‘मन्त्री र सांसदलाई बाँडिएको दसैंभत्ता फिर्ता गर’
विवेकशील नेपाली दलले बागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा सरकारका मन्त्रीलाई बाँडेको दसैंभत्ता फिर्ता गर्न आग्रह गरेको छ।
विवेकशील नेपाली दलले बागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा सरकारका मन्त्रीलाई बाँडेको दसैंभत्ता फिर्ता गर्न आग्रह गरेको छ।
मन्त्रिपरिषद् बैठकबाटै मन्त्री र सांसद तथा तिनका सल्लाहकार र स्वकीय सचिवलाई समेत दसैं भत्ता दिने निर्णय भएपछि यसबाट राज्यकोषमा ३ करोड ७० लाख ७६ हजार १ सय ६० रुपैयाँ व्ययभार थपिएको छ।