१४ आश्विन २०८१ सोमबार
image/svg+xml

लुम्बिनीको १० औं वार्षिक साधारणसभा सम्पन्न

लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार आयोजित साधारणसभाबाट आर्थिक वर्ष २०७३/७४ को वित्तीय प्रतिवेदन पारित गरेको छ।

माछापुच्छ्रे बैंकको खाता अनलाइनबाटै खोल्न सकिने

माछापुच्छ्रे बैंक लिमिटेडले अनलाइनमार्फत खाता खोल्न सक्ने सुविधा ल्याएको छ। अब विश्वको जुनसुकै कुनाबाट खाता खोल्न र सञ्चालन गर्न सकिने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

राष्ट्र बैंकलाई नोट व्यवस्थापन गर्न हम्मे

नेपाल राष्ट्र बैंकलाई साना दरको नोट व्यवस्थापन गर्न कठिन भएको छ। बैंक तथा वित्तीय संस्थाले ठूला दरका नोटलाई महत्व दिएर प्रचलनमा ल्याउँदा साना दरका नोट राष्ट्र बैंकमा फर्कन गरेका छन्।

एनआइसी एसिया बैंकको कर्जा योजना

एनआइसी एसिया बैंकले दुईवटा ‘चमत्कारिक’ कर्जा योजना ल्याएको छ। बैंकले सवारी कर्जा र घरजग्गा कर्जामा नयाँ योजना सार्वजनिक गरेको हो।

जनकपुरमा प्राइम बैंकको शाखा

प्राइम कमर्सियल बैंक लिमिटेडले धनुषाको जनकपुरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। योसँगै शाखा संख्या ६४ पुगेको बैंकले जनाएको छ।

एनएमबिका ग्राहकलाई ब्लु क्रस अस्पतालमा छुट

एनएमबि बैंकले सुविधासम्पन्न ब्लु त्र्रmस अस्पतालसँग विभिन्न सेवा, सुविधामा छुटसम्बन्धी सम्झौता गरेको छ ।

गोदावरी भिलेज र होटेल ग्रिनलाई मुक्तिनाथको विशेष छुट

मुक्तिनाथ विकास बैंक र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनवीच भिलेज कुपन्डोलबीच सम्झौता भएको छ।

एनआइसी एसियाको चमत्कारिक सवारी कर्जा

एनआइसी एसिया बैंकले ‘चमत्कारिक सवारी कर्जा’ र ‘चमत्कारिक घर जग्गा कर्जा’ गरी दुईवटा नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘एनआइसी एसियाको साच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको हो।

स्कुललाई जनता बैंकको कम्प्युटर

जनता बैंक नेपाल लिमिटेडले दार्चुलाको दुँहु गाउँपालिकास्थ्ति जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ।

माछापुच्छ्रे बैंकको आर्टिफिसियल इन्टेलिजेन्स सेवा

माछापुच्छ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को सुरुवात गरेको छ। हाल ‘माया’को सेवा बैंकको वेबसाइट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत बैंकका सेवा सुविधालगायत बैंकिङ सम्बन्धी जिज्ञासाको जवाफ पाउन सकिने छ।

नेपाल बैंकको एफपिओ बाँडफाँड

नेपाल बैंकले खुला गरेको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयरको थप सार्वजनिक निष्कासन (एफपिओ ) रीतपूर्वक आवेदन गर्ने सबैले प्राप्त गर्ने गरी बाँडफाँड भएको छ।

कञ्चनपुरमा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंक लिमिटेडले कञ्चनपुरमा ७७औं शाखा खोलेको छ। बैंकले कञ्चनपुरको चानदेवमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्