पहाडी जिल्लामा हवाई सेवा अनिश्चित
राजधानी विराटनगरबाट प्रदेश १ का पहाडी जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न माग भइरहे पनि हालसम्म कुनै काम अघि बढेको छैन।
राजधानी विराटनगरबाट प्रदेश १ का पहाडी जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न माग भइरहे पनि हालसम्म कुनै काम अघि बढेको छैन।
शिक्षा ऐन नवौं संशोधनको विरोध गर्दै आएका प्रमुख तीन विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेका छन्।
स्थानीय प्रशासनले धनकुटामा अनिश्चितकालको लागि कर्फ्यू लगाएको छ । प्रदेशको राजधानी विराटनगर तोकिएपछि आक्रोशित भएका धनकुटा जिल्लाबासीले सरकारी कार्यालय, सवारी साधन र बजारमा तोडफोड र आगजनी गर्दै प्रहरीसंग झडप गर्न थाले पश्चात् स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । स्थानीय प्रशासनले बजारमा माईकिङ गरेर कर्फ्यू लगाएको हो ।
प्रहरीले चलाएको गोली लागेर कालिकोटमा म्यादी प्रहरीको ज्यान गएपछि शनिबार पनि कालिकोट सदरमुकाम मान्मा तनावपूर्ण रह्यो। म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोध गर्दै दिनभर प्रदर्शन गरेका छन्।
थाइल्यान्डको राजधानी बैंककमा एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजन क्रिकेट प्रतियोगिता सुरु हुन एक महिना पनि बाँकी थिएन । एसियाली क्रिकेट परिषद् (एसिसी) को योजनाअनुसार प्रतियोगिताको सहभागी सूचीमा नेपालको पनि नाम थियो । तर, सानै उमेरदेखि प्रतिभा खोज्दै तिनलाई प्रशिक्षित बनाउने उद्देश्यमा एसियाली क्रिकेटको सर्वोच्च निकायले गर्न लागेको प्रतियोगितामा नेपालको सहभागिता अन्योलमा थियो ।
सरकारले भूकम्प पीडितका लागि उपलब्ध गराउने भनेको सामूहिक जमानीमा निब्र्याजी ऋण अनिश्चित बनेको छ । नेपाल राष्ट्र बैंकले कार्यविधि कार्यान्वयन गर्न नमानेपछि यस्तो अनिश्चितता देखिएको हो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ।
मंगलबार पुनः एक पटक सुखद नतिजाका निकाल्न असफल भएपछि अर्जेन्टिना र चिलीको विश्वकप यात्रा थप अनिश्चित बनेको छ । दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत गए राति सम्पन्न खेलमा अर्जेन्टिना घरेलु मैदानमा छनोट चरणबाट बाहिरिसकेको भेनेजुएलासँग १–१ को बराबरीमा राोकिँदा चिली ला पजमा बोलिभियासँग १–० ले स्तब्ध भयो ।
एकदिवसीय क्रिकेटमा महेन्द्रसिंह धोनी स्वाभाविक पहिलो रोजाइमा अब धेरै समय नपर्ने भारतीय टोलीका प्रमुख छनोटकर्ता एमएसके प्रसादले बताएका छन्। भारतीय टोलीका पूर्वकप्तान धोनीले सन् २०१९ को विश्वकपमा संलग्न हुन राम्रो प्रदर्शन गर्न जरुरी रहेको छनोटकर्ता प्रसादले बताए।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारको गैरजिम्मेवारीका कारण प्रदेश र संघको निर्वाचन अनिश्चित बनिरहेको बताएका छन् । उनले सरकारले मिति घोषणा गर्न आनाकानी गरिरहेकाले निर्धारित समयमा निर्वाचन हुनेमा अन्योल बढेको बताए।
निर्वाचन हुनुभन्दा तीन दिन अघि टेनेसी अदालतले दिएको आदेशका कारण गैरआवासिय नेपाली संघ अमेरिकाको अधिवेसन अनिश्चित बनेको छ। केन्द्रिय अधिवेशनलाई प्रभाव पार्न सक्ने सबैभन्दा धेरै सदस्य रहेको अमेरिकामा आफूलाई उम्मेदवार बन्नबाट बन्चित गरेको भन्दै अध्यक्ष पदका प्रत्यासी गौरी जोशीले अदालतमा दायर गरेको मुद्दामा टेनेसी अदालतले अर्को आदेश नआउँदासम्म सबै प्रकारका निर्वाचन प्रकृया रद्द गर्न र विपक्षीको कुरा सुन्ने गरी आन्तरिम आदेश जारी गरेपछि निर्वाचन रोकिएको हो।
आमरण अनशनको आठौं दिन डा.गोविन्द केसीको स्वास्थ्य अवस्था अझै कमजोर बनेको छ। सोमबार जाँचका क्रममा शरीरमा क्याल्सियम र म्याग्नेसियमसहित सेता रक्तकोषको संख्यामा कमी आएसँगै उपचारमा संलग्न चिकित्सकहरूले 'प्रि मेडिकल इमर्जेन्सी'को अवस्था रहेकोे बताएका छन्।
कम्पपछि बन्द रहेको उत्तरी तातोपानी नाका सञ्चालनमा ल्याउन लबिङ गर्दै भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल नेतृत्वको टोली गएको आइतबार राजधानी पुग्यो।
सरकारले राजपाको माग देखाएर दुई नम्बर प्रदेशमा चुनाब सार्ने निर्णय गरे पनि असार १४ मा हुने १, ५ र ७ नम्बर प्रदेशमा सो पार्टी सहभागी हुने/नहुने निश्चित छैन। राजपा नेताहरु यसबारेमा स्पष्ट भइ नसकेको बताउँछन्।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उब्लअजयचपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरम पार्टीका अध्यक्ष विजय गच्छदारसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिन्ह नभएकोले निर्वाचनमा जान नसकिने बाध्यता स्पष्ट पारेका छन्।