७ वैशाख २०८१ शुक्रबार

सुक्खा पहिरो र हिउँका कारण कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक अवरुद्ध

कर्णाली राजमार्गको जुम्लाको तातोपानी खण्डमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको छ।

दिप्रुङ चुइचुम्माद्वारा निःशुल्क यातायात सेवा बन्द

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ।

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ।

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

विभागले अन्तरप्रदेश सार्वजनिक यातायात यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजन गर्दै आइरहेको छ।

डोलेश्वर-रत्नपार्क सीधा यातायात सेवा

भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ।

वर्षाले भोजपुरका पाँच स्थानीय तहको यातायात अवरूद्ध

दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातयात सेवा बन्द छ।

एक हप्तादेखि सदरमुकाममा यातायात सेवा ठप्प

जाजरकोट–डोल्पा सडकखण्डको सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएको छ। वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ।

इलाममा काेराेनाबाट थप दुईको मृत्यु, व्यवसाय र सेवा धमाधम बन्द

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सदरमुकामस्थित टुँडिखेलदेखि जिरोकिलोमिटर र टुँडिखेलदेखि इलाम बजार हुँदै धोबिधारासम्मको क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ।

सहज यातायात सेवामा ट्याक्सी चालक र ट्राफिक बाधक

एकातर्फ महामारीको त्रास अर्कोतर्फ सार्वजनिक सवारीसाधनभित्र खुटासमेत राख्न नमिल्ने गरी भिडभाड। करिब १ वर्षदेखि सर्वसाधारणले यही नियति भोग्दै आइरहेका छन्। त्यसबाट केही राहत महसुस गराउने अवसर बनिरहेको छ (राइडिङ सेयरिङ एप) पठाओ। तर सस्तोमा शुलभ सेवा प्रवाह गर्दै आइरहेको ‘पठाओ’का राइडरहरू भने ट्याक्सी चालक र ट्राफिकको निशानामा पर्ने गरेका छन्।

राष्ट्रियसभा : यातायात सेवा प्रभावकारी बनाउन आग्रह

राष्ट्रियसभाका सदस्यले कोभिड–१९ का कारण मुलुक तीन महिनादेखि बन्दाबन्दीको अवस्थामा रही जनजीवन प्रभावित हुँदै गएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाई सेवा थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सडक भत्कियो, सबै यातायात सेवा अवरुद्ध

शुक्रबारदेखिको अविरल वर्षाका कारण जाजरकोटबाट बाहिर जाने र भित्रिने सबै यातायातका साधन अवरुद्ध भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्