११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा थप दुई पुरुषको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाइकल राति १० बजेतिर आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

थप ३,३६५ जनामा कोरोना संक्रम्रण,१६ जनाको मृत्यु

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १ हजार १ सय ८० जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

२ हजार १ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७८ र १ हजार ७सय २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थप ३,८४० जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

यस्तै, पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन्। ३३ जनाको मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

अक्सिजन सिलिण्डर बोकेर नेपालगञ्जबाट जुम्ला जाँदै गरेको ट्रक मंगलबार कालिकोट खण्डमा पर्ने कर्णाली राजमार्गको एस मोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रदेश १ मा १ हजार २ सय ७० जना संक्रमित थपिए

२ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ११ र १ हजार ७ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

अर्घाखाँचीमा करेन्ट लागेर एक महिलाको मृत्यु

छत्रदेव गाउँपालिका वडा नम्बर–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने जाँतो चलाउने क्रममा करेन्ट लागेर घाईते भएकी थिईन्।

सिमेन्टको खम्बाले किच्दा बालकको मृत्यु

खेल्नेक्रममा सिमेन्टको खम्बा लडेर किच्दा बालकको ज्यान गएको छ। इलाम नगरपालिका–१, नेपालटारका हर्कबहादुर गुरुङको घरमा ८ वर्षे ग्रेसदीप रिजालको निधन भएको प्रहरीले जनाएको छ।

सुजिता मृत्यु प्रकरण: एक जना पक्राउ

पूर्वी चितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बस पल्टिँदा एकको मृत्यु, एक दर्जन यात्रु घाइते

सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन्।

घरेलु मदिरा सेवनबाट एकै गाउँका ४ जनाको मृत्यु

रोल्पाबाट मजदुरी गर्न बाग्लुङ पुगेका ४ जनाको घरेलु मदिरा खादा मृत्यु भएको प्रहरीले बताएको छ। गल्कोट ७, मल्ममा रहेको खानेपानी योजनाको काममा त्यहा पुगेका सुनिलस्मृती गाउँपालिका ५ गजुलका एकै गाउँका ४ जनाको मध्यराती मृत्यु भएको हो।

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु भएको छ। ठाकुरबाबानगरपालिका–६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापाको मृत्यु भएको हो। शनिबार थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएका थिए।

भिरबाट लडेर एकजनाको मृत्यु

रोल्पामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। सोमवार बेलुका साढे ८ बजेतिर फुपुको घरबाट ससुराली जाँदै गरेका माडि गाउँपालिका ३ का २६ वर्षीय मनप्रशाद घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्