११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बसपार्कको पुल हाउसबाट १४ जुवाडे पक्राउ

जुम्लाको बसपार्क नजिकैको पुल हाउसमा जुवा खेल्दै गरेका १४ जना पक्राउ परेका छन्। जुवा खेल्दै गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरी नायव उपरीक्षक सिताराम रिजालका अनुसार जुवाडेबाट २ लाख ५१ हजार रुपैयाँ जफत गरिएको छ।

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई विदुरबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट रु एक लाख ७६ हजार ७८५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए।

गोपनीयतासम्बन्धी विधेयकमा प्रेसमाथिको अंकुश हट्यो

प्रतिनिधिसभाले पारित गरेको वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले कसैको गोपनीयताको समाचार प्रकाशन र प्रसारणमा प्रेसमाथि लगाएको अंकुश हटाएको छ।

दामोदरको ‘सहर बिनाको सहर’

साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को कवितासंग्रह ‘सहरबिनाको सहर’ प्रकाशित भएको छ । तराई र मधेसका विभिन्न जिल्लाहरूमा रहेर पुडासैनीले रचेका तराई मधेस केन्द्रित ५२ कविताहरू संग्रहमा समावेश छन्।

बढ्दाे आधुनिकतासँगै खेती गर्ने तरिका फेरिँदै

गोरुको सहायताले खेतबारी जोतिरहेका सिद्धलेक गाउँपालिका वडा नं ६ का पूर्णराज श्रेष्ठ अहिले ट्याक्टरले खेतबारी जोत्छन्। दुई वर्ष अघिसम्म हलो र जुवा काँधमा राखेर गोरु धपाउदै खेत जोत्ने पुस्तौदेखिको परम्परा अहिले परिवर्तन भएको छ।

इजिप्टमा नेतासहित ७५ जनालाई मृत्युदण्डको सजाय

इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ।

१२ करोडको तास आयात

सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ। त्यो वस्तु हो– तास।

ब्रेक्जिट सम्झौतासम्बन्धी जनमत संग्रह माग

युरोपेली संघबाट बाहिरिने बेलायतको निर्णय (ब्रेक्जिट)लाई लिएर बेलायत सरकारले अन्तिम जनमत लिनुपर्ने भन्दै युरोपेली संघ समर्थक करिब एक लाख मानिसले शनिबार मध्य लन्डनमा प्रदर्शन गरेको आयोजकले बताएका छन्।

अधिकारीको ‘आमा’ कवितासंग्रह विमोचन

पत्रकार शरद अधिकारीको कवितासंग्रह ‘आमा’ विमोचन गरिएको छ। सुन्धारास्थित नागरिक दैनिकको प्रधान कार्यालयमा एक कार्यक्रम गरी कवितासंग्रह विमोचन गरिएको हो।

राजनीतिक स्थिरतासँगै समृद्धि – उपप्रधानमन्त्री यादव

संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताएका छन् ।

दातासँग सम्झौता गर्दा परराष्ट्रको उपस्थिती अनिवार्य

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सहायता प्राप्त गर्ने सिलसिलामा दातासँग गरिने वार्ता तथा सम्झौता प्रक्रियामा परराष्ट्र मन्त्रालयको अनिवार्य प्रतिनिधित्व गराउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयले दातासँग जथाभाबी सम्झौता गरेपछि केही दिनअघि बसेको राष्ट्रिय विकास समस्या समाधान समिति बैठकमा प्रधानमन्त्रीले परराष्ट्रको उपस्थितिबिना कुनै दातासँग वार्ता तथा सम्झौता नगर्न निर्देशन दिएका हुन्।

उदयपुरमा तास खेल्ने १० जनासहित २४ पक्राउ

उदयपुरमा जुवाजन्य खेल खेल्ने १० जनालाई प्रहरीले मंगलबार दिउसो नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ। सदरमुकाम नजिकै त्रियुगा नगरपालिका ३ मोतिगडास्थित अमृतबहादुर खत्रीको घरमा गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा घरधनी खत्रीसहित १० जना तास खेल्दै गरेको अवस्थामा दगद ३० हजार ९ सय ६५ रुपैंयासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

‘कमजोर संगठन र जनतासँगको सम्बन्ध टुट्दा कांग्रेसको हार’

नेपाली कांग्रेसको कमजोर संगठन र जनतासँगको सम्वाद टुट्दा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजीत हुनपुगेको राजनीतिक विश्लेषकहरूले बताएका छन्। प्रजातान्त्रिक विचार समाजले बिहीबार राजधानीमा आयोजना गरेको साधरणसभामा प्राध्यापक कृष्ण खनाल, विश्लेषक निलाम्बर आचार्य, डा. देवेन्द्रराजा पाण्डेले जनतासँगको सम्वादलाई बढाउन सुझाव दिएका हुन्।

आइपीएल : राजस्थानद्वारा कोलकातासामु १४३ रनको लक्ष्य प्रस्तुत

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्ससामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्