११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोनाबाट मृत्यु भएका परिवारलाई गाउँपालिकाले ५० हजार दिने

दैलेखको महाबु गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई ५० हजार रुपैयाँ दिएको छ। कोरोना संक्रमितको निःशुल्क उपचार पनि गर्दै आइरहेको गाउँपालिकाले मृत्यु भएका किरिया खर्चबापत नगद ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

बारपाकमा गएराती तीन जनाको मृत्यु, दुई सातामा मृत्यु हुनेको संख्या १२ पुग्यो

बारपाकमा दुई साता यता मृत्यु हुनेको संख्या १२ पुगेको छ । यी मध्ये पाँच जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो भने अन्यले परीक्षण गराएका थिएनन्। स्थानीयका अनुसार मृतक सबैमा रुघाखोकी, ज्वरो आएको र कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएको थियो।

हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु

गेरुवा गाउँपालिका—१ सरखुल खपतपुरकी ३७ वर्षीया चन्द्रा विक र उनकी तीन वर्षीया छोरी दीपिका विकको मृत्यु भएको हो।

गोली लागेर घाईते भएका माओवादी केन्द्रका नेताको मृत्यु

गोली लागेर घाईते भएका माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ। गत जेठ ५ गते राति उनीमाथि २ वटा गोली प्रहार भएको थियो।

थप १ सय ८५ जना संक्रमितको मृत्यु, ७ हजार ४२५ मा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट १८५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मुत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ।

दुई वर्षअघि मृत्यु भएका आरोहीको सगरमाथा क्षेत्रमा शव फेला

सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ। विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ।

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१० पुग्यो

कर्णालीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु

भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन्। सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

ताप्लेजुङमा संक्रमणबाट थप एकजनाकाे मृत्यु, मृतक संख्या ८ पुग्यो

दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतवार थप एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएपछि सो संखया ८ पुगेको हो।

आँखुखोलाले बगाएर एक दम्पतीको मृत्यु

आँखु खोला तर्ने क्रममा शनिबार बगाएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको शव खोला तर्न लागेको भन्दा २ सय मिटर तल बगरमा भेटिएको प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताए।

सुदूरपश्चिममा काेराेनाः निषेधाज्ञामा पनि बढ्दो संक्रमण

सुदूरपश्चिममा वैशाखको सुरुवातसँगै देखापरेको कोराेनाको दोस्रो लहरको नयाँ भेरियन्टको संक्रमणले दुई सातामै विकराल रूप लियो। संक्रमण तीव्र रूपमा फैलिएसँगै जटिल प्रकृितका संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि वैशाख १६, १७ गतेदेखि कैलाली कंचनपुर लगायत सुदूरपश्चिमका प्रायःजसो जिल्लामा निषेधाज्ञा लागु गरियो।

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृत्यु भएको छ ।

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ।

ट्रकको ढालामा झुण्डिएर मृत्यु

ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्