा जुवातास खेलाइएको खुलासा भएको छ।

जुवातास नियन्त्रण अभियानमा जुम्ला प्रहरी

कर्णालीको सदरमुकाम खलंगा आसपासका विभिन्न जुवाखालवाट १२ जना भन्दा बढी जुवाडे प्रहरीले नियन्त्रणमा लिइएको छ।

मतदातासमक्ष गरेको बाचा नभुल

मेयर पदको उम्मेदवार हुँदा शाक्यले महानगरबासीसँग जुन किसिमको प्रतिबद्धता गरेका थिए, त्यही आधारमा महानगरबासीले उनलाई मत दिई विजयी बनाए । तर, अहिले भने शाक्यले आफ्ना मतदातासमक्ष गरेका प्रतिबद्धता नै बिर्सिएजस्तो देखिन्छ ।

सत्तासीन दलबाटै संसद् अवरुद्ध

संसद्को मंगलबार बसेको बैठक सत्तासीन नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले होहल्ला गरेपछि अवरुद्ध हुन पुग्यो। बाढीपीडितका बारेमा बोल्न नपाएको भन्दै सत्तासीन दलका सांसदले होहल्ला गर्दै सदन अवरुद्ध गरेका हुन्।

नागरिकतासम्वन्धी मुद्दामा सरकारका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले ब्यवस्थापिका संसद र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतको नाममा जन्मको आधारमा नागरिकता पाएका ब्यक्तिका छोराछोरीले नागरिकता रोकेकोमा ‘कारण देखाउ’ आदेश जारी गरेको छ। जन्मको आधारमा नागरिकता पाएका ब्यक्तिका छोराछोरीले नागरिकता नपाएको भन्दै सोबिरुद्ध सर्वोच्च अदालतमा बुधवार परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले शुक्रवार कारण देखाउ आदेश जारी गरेको हो।

विराटनगर महानगरका मेयर मतदातासँग ‘पारिवारिक सम्बन्ध’

दबाब, प्रभाव र लोभमा राजनीतिकर्मीले कहीँकतै ‘चुक’ गरेकै हुन्छन् । चुनावका बेला राजनीतिकर्मीका तिनै ‘कमजोरी’लाई प्रतिद्वन्द्विले हतियार बनाउँछन् । उसविरुद्ध प्रचारबाजी गर्छन्, आफूतिर मतदाता आकर्षित गर्छन् । यसपालाको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भीम पराजुलीलाई पराजित गर्न यस्तै हत्कण्डाको निकै खोजी भयो ।

आयोगले दलका शीर्ष नेतासँग छलफल गर्ने

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनको समग्र तयारीका बारेमा सबै दलका शीर्ष नेतालाई छलफल लागि बोलाएको छ।

संसद्को विशेषाधिकारमा हस्तक्षेप :  सत्तासाझेदार

सर्वोच्च अदालतको महाभियोगसम्बन्धी पछिल्लो आदेश व्यवस्थापिकाको विशेषाधिकारमाथि ठाडै हस्तक्षेप हो, यसमा ठूलै 'ग्रान्ड डिजाइन' छ' – पम्फा भुसाल।

ब्रेक्जिट वार्तासम्बन्धी निर्देशिका सर्वसम्मतिले पारित

युरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) वार्ता बारेको निर्देशिकालाई ईयूका सदस्य राष्ट्रहरुले सर्वसम्मतिले पारित गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्