वाम गठबन्धनले तीन दिनभित्र क्षेत्र भागबन्डा गर्ने
तीन दलीय वाम गठबन्धनले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबन्डाको प्रमुख आधार दोस्रो संविधानसभा र स्थानीय तह चुनावमा प्राप्त गरेको मतलाई बनाउने भएको छ ।
तीन दलीय वाम गठबन्धनले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबन्डाको प्रमुख आधार दोस्रो संविधानसभा र स्थानीय तह चुनावमा प्राप्त गरेको मतलाई बनाउने भएको छ ।
सरकारले प्रदेशसभा चुनावअघि नै प्रदेश प्रमुखको मनोनयन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्केपछि यसको टुंगो लाग्नेछ ।
उच्च शिक्षामा नेपालीको सहज पहुँच पुर्याउने लक्ष्यसहित सरकारले खोल्न लागेको खुला विश्वविद्यालय सञ्चालनमा नआउँदै पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा सुरु भएको छ।
विकास आयोजनाहरूको प्रगति समीक्षा गर्नका लागि गत साता आयोजित त्रिपक्षीय लगानी समीक्षा बैठकमा नेपालको प्रमुख दातृनिकाय एसियाली विकास बैंकले मुखै फोरेर भन्यो– ‘विकास परियोजनाहरूमा राजनीतिक हस्तक्षेप र खासगरी प्रमुखको नियुक्ति एवं सरुवामा गरिने दलीय भागबन्डा रोक ।’ विश्व बैंकले पनि परोक्षरूपमा त्यही कुरा भन्यो । भागबन्डामा नियुक्ति पाएकाहरूबाट राम्रो काम हुन नसकेको भन्दै उनीहरूले योग्य व्यक्तिलाई मात्र परियोजना प्रमुख बनाउन आग्रहसमेत गरे ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्धारित समयमा नै तीनवटा चुनाव सम्पन्न गर्नुपर्ने बताएका छन्।
राजनीतिबाट पूर्णतः मुक्त रहनुपर्ने न्यायालय निरन्तर राजनीतिक भागबन्डाको सिकार बन्दै आएको छ । यस्तोखाले भागबन्डाका कारण समग्र न्यायक्षेत्रमा भद्रगोल सिर्जना हुन पुगेको छ ।
माओवादी केन्द्रले भागबन्डाबाट प्रदेश कमिटी निर्माण गरेको छ। पार्टीलाई समावेशी चरित्रको बनाउने दाबी गर्दै आएको उसले भागबन्डामा प्रदेश कमिटी बनाएको हो। पार्टीलाई समावेशी चरित्रको बनाउने कार्यविधि तयार भइरहेको उसले जनाएको छ।
त्रिभुवन विश्ववद्यालयले मातहतका निकायमा भागबन्डाका आधारमा डिनलगायत पदाधिकारी नियुक्त गरेको छ।
तीन महिने डिन नियुक्त गरेर त्रिभुवन विश्वविद्यालयको गुणस्तर खस्काएको आरोप लागिरहेका बेला उपकुलपति तीर्थ खनियाले फेरि शुक्रबारदेखि लागू हुनेगरी दुईजनालाई निमित्त डिन बनाएका छन्।
नेपाल तरुण दलको नयाँ अध्यक्ष जितजंग बस्नेतलाई बनाउने सहमति कांग्रेस शीर्ष नेताहरूबीच भए पनि मंगलबार रातिसम्म आधिकारिक रुपमा नाम सार्वजनिक गरिएको छैन । शीर्ष नेताले वरिष्ठता आधारमा पदाधिकारी र कार्य समिति सदस्य भागबन्डा गरेको बताइन्छ ।
राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश र अन्य संवैधानिक अंगका पदाधिकारीले पदीय मर्यादाविपरीत काम गरे उनीहरुलाई हटाउन महाअभियोग लगाउने सैद्धान्तिक आधार तयार भएको छ ।
लाभका पदमा दलीय भागबन्डाका कारण अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि दिनानुदिन ग्रसित बन्दै आएको छ । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, डिन वा अन्य महŒवपूर्ण पदमा दलका अस्वस्थ नजर पर्नाले ती निकायमा कहिले लामो समय प्रमुख पद रिक्त हुने गरेको छ त कहिले चरम राजनीतिक प्रभावमा गलत व्यक्ति नियुक्त हुँदै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयका दर्जनजति आंगिक क्याम्पसमा असारदेखि प्रमुख पद खाली भए पनि राजनीतिक भागबन्डा नमिल्दा पूर्णकालीन नियुक्ति हुन सकेको छैन। अनुसन्धान निकाय प्रमुख र डिनमा पनि तीन महिने नियुक्ति गरिएको छ।
'सर, तल्लो निकायमा भागबन्डा गर्नुभन्दा राम्रो हामी सबैलाई लगेर खाल्डोमा हाल्दिनुस्,'त्रिभुवन विश्वविद्यालयकर्मचारी महाशाखाकाउपप्रशासक विष्णु अर्यालले केही दिनअगाडिउपकुलपति तीर्थराज खनियासमक्ष आक्रोश पोखे,'उपकुलपतिदेखि डिन,कार्यकारी निर्देशक हुँदै अब महाशाखा प्रमुखमा समेत भागबन्डा हुन थाल्यो। यसले विश्वविद्यालयको स्तर खस्कियो।'
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै शुक्रबार पुष्पकमल दाहाल नेतृत्वको सरकार चौथोपटक विस्तार हुने भएको छ। दाहाल प्रधानमन्त्रीमा निर्वाचत भएको तीन सातापछि सत्ता साझेदार कांग्रेसले १५ मन्त्रालयसहित नेताहरूलाई सरकारमा पठाउन लागेको हो।