११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

घर भत्किँदा तीनमहिने शिशुको मृत्यु

अविरल वर्षाका कारण घर भत्किँदा क्वाडी निवासी मनीषा चौधरीकी तीन महिनाकी छोरी बिन्दुको घटनास्थलमै मृत्यु भएको हो।

पाल्पामा पाँच घर पुरिए एकको मृत्यु, एक बेपत्ता

घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। स्थानीय प्रेम श्रेष्ठले विस्थापितहरूलाई खाना र बासका लागि अस्थायी रूपमा विद्यालयमा व्यवस्थापन गरिएको बताए। उनले स्थानीयकै सहयोगमा घाइतेहरूलाई उद्धार गरी पठाइएको बताए।

दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु

दार्चुला जिल्लाको नौगाड गाउँपालिका ३ चौखुटेमा बिहीबार विहान पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना एकै परिवारमा रहेका छन्।

सुजिता भण्डारी मृत्यु प्रकरणः पूर्वी चितवनमा बुधबार बेलुकासम्म कर्फ्यू जारी

पूर्वी चितवनमा बुधबार बेलुकीसम्मका लागि कर्फ्यू जारी गरिएको छ। सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यू लगाइएको हो।

जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु

राष्टकोटबाट लालीघाट आउँदै गरेको क१ज २३ नम्वरको जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

सुजिता भण्डारी मृत्यु प्रकरणः कांग्रेसद्वारा दोषीलाई कानूनी कठघरामा उभ्याउन माग

नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढङ्गले भएको मृत्युले गम्भीर आशङ्का जन्माएको जनाएको छ।

बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु, ११ जना घाइते

जिप चालक १९ वर्षीय खगेन्द्र साउँद र जिप साहु ४४ वर्षीय हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ। जिपमा १६ जना सवार रहेका बताइएको छ। जिप सडकबाट करिब ५० मिटर तल खसेको जनाइएको छ।

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२ औधापुर निवासी ४५ वर्षीय रामदेव पटेल रहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।

हात्तीको आक्रमणबाट एक जनाको निधन

गाउँमा आएको हात्ती धपाउने क्रममा आक्रमणमा परेर जिल्लाको बेलका नगरपालिका २ रामनगरका ४० वर्षीय कमल यादवको मृत्यु भएको हो।

म्याग्दीमा जीप दुर्घटना: २ जनाको मृत्यु, ६ घाईते

अबिरल बर्षासँगै हिलाम्मे सडकबाट चिप्लिदाँ जिपमा सवार ६ जना घाइते भएका छन्। बुधबार साँझ मंगला गाउँपालिका वडा नं. २ सिमलचौरदेखि कुहुँ पुर्णगाउँ जाने क्रममा मिथौमा ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना भएको हो।

चट्याङ लागेर पर्सामा ३ को मृत्यु

पर्सामा मंगलबार बिहानै चट्याङ लागेर बेग्लाबेग्लै ठाउँका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

भेरी अस्पतालमा एकैरातमा तीन जना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा एकैरातमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठान, दाङ र दैलेखका रहेका छन्।

बसले मोटरसाइकल र पिकअपलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिकामा आइतबार बिहान हायसले मोटरसाइकल र पिकअप भ्यानलाईं ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

छोराले धारिलो हतियार प्रहार गर्दा बुवाको मृत्यु

खोटाङमा छोराले धारिलो हतियार प्रहार गर्दा बुवाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका ३७ वर्षीय सुवर्ण राईले धारिलो हतियार प्रहार गर्दा ७५ वर्षीय बुवा चन्द्रबहादुर राईको मृत्यु भएको हो।

इटहरीमा दुई महिनामा ५२ जना कोरोना संक्रमितको मृत्यु

दुई महिनाको अवधिमा इटहरीमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वैशाख र जेठ महिनामा कोरोना संक्रमितको मृत्यु बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्