११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

खेत जोतेर फर्कँदै गर्दा लडेर मृत्यु

जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिए। श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमा पर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किँदै थिए।

पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु

‘घटनास्थल एकदमै दुर्गममा छ। सडक छैन। लाश पोष्टमार्टम गर्नका लागि अस्पताल लैजानै कठिन भएको छ ।’ डिएसपि सुवेदीले भने ‘समस्याका बारेमा प्रमुख जिल्ला अधिकारीलाई भनेको छु। घटनास्थलमा प्रहरीले घाईतेको उद्धार गरिसकेको छ।’

कुटपिटबाट एक किशोरको मृत्यु

मुक्का प्रहार गर्ने धनिमन पुन मगरलाई पक्राउ गरी थप अनुसन्धान गर्नको लागि रोल्पा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई प्रहरी हिरासतमा राखिएको छ।

बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणबाट यहाँका थप दुई व्यक्तिको ज्यान गएको छ। बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो।

उदयपुरमा ट्याक्टर दुर्घटना, सह-चालकको मृत्यु

गाईघाटबाट नेपाल टेलिकमको चित्रे टावरका लागि सामान लिई लिम्चुङबुङतर्फ जाँदै गरेको स १ त ६८५८ न.को ट्याक्टर‌ रौतामाई गाउँपालिक १ टाट्नेमा दुर्घट्नामा पर्दा सहचालक रौतामाई ७ का तुलबहादुर केप्छाकी मगरको ज्यान गएको हो।

जुम्लामा कोरोना संक्रमितको मृत्यु

असार ३ गते अस्पताल भर्ना भएका उनको पहिलो दिन आइसोलेसन र दोस्रो दिन भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

चीनमा खानी दुर्घटना : ११ मजदुरको मृत्यु

खानीभित्र थुनिएका मजदुर रहेको स्थानबाट पानी बाहिर निकालिएको पनि उक्त कार्यालयले जनाएको छ। खानीको हिलो र माटोमा पुरिएको आशंका गरिएका अरु तीन जना मजदुरको खोजी जारी रहेको छ।

रोल्पामा कोरोनाका कारण थप एक जनाको मृत्यु

यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ५ सय ४६ पुगेको छ। जिल्लामा ४ हजार १ सय ९६ जनामा कोरोना परीक्षण गर्दा १ हजार ८ सय ६७ जनामा संक्रमण भेटिएको हो।

बादँरलाई हानेको गोलीले आफ्नै साथीको मृत्यु

यहाँको घ्यालेख गाँउपालिका बस्ने २४ वर्षीय धनराज घलानको आफ्नै साथीले बाँदरलाई हान्दा लागेको गोलीले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

पाल्पामा ट्रिपर दुर्घटना, सह-चालकको मृत्यु

पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा भएको ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुई ट्रिपर एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परि चार जना घाइते भएका छन्।

रुखको हाँगाले किचेर कामदारको मृत्यु

बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह त्रियुगा नगरपालिका ७ पानीधारेस्थित जंगलमा रुख काट्ने क्रममा हाँगोले किच्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङका २२ वर्षीय सरोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुखबाट खसेर १० वर्षीय बालकको मृत्यु

धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ। घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

विश्वमा कोभिडबाट २०२० मा भन्दा यसवर्ष धेरैको मृत्यु

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको विश्वमा कोभिडको संक्रमणबाट नै मृत्यु भएको छ।

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्