९ मंसिर २०८१ आइतबार
image/svg+xml

एमालेको विरोधले सदन चल्न सकेन, दाहालको सम्बोधन अनिश्चित

प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्ने जनाउ दिएपछि १ बजेका लागि बोलाइएको संसद बैठक सञ्चालन हुन सकेको छैन। संविधान र निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारले स्थानीय तह संख्या थप गरेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने जनाएको हो।

पोखरा महानगरमा सहमति जुटेन, मतगणना अनिश्चित

पोखरा लेखनाथ महानगरपालिकाको शनिबारदेखि स्थगित मतगणना सञ्चालन गर्न सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन।

कैलालीमा अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा

नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलाली जिल्लामा सोमबारदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ ।

कृष्ण अधिकारी हत्या प्रकरण : मुद्दा फैसला अनिश्चित

मौखिक र लिखित बहस सकिएको लामो समय हुँदा पनि चितवन जिल्ला अदालतमा दर्ता भएको चर्चित गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दाको फैसला मिति अनिश्चित भएको छ। सो मुद्दाको फैसलाका लागि चार-चार पटक तोकिएका पेशी सरेको सर्‍यौ भएका छन्।

श्रम बैंक स्थापना अझै अनिश्चित

रेमिटेन्स सदुपयोगमा केन्द्रित रहँदै स्थापना गर्ने भनिएको श्रम बैंक अनिश्चित बन्दै गइरहेको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले साढे दुई वर्षअघि नै बैंक स्थापनाका लागि आवश्यक पर्ने सबै कागजपत्र तयार गरी श्रम तथा रोजगार मन्त्रालयमा पेस गरे पनि सरकारले स्वीकृति नदिँदा श्रम बैंक स्थापना अनिश्चित बनेको हो।

अनिश्चितकालीन चक्काजामले राजापुर क्षेत्र अस्तव्यस्त

पुर्नसंरचनाको सीमाकंनमा असन्तुष्ट बनेका खैरीचन्दनपुर गाविसवासीले सोमबारदेखि अनिश्चितकालीन चक्काजामको गर्ने घोषणा गरेका छन्। खैरीचन्दनपुरको जायज माग सम्बोधन गर्ने भन्दै राजापुर नगरपालिका बजार क्षेत्र बन्द गरेर आन्दोलनलाई समर्थन गरेको छ।

स्थानीय तह यथावत राख्नु पर्ने भन्दै अनिश्चितकालिन सडक बन्द

खोटाङमा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको गाउँपालिकालाई यथावत कायम गर्नुपर्ने मागमा स्थानीयले सडक बन्द गरेका छन्।

५ नम्बर प्रदेशमा अनिश्चितकालीन बन्द

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गराउने गरी सरकारले संविधान संशोधन प्रस्तावविरुद्धको आन्दोलन उग्र बन्दै गएको छ। सर्वदलीय आन्दोलन समितिले रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पालगायत जिल्लामा अनिश्चितकालीन बन्द घोषणा गरेपछि जनजीवन कष्टकर बन्दै गएको छ।

अर्घाखाँची अनिश्चितकालिन बन्द, संयुक्त संषर्घ समिति गठन

पाँच नम्बर प्रदेशलाई विखण्डन गरी सरकारले संविधान संसोधनको प्रस्तावलाई संसद सचिवालयमा दर्ता गरेपछि अनिश्चितकालिन जिल्ला बन्दको आव्हान गरिएको छ।

बेलायतको ईयू बहिर्गमन अनिश्चितता, अर्थतन्त्रमा असर पर्न सक्ने

बेलायतका राज्यकोष प्रमुख फिलिप ह्यामन्डले बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने भनी गरेको जनमत सङ्ग्रहको निर्णयलाई कार्यान्वयनमा लाने विषय अनिश्चित बन्दा यहाँको अर्थतन्त्रमा असर पर्नसक्ने बताएका छन्।

अनिश्चितकालिन सुदूरपश्चिम बन्दले सर्वसाधारणलाई सास्ती

डोटी– डौड–६ थापागाउँका कर्णबहादुर थापा औषधिका लागि धनगढी जान शनिबार बिहानै दिपायल पुगे। दिपायल पुग्दा उनी छाँगाबाट खसेजस्तै भए। ‘आज त गाडी बन्द छ, त्यो पनि अनिश्चितकालिन,’ उनलाई कसैले सुनायो। उनका निधारबाट चिटचिट पसिना निस्कियो। अब के गर्ने ? उनलाई शनिबार जसरी पनि धनगढी पुग्नु थियो। खर्च पनि थोरै मात्रै बोकेका थिए।

धनुषा –५ मा अझै अनिश्चित, जिल्ला पनि अन्यौलमै

पार्टीको महाधिवेशन अघि विभिन्न पटक गरी तीन चोटी कार्यतालिका बनाएर केन्द्रबाटै प्रतिनिधि खटाइएपनि सम्पन्न हुन नसकेको धनुषा –५ को कांग्रेस क्षेत्रीय अधिवेशन अझै अनिश्चित छ। असार पहिलो साता जसरी पनि सम्पन्न गरिसक्नुपर्ने नेतृत्व तहमा समझदारी भएको जिल्ला अधिवेशनसमेत क्षेत्रीय अधिवेशन हुन नसकेकै कारण अन्योलमा परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्