१२ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतबाट ज्यादती भएको अन्तर्राष्ट्रिय अधिकारकर्मीको ठहर

भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सीमा सडकले पु¥याएको क्षतिको अन्र्तराष्ट्रिय अधिकारकर्मीले अनुगमन गरेका छन् ।

भारतीय मूलकी मन्त्रीले दिइन् राजीनामा

बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्री प्रिती पटेलले राजीनामा दिएकी छन् । उनी इजरायलका नेताहरूलाई अनाधिकृत रूपमा भेटेको भन्र्द विवादमा फरेकी थिइन् ।

पिराडीवासी भन्छन्- ‘भारतीयको बलमिच्याइबाट जोगाउनेलाई भोट’

चुनावका बेला गाउँमा पुग्ने विभिन्न दलका नेताका विकासे अजेन्डा सुन्नमा कम मिठा छैनन् । तर, पर्साको सीमावर्ती गाउँ पिराडीगुठीका बासिन्दाले विकास र अधिकार मात्र छैन । उनीहरू सिमापारी भारततिरबाट हुने दैनिक बलमिच्याइ र अपमानबाट मुक्ति चाहेका छन् ।

‘भारतीयको बलमिच्याईबाट जोगाउनेलाई भोट’

उसो त गाउँमा पुग्ने बिभिन्न दलका नेताहरुको चुनावी अजेण्डाहरु सुन्नमा कम मिठा छैनन्। पर्साको सिमावर्ती गाउँ पिराडी गुठीका बासिन्दाले नेताहरुबाट चाहेको कुरा विकास र अधिकारको अश्वासन मात्र रहेनछ, उनीहरु सिमापारी भारत तिरबाट हुने दैनिक बलमिच्याई र अपमानबाट मुक्ति चाहेका छन्।

भारतीय प्रभावमुक्त भुटान

चीनको रेल्वे मार्गका कारण विस्तारै भुटान भारतको नियन्त्रणबाट फुक्का हुनसक्ने अवस्था भएकाले चीनसँग भारत डराएको हो । भुटानले दरो खुट्टा टेक्न सक्यो भने आफ्नो भाग्यको फैसला गर्न सक्ने अवस्था छ।

भारतको साढे ४ करोड सहयोगमा पक्की पुल

करिब साढे चार करोड रुपैयाँबराबरको भारतीय आर्थिक सहयोगमा मुस्ताङ जोमसोमस्थित कालिगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुल तयार भएको छ।  नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले आइतबार उक्त पुलको उद्घाटान गरे । यो पुल निर्माण गर्न भारतले ४ करोड ४५ लाख रुपैयाँ वित्तीय सहायता प्रदान गरेको थियो । भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत साना विकास कार्यक्रम मातहत उक्त पुल निर्माण गर्न भारतले वित्तीय सहयोग गरेको थियो।

नेपालका दुई गैँडा भारतमा भेटिए

भारतको वाल्मीकि टाइगर रिजर्ब नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेट्टिएको छ। रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको छ।

‘मेला’को भारत अधिकार बिक्री

आगामी साता रिलिज हुने फिल्म ‘मेला’को भारत प्रदर्शन अधिकार फिल्मकै कलाकार तथा भोजपुरी स्टार परदेशी शाहले लिएका छन् । भोजपुरी फिल्ममा ‘एसपी खरेल’को नामबाट परिचित शाहले १६ लाख रुपैयाँमा भारतमा फिल्म प्रदर्शनको अधिकार लिँदै सम्झौतामा हस्ताक्षर गरेका छन् । फिल्मका तर्फबाट लेखक, सह–निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरे।

‘सुटर’ को साथमा भारतीय प्रहरीको कार्ड

अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित पक्राउ परेका २ भारतीय ‘सुटर’ को साथबाट प्रहरीले पन्जाब प्रहरी र भारतको विद्युत् प्राधिकरणको कर्मचारीको परिचयपत्र फेला पारेको छ। बुधबार ज्यान डेनिस डान्समा गोली चलाएर भाग्दै गर्दा पक्राउ परेकामध्ये जसवीर सिंहको साथबाट भारतको पन्जाब प्रहरी हबल्दारको परिचयपत्र फेला परेको छ भने शरदेवेन्द्र सिंहको साथबाट ‘इन्डियन इलेक्ट्रिसिटी बोर्ड’ को कर्मचारी भएको परिचयपत्र फेला परेको छ।

कमलादीमा गोली हान्नेसँग भेटियो भारतीय प्रहरीको परिचयपत्र

कमलादीबाट बुधबार राति हतियारसहित पक्राउ परेका दुई भारतीय नागरिकको सम्बन्धमा विशेष ब्युरोले अनुसन्धान शुरु गरेको छ।

काठमाडाैँमा नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै

अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।  नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरूबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा महेश मास्केले बताए।

भारतबाट काम गरेर फर्कनेहरूमा डेङ्गुको संक्रमण

एडिज नामक लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका चारजना बिरामी कञ्चनपुरमा फेला परेका छन्। भारतबाट काम गरेर फर्केका चारजना बिरामीमा डेङ्गुको संक्रमण देखापरेको हो।  चारै जना महाकाली अञ्चल अस्पतालमा उपचारपछि निको भई घर फर्केको जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य अधिकृत हेमराज जोशीले बताए। उनका अनुसार साउन, भदौमा एक/एक र असोजमा दुई जनामा डेङ्गुको संक्रमण भएको पाइएको थियो। “जिल्लाको दक्षिणी क्षेत्रका डेङ्गुबाट संक्रमित छजनाभन्दा बढीले कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराएको जानकारीसमेत पाएका छौँ”, अधिकृत जोशीले भने।

भारतीय उर्जा केन्द्रमा विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित एक उर्जा केन्द्रमा विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन्।  उत्तर प्रदेशमा पर्ने रायबरेली जिल्लामा रहेको नेशनल थर्मल कर्पाेरेशन लिमिटेड (एनटीपिसी ) मा विष्फोट भएको हो । घटनामा घाइते भएकाहरूको भारतको विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

किन आइरहेछन् भारतीय सुटर

कमलादी क्षेत्रमा बुधबार दिउँसो अचानक गोली चलेपछि ड्युटीमा खटिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोली गोलीको आवाज आएको स्थानतिर दौडियो । त्यही बेला २ युवा ज्याक डेनिस डान्सबाट निस्किएर भागेपछि प्रहरीले पिछा ग¥यो । प्रहरीले केहीबेरमै दुवै जनालाई पक्राउ ग¥यो र गोली चलाउने उनीहरू नै रहेको पुष्टि भयो ।

अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित दुई भारतीय सुटर पक्राउ

काठमाडौंको कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्