coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

माधव नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नेकपा एमालेको माधव नेपाल समूहले फिर्ता लिने भएको छ। अविश्वासको प्रस्तावका समर्थक लक्षुमण तिवारीले अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरेको जानकारी दिए।

आज संसद् अधिवेशन

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार (आज) सुरु हुँदैछ। गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापना भएपछि बैठक आइतबारबाट सुरु हुन लागेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बैठकका अजेन्डा तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक भने बोलाएका छैनन्। बैठक बस्नुअघि सो बैठक बोलाउने/नबोलाउने भन्ने निश्चित नभएको सभामुखको सचिवालयले जनाएको छ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएको छ। प्रचण्ड–नेपाल पक्षीय प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले लक्ष्मण तिवारीको समर्थनमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन्।

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै

प्रदेश १ प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश हुने भएको छ। प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीअनुसार आजको मुख्यमन्त्री राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुँदैछ।

अविश्वासको प्रस्ताव सामना गर्न तयार छुः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशमा जतिसुकै बेला अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने र त्यसका लागि आफू सामना गर्न तयार रहेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्। ‘उहाँहरूले अविश्वासको प्रस्ताव जुनसुकै बेला दर्ता गर्न सक्नुहुन्छ, त्यसका लागि म तयार छु,’ दाहाल–नेपाल पक्षलाई लक्षित गर्दै शनिबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटका क्रममा उनले भने, ‘केन्द्रमा र अरू प्रदेशमा झगडा हुँदैमा गण्डकी प्रदेशमा पनि झगडा गर्नैपर्छ भन्नेछैन, मिलेर जानुपर्छ। अरू प्रदेशका लागि पनि नमुना प्रदर्शन गर्नुपर्छ भन्ने मेरो तर्क छ।’

प्रदेश २ का संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ।

प्रदेश १ : सत्ता परिवर्तनको खेल सुरु

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश १ को प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेशसभामा ३७ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो।

गण्डकी प्रदेश : अविश्वास प्रस्ताव ल्याउने कि समर्थन फिर्ता ? छलफलमा प्रचण्ड–माधव समूह

गण्डकी प्रदेश सरकार ढलाउन नेकपाको प्रचण्ड–माधव समूह छलफलमा जुटेको छ। नेकपाको ओली समूह हावी भएको गण्डकी प्रदेश सभामा केपी शर्मा ओली निकट पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार ढलाउन प्रचण्ड–माधव समूहले छलफललाई सघन बनाएको हो।

बागमती प्रदेशमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएकाे छ। प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

बागमती प्रदेशमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव लिएर संसदहरु प्रदेशसभा सचिवालयमा पुगेका छन्। संसदीय दलका उपनेतासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गराउन लागिएको हो।

अविश्वासको प्रस्ताव दर्ता समयबारे बोल्यो संसद सचिवालय

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका सांसदहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव गत आइतबार अपराह्न साढे ३ बजे मात्र दर्ता भएको संसद सचिवालयले जनाएको छ।

नेकपा कर्णालीमा विवाद : प्रमुख सचेतक शाह हटाइए

आफुविरुद्ध सत्तारुढ दलकै सांसदहरूले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएको भोलिपल्ट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरेका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपा सांसदकै अविश्वासको प्रस्ताव

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले विश्वासको प्रस्ताव दर्ता गरेका छन्। प्रदेशका १८ सांसदले उक्त प्रस्तावमा हस्ताक्षर गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई प्रस्ताव बुझाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्